देश

आदिवासी जनजातिको नेतृत्व कुमाललाई

काठमाडौं- चितवनको सौराहामा भएको आदिवासी जनजाति महासङ्घको आठौं राष्ट्रिय महाधिवेशनले तीन वर्षीय कार्यकालका लागि नगेन्द्र कुमालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। महास‍ंघको उपाध्यक्षमा तराईतर्फ राम अवतार मण्डल, हिमालतर्फ डण्डु शेर्पा, पहाडतर्फ सुर्यबहादुर भुजेल, भित्री तराईतर्फ तपिया दराई, महिलातर्फ रोश्नी मेचे निर्वाचित भएका छन्। त्यसैगरी महासचिवमा पेम्बा गुरूङ भोटे र...

थारूवान

चितवन- नेपाल आदिवासी जनजाति महासङ्घको आठौँ राष्ट्रिय महाधिवेशन आजबाट चितवनमा सुरु भएको छ। भरतपुरको वीरेन्द्र बहुमुखी क्याम्पस परिसरमा सुरु भएको महाधिवेशनको आदिवासी जनजातिको आन्दोलनमा सहिद भएका सहिद धनबहादुर थनेतका छोरा तोवबहादुर थनेत र सेना सहन चौधरीका छोरा कमल चौधरीले उद्‍घाटन गर्नुभएको थियो। 

थारूवान

काठमाडौं- नेविसङ्घ, अनेरास्ववियू, अनेरास्ववियू (क्रान्तिकारी) लगायतका संयुक्त विद्यार्थी सङ्गठनले काठमाडौँ उपत्यकाका निजी तथा सरकारी क्याम्पस आसपास क्षेत्रमा आज दुई घन्टा चक्काजाम गरेका छन्। संवैधानिक परिषद्ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा पूर्वमुख्य सचिव लोकमानसिंह कार्कीलाई नियुक्तिका लागि आइतबार गरेको सिफारिसको विरोध गर्दै ती विद्यार्थी सङ्गठनले बिहान ८ देखि १० बजेसम्म चक्काजाम...

थारूवान

जनकपुरधाम- नेपालका लागि थाइल्यान्डका राजदूत कानथोङ उनाकुलले आफ्नो दुई दिने भ्रमणका क्रममा आज जनकपुरको धार्मिक तथा ऐतिहासिकस्थलको अवलोकन गरे। थाई राजदूतको नेतृत्वमा आइतबार जनकपुर आइपुगेका चार सदस्यीय टोलीले जनकपुरमा अत्याधुनिक सुविधा भएको स्मशानघाट निर्माणका लागि स्थलगत भ्रमण गरेको छ।

थारूवान

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले विकास निर्माणका काममा सबै दल एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन्। काठमाडौंको पूर्वी भेग साँखुस्थित पुखुलाछी गाविसमा निर्माण हुन लागेको शङ्करापुर पोलिटेक्निक इन्स्टिच्युटको आज शिलान्यास गर्दै नेता नेपालले माओवादीले विध्वंसात्मक गतिविधि जारी राख्दा विकास निर्माणका काम अपेक्षाकृत रुपमा अघि बढ्न नसकेको बताए।

थारूवान

वीरगञ्ज- चुनावी मन्त्रिपरिषद्अघि बाबुराम भट्टराई नेतृत्वको सरकारमा उपप्रधानमन्त्री रहेका फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रपतिले चार पटक ‘कू’को प्रयास गरेको आरोपलाई खण्डन गरेका छन्। राष्ट्रपति यादवले चार पटक ‘कू’को प्रयास गरेको भनि पूर्वप्रधानमन्त्री भट्टराईले दिएको अभिब्यक्तिबारे वीरगञ्जमा सञ्चारकर्मीको जिज्ञासामा नेता गच्छदारले यस्तो बताएका हुन्।

थारूवान

काठमाडौं- राष्ट्रपति रामवरण यादव र अन्तरिम चुनावी परिषद्का अध्यक्ष खिलराज रेग्मीबीच आज भेटवार्ता भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा निर्वाचनको प्रक्रियाको विरोधमा रहेका विभिन्न राजनीतिक दल र समूहसँग सरकारले अगाडि बढाइराखेको वार्ता र संवादको प्रक्रियाबारे अध्यक्ष रेग्मीले राष्ट्रपतिलाई जानकारी गराउनुभएको थियो। 

थारूवान

काठमाडौं- नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको आर्थिक प्रगति गर्ने विषयमा सम्पूर्ण राजनीतिक दलको दीर्घकालीन दृष्टिकोण एउटै हुनुपर्ने बताएका छन्। बल्खु कृषि तथा तरकारी बजारले आज यहाँ आयोजना गरेको ‘रोजगारी सिर्जना तथा गरिबी निवारणमा कृषि क्षेत्रको योगदान’ विषयक अन्तर्क्रियालाई सम्बोधन गर्दै उहाँले मुलुकको कुल ग्रार्हस्थ उत्पादनमा करिब एक...

थारूवान

वीरगन्ज- पूर्वमन्त्री एवं नेपाली कांग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद चौधरीले आउँदो मङ्सिरमा संविधान सभाको निर्वाचन हुनेमा कांग्रेस पूर्ण विश्वस्त रहेको बताएका छन्। नयाँ वर्षको उपलक्ष्यमा नेपाल निजामती कर्मचारी युनियन पर्साद्वारा यहाँ आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उनले भने, ‘वर्तमान सरकार निर्वाचनका लागि नै बनेका हुनाले विधिसम्मत तरिकाले संविधानसभा निर्वाचनको...

थारूवान

काठमाडौं- एकीकृत नेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले वर्तमान सरकारलाई निर्वाचन गर्ने मात्रै कार्यादेश भएको उल्लेख गर्दै अरु विषयमा चासो राख्ने कुनै पनि अधिकार नभएको बताएका छन्। एमाओवादीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नियमित प्रवक्ता–सञ्चारकर्मी भेटका क्रममा उहाँले निर्वाचन प्रयोजनका लागि गठन गरिएको सरकारले मुख्य कामलाई पर सारेर अरु विषयमा अल्झनु...

थारूवान