देश

एमाओवादी अध्यक्ष दाहाल चीन प्रस्थान

काठमाडौं- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण नेपालको स्थायित्व र आर्थिक समृद्धिका लागि हुन लागेको बताएका छन्। छिमेकी मित्रराष्ट्र चीनको भ्रमणमा जानुअघि आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय हित र स्वार्थ अनुकूल छिमेकी मित्र राष्ट्रहरुले गरेको आर्थिक उन्नति र प्रगतिबाट फाइदा लिने गरी आफूले...

थारूवान

काठमाडौं- न्यायपरिषद्को सिफारिसमा सर्वोच्च अदालतमा नियुक्त पाँच अस्थायी न्यायाधीशले आजैदेखि कार्यप्रारम्भ गरेका छन्। कार्यबाहक प्रधानन्यायाधीश दामोदरप्रसाद शर्माले आज नवनियुक्त अस्थायी न्यायाधीशहरू प्रकाश वस्ती, तर्कराज भट्ट, वैद्यनाथ उपाध्याय, डा भरतबहादुर कार्की र ज्ञानेन्द्रबहादुर कार्कीलाई नियुक्तिपत्र प्रदान गर्दै आजै पद तथा गोपनीयताको सपथ गराउनुभएको प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए। 

थारूवान

काठमाडौं- सरकारले ‘अधिराज्य’, ‘महाराज’ जस्ता शब्दावलीहरु गणतन्त्रको मर्म र भावनाबमोजिम संशोधनका लागि आवश्यक व्यवस्था गर्न कानुन तथा न्याय मन्त्रालयलाई निर्देशन दिएको छ। मन्त्रिपरिषद्को आजको बैठकले राजतन्त्रको अन्त्य भएको झन्डै सात वर्षपछि पनि तत्कालीन शासन व्यवस्थामा प्रयोग भएका त्यस्ता शब्दावली/वाक्यांश रहेका एक सय दुईवटा नियमावली परिमार्जन गर्ने निर्णय गरेको हो।

थारूवान

काठमाडौं- मधेसी जनअधिकार फोरम नेपालले केन्द्रीय सदस्य सुनिता विश्वास र साधारण सदस्य मन्तराम विश्वास पार्टी विरोधी गतिविधिमा संलग्न रहेको ठहर गर्दै उहाँहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्काशन गरेको छ। यही चैत २६ र २७ गते बसेको पार्टीको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको सो पार्टीद्वारा आज...

थारूवान

कावासोती- सोमबार सुरु हुने नेपाली कांग्रेस महासमिति बैठकको सबै जसो तयारी पूरा भएको छ। भेलाको तयारीका लागि कांग्रेस सभापति सुशील कोइरालासहित अधिकांस केन्द्रीय सदस्यहरू नवलपरासी आइपुगेका छन्। उनीहरू सोमबार सदरमुकाम परासीमा काँग्रेसले गर्ने आमसभाको तयारीका लागि ब्यस्त छन्। कांग्रेसले परासीमा शक्ति प्रर्दशनसहित उद्घाटनका लागि आमसभा गर्ने जनाएको छ। 

थारूवान

सन्तोष दहित, दाङ- थारु कल्याणकारिणी सभालाई राजनीतिबाट मुक्त गरी विशुद्ध थारु जातिको साझा मुद्दा बनाएर अगाडि बढनुपर्ने दाङमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन्। शनिबार थारु कल्याणकारिणी सभाको १४औं जिल्ला अधिवेशमा बोल्ने वक्ताहरुले यस्तो कुरामा जोड दिएका हुन्। थारु जातिको कल्याणको लागि स्थापना भएको संस्थालाई पछिल्लो चरणमा पदाधिकारीमा बस्ने...

थारूवान

कीर्तिपुर- त्रिभुवन विश्वविद्यालयको शुक्रबार सम्पन्न विशेषसभाले स्ववियु निर्वाचनसम्बन्धी संशोधन प्रस्ताव पारित गरेसँगै आगामी निर्वाचन यसअघिका निर्वाचनभन्दा भिन्न किसिमबाट हुने भएको छ। विगतमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रक्रिया सम्बन्धमा विद्यार्थी सङ्गठनहरुबीच देखिएको मतभेदलगायतका कारणबाट वि.सं.२०६५ यता हुन नसकेको निर्वाचनका लागि विश्वविद्यालय सभाले हिजोदेखि बाटो खुला गरेको छ।

थारूवान

चितवन- नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले कांग्रेसमा देखिएको विवाद महासमिति बैठकबाट अन्त्य भएर जाने दाबी गरेका छन्। शनिबार चितवनमा कांग्रेसका अगुवा कार्यकर्तासँगको भेटघाटका क्रममा उनले अधिकांश समस्या हल भइसकेको र यदि कुनै समस्या भए महासमिति बैठकले टुङ्ग्याउने बताए। 

थारूवान

काठमाडौं- न्याय परिषद्ले सर्वोच्च अदालतमा नयाँ वर्षसँगै नयाँ न्यायाधीशको नियुक्ति गर्ने भएको छ। परिषद्को आज बसेको बैठकले मुद्दाको बढ्दो चाप र न्यायाधीशको सङ्ख्या घट्दै गएपछि न्याय परिषद्ले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्तिको प्रक्रिया अघि बढाउन लागेको हो। प्रधानन्यायाधीशसहित १५ जना स्थायी र १० जनासम्म अस्थायी न्यायाधीश थप नियुक्त गर्न सकिने संवैधानिक...

थारूवान

कीर्तिपुरऔ- त्रिभुवन विश्वविद्यालयको आज सम्पन्न विशेष सभाले त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासनसम्बन्धी नियम २०५० मा उल्लेखित स्ववियुसम्बन्धी नियम संशोधन प्रस्ताव व्यापक विवादका बीच पारित गरेको छ।मन्त्रिपरिषद्का अध्यक्ष एवम् विश्वविद्यालयका कुलपति खिलराज रेग्मीको अध्यक्षतामा बसेको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा चन्द्रमणि पौडेलले सभामा नियम संशोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो।

थारूवान