देश

नेतृत्व छनौटका लागि १५ सदस्यीय अध्यक्ष मण्डल गठन

हेटौंडा- एनेकपा (माओवादी)ले महाधिवेशनमार्फत् नेतृत्व छनौटका लागि १५ सदस्यीय अध्यक्ष मण्डल गठन गरेको छ। महाधिवेशनस्थल हेटौंडा औद्योगिक क्षेत्रमा रहेको सूचना केन्द्रमा पत्रकार सम्मलेन गर्दै पार्टी प्रवक्ता अग्नि सापकोटाले तीन हजार प्रतिनिधि पर्यवेक्षक छनौट गरेको जानकारी दिए। आइतबार अपराह्न २ बजेदेखि सुरु हुने बन्दसत्रलाई दुई चरणमा विभाजन गरिएको छ। पहिलो चरण...

थारूवान

भद्रपुर- उपप्रधानमन्त्री एवं गृहमन्त्री विजयकुमार गच्छदारले सङ्घीयतासहितको संविधान निर्माणका लागि मधेसी मोर्चा अडिग रहेको बताएका छन्। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्षसमेत रहनुभएका उनले आइतबार पार्टी कार्यकर्तालाई सम्बोधन गर्दै मुलुकमा शान्ति स्थापना गर्न र सङ्घीयतासहितको संविधान निर्माण गराउन संविधान सभाको निर्वाचनै एकमात्र विकल्प रहेको स्पष्ट गरे। उनले मधेसी, आदिवासी, जनजाति, दलित...

थारूवान

हेटौंडा- हेटौंडामा शनिबारदेखि सुरु भएको एकीकृत नेकपा (माओवादी) को सातौँ महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदैछ। मध्याह्न १२ बजेदेखि सुरु बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को दस्तावेजसँगै, विभिन्न साङ्गठनिक प्रतिवेदन प्रस्तुत हुने बताइएको छ। त्यस्तै, दस्तावेजमा छलफल गर्नका लागि सहभागीलाई विभिन्न समूहमा विभाजन गरिने एमाओवादीले जनाएको छ।

थारूवान

काठमाडौं- प्रधानन्यायाधीश खिलराज रेग्मीले पश्चिमाञ्चल विकास मञ्चको वार्षिक साधारणसभाका अवसरमा सरकारी निकायको उपल्लो तहमा हालै नियुक्त पाएका तथा बढुवा भएका सो विकास क्षेत्रका विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरे। सम्मानित हुनेहरुमा गरिबी निवारण कोषका उपाध्यक्ष युवराज पाण्डे, निर्वाचन आयोगका सचिव नारायणगोपाल मलेगु, सुदूरपश्चिमाञ्चल विकास क्षेत्रका क्षेत्रीय प्रशासक आत्माराम पाण्डे, स्थानीय विकास मन्त्रालयका...

थारूवान

नेपालगन्ज- नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले संविधानसभा निर्वाचनका लागि राष्ट्रिय सहमतीय सरकारको विकल्प नभएको बताएका छन्। प्रेस चौतारी, बाँकेले आज नेपालगन्ज विमानस्थलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भने— ‘वर्तमान सरकार असंवैधानिक भएकाले यो सरकारले निर्वाचन गराउनै सक्दैन।’

थारूवान

रमेश लम्साल, हेटौंडा- मकवानपुरको हेटौंडामा भोलि (शनिबार)देखि सुरु हुने एकीकृत नेकपा (माओवादी)को सातौं महाधिवेशनको तयारी पूरा भएको छ। पार्टी जीवनको २२ वर्षपछि हुन लागेको महाधिवेशनलाई सफल पार्न सो पार्टीले गरेको तयारी र अन्य कामकारबाही हेर्दा लाग्छ एउटा क्रान्तिकारी उत्सवको तयारी गरिँदैछ। चार हजारभन्दा बढी मानिसको छ दिनसम्म हुने जमघटले...

थारूवान

इटहरी- नेपाली काँग्रेसका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बाबुराम भट्टराई नेतृत्वको सरकारसँग नयाँ जनादेशका लागि हुने संविधानसभाको निर्वाचन गराउने कुनै हैसियत नै नभएको बताएका छन्। उनले प्रश्न गरे – संवैधानिक निकायहरु खाली बनेको अवस्थामा यो सरकारले कसरी संविधानसभाको निर्वाचन गर्न सक्छ?

थारूवान

दैलेख- दुल्लुमा १९ गते प्रतिपक्षको शक्ति प्रदर्शनमा भाग लिन दैलेख सदरमुकाम आएका नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले हेर्दा विद्वानजस्तो भए पनि बाबुराम अहिलेसम्मकै निरङ्कुश प्रधानमन्त्री भएको बताएका छन्। ‘दैलेखी जनतालाई गुण्डाहरु भन्दै गोली हान्न आदेश दिने नेता कसरी जनताको प्रधानमन्त्री हुन सक्छन्,’ पत्रकार सम्मेलनमा बोल्दै नेपालले भने।

थारूवान

सुर्खेत- कांग्रेस सभापति सुशील कोइरालाले माओवादीले बाह्र बुँदेयताका सम्झौतालाई सम्मान नगर्दा समस्या निम्तिएको बताएका छन्। पछिल्लो समय सम्झौता च्यात्‍ने धम्की दिएको माओवादीले व्यवहारमा भने यसअघि नै च्यातिसकेको उनको भनाइ छ। ‘माओवादीले सम्झौता च्यात्छु भनेर धम्की नदिए हुन्छ,’ बिहीबार नेपाली कांग्रेस सुर्खेतको कार्यालय भवन र पुस्तकालय उद्‍घाटन गर्दै उनले भने,...

थारूवान

मङ्गलवारे- नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा (माओवादी) नेतृत्वको वर्तमान सरकारलाई सडकबाटै फाल्ने चेतावनी दिएका छन्। “विगतका उपलब्धि पनि सडकबाटै भएका हुन् र आज पनि सडकबाटै मुलुकमा राष्ट्रिय उपलब्धि हासिल गर्न सकिन्छ,” अध्यक्ष खनालले भन्नुभयो, “त्यसका लागि अहिले सडक आन्दोलन अपरिहार्य छ।” 

थारूवान