देश

राष्ट्रपति चुप लागेर बस्नु हुँदैन : कोइराला

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले देशमा अहिले संवैधानिक सङ्कट चुलिएको भन्दै यस्तो अवस्थामा राष्ट्रपति चुप लागेर बस्न नहुने बताएका छन्। नेपाल प्रेस युनियन धनुषाद्वारा जनकपुरमा आज आयोजित पत्रकार सम्मेलनमा सभापति कोइरालाले भने, “राष्ट्रपति संविधानको संरक्षक र पालक भएकाले संविधान उल्लङ्घनका घटनाप्रति राष्ट्रपति गम्भीर हुनुपर्छ।’ सञ्चारकर्मीको जिज्ञासामा सभापति कोइरालाले संविधान...

थारूवान

कैलाली- नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष राजकुमार लेखीले एमाओवादी सङ्घीयताविरोधी भएको आरोप लगाएका छन्। बिहीबार आयोजना गरिएको पत्रकार सम्मेलनमा लेखीले एमाओवादीले बाहिर सङ्घीयता भनेर आमजनतालाई ढाँटिरहेको र उसले आन्तरिकरुपमा सङ्घीयता नचाहेको बताए। एमाओवादी नेताहरूले दिनमा दशथरी कुरा गरेर जनताका आँखामा छारो हाल्ने काम मात्रै गरेको बताउँदै उनले एमाओवादीका नेताहरूले नै...

थारूवान

हेटौंडा- एकीकृत नेकपा (माओवादी)का उपाध्यक्ष एवम् प्रधानमन्त्री डा बाबुराम भट्टराईले भारतसँग विप्पा सम्झौता गर्नु आवश्यकता र बाध्यता दुवै भएको बताएका छन्। बुधबार हेटौंडा कपडा कारखानाको हलमा भएको बन्दसत्रमा पार्टी नेता तथा कार्यकर्ताले उठाएको प्रश्नको जवाफ दिँदै उनले लगानी भित्र्याउनका लागि विप्पा सम्झौता गरिएको स्पष्ट पारे। उनले भने, ‘विप्पा सम्झौता...

थारूवान

विराटनगर- उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले देशमा अपहरणका गतिविधिसम्बन्धी अपराध नियन्त्रण गर्न चाँडै अध्यादेशमार्फत् ‘सङ्गठित अपराध नियन्त्रण ऐन’ ल्याउने तयारी भएको जानकारी दिएका छन्। उनले राजनीतिक दलहरुको सहमतिपछि राष्ट्रपति समक्ष पठाएको उक्त अध्यादेश चाँडै घोषणा हुने विश्वाससमेत व्यक्त गरे। 

थारूवान

हेटौंडा- एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले नेपालको अन्तर्राष्ट्रिय सिमानाका विषयमा जनमत सङ्ग्रहमा जाने भन्ने कुरा आफूलाई स्वीकार्य नभएको बताएका छन्। मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर उनले राष्ट्रियताको विषयमा कोही कसैसँग पनि सम्झौता नगर्ने बताए। उनले सन् १९५० को नेपाल भारतबीचको मैत्री सन्धिलगायतका असमान सन्धिहरु खारेज गरेर अगाडि जानुपर्ने र पार्टीले त्यसका...

थारूवान

जनकपुरधाम- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले वर्तमान सरकारलाई आन्दोलनबाटै ढाल्ने चेतावनी दिएका छन्। जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीसँग सङ्क्षिप्त कुरा गर्दै सभापति कोइरालाले यो आन्दोलन भनेको राजनीतिक सहमतिको सरकार गठनका लागि भएको बताए। 

थारूवान

स्याङ्जा- नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले मुलुकमा निर्वाचन सुनिश्चितताका लागि कांग्रेस नेतृत्वको सरकार आवश्यक भएको बताएका छन्। नेता थापाले मुलुकमा निर्वाचन गराउनका लागि काँग्रेस नेतृत्व मात्रै सफल भएको दाबीसमेत गरे। नेपाल प्रेस युनियन स्याङ्जाले आज वालिङमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता थापाले यदि कुनै दलले निर्वाचनको सुनिश्चितता...

थारूवान

इटहरी- नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले एकीकृत नेकपा (माओवादी) पार्टीले आफ्नो महाधिवेशनका क्रममा ल्याएको राजनीतिक सहमतिको प्रस्ताव झुटको पुलिन्दामात्र भएको टिप्पणी गरेका छन्। नेता देउवाले आज यहाँ आयोजित पत्रकारसम्मेलनमा माओवादीले बारम्बार अन्य पार्टीसँग सहमतिका लागि सर्तहरु राख्दै आएको तर कहिल्यै ती सर्तहरु इमान्दार भएर पालना नगर्ने पार्टी भएकाले उसका...

थारूवान

स्याङ्जा- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले एकीकृत नेकपा माओवादीले निर्वाचन नचाहेका कारण मुलुकमा निर्वाचन हुन नसकेको बताएका छन्। प्रेस चौतारी नेपालले आज स्याङ्जाको वालिङमा आयोजना गरेको पत्रकारसम्मेलनमा नेता नेपालले भन्नुभयो, “पटकपटक निर्वाचन गराउनका लागि मिति तय गर्ने नाटक गर्ने तर नगर्ने एमाओवादीको चरित्रका कारण निर्वाचन हुन नसकेको हो।”

थारूवान

काठमाडौं- सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादवले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आफ्नो सम्पत्ति विवरण प्रस्तुत गरेका छन्। सो विवरणअनुसार सिराहा चन्द्र अयोध्यापुरमा आमा नेपुरदेवी यादवको नाममा तीन बिघा जग्गामा रहेको दुई तले पक्की घर एक र अन्य चारवटा घर छन्। दाजु वेचन यादवको नाममा लहान नगरपालिकामा तीन तले घर तथा...

थारूवान