देश

गच्छदारले भने- दस वर्षपछि म राष्ट्रपति

काठमाडौं– मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले अबको दस वर्षपछि आफू राष्ट्रपति वा प्रधानमन्त्री हुने बताएका छन्। उनले दस वर्षपछि आफ्नो पार्टी नेपालकै पहिलो हुनेसमते बताए। ‘अबको दस वर्षपछि म राष्ट्रपति वा प्रधानमन्त्री हुन्छु,’ थरुहट तराई लोकतान्त्रिक परिषदको प्रथम उपत्यका भेलालाई सम्बोधन गर्दै उनले भने, ‘फोरम लोकतान्त्रिक अबको दस...

थारूवान

अजित तिवारी/अमर खड्का, विराटनगर- एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले औपचारिक र अनौपचारिक वार्ता थालिएकाले आन्दोलनमा रहेका राजनीति दलहरु निर्वाचनमा सहभागी हुने दाबी गरेका छन्। उच्चस्तरीय राजनीति संयन्त्रको सोमबार बसेको बैठकले आन्दोलनरत्त दलसंग वार्ता गर्ने निर्णय गरेकाले उनीहरु सहमतिमा आउने दाहालको भनाइ छ।

थारूवान

इटहरी – एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले थारु समुदायले आफ्नो पहिचानका लागि उठाएको थरुहट मुद्दालाई अब आफ्नो पार्टीले मूल मुद्दाका रुपमा उठाउने बताएका छन्। सुनसरीको झुम्कामा तराई आदिवासी कला सांस्कृतिक प्रतिष्ठानले आजदेखि सुरु गरेको दुई दिने प्रथम थारु चलचित्र महोत्सव–२०७० को उद्घाटनपछि उनले जनयुद्धकालमा तराईका आदिवासी थारु समुदायका...

थारूवान

काठमाडौं– सरकार र कमलरी संघर्ष समितिबीचको वार्ता बिहीबार पनि बिना निष्कर्ष सकिएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा तेस्रो दिन बसेको वार्ताले पनि कुनै टुंगो लगाउन नसकेको हो। संघर्ष समितिले मृतक परिवारलाई राहत तथा घाइतेलाई उपचार गराउनुपर्ने मागमा पुनः अडिग रेहपछि सहमति हुन नसकेको हो।

थारूवान

नेपालगन्ज– फोरम लोकतान्त्रिक शुभेच्छुक संस्था थरुहट तराई लोकतान्त्रिक परिषद अध्यक्षमा लक्ष्मण थारु चयन भएका छन्। नेपालगन्जमा सम्पन्न राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो। परिषद उपाध्यक्षमा योगेन्द्र थारु, महासचिव मोहनलाल चौधरी, सचिव गीता चौधरी र कोषाध्यक्षमा सन्तराम चौधरी छन्। कार्यसमिति १ सय २० सदस्यीय छ।

थारूवान

मदन चौधरी, काठमाडौं– सरकार र कमलरी संघर्ष समितिको वार्ता बिना निष्कर्ष सकिएको छ। महिला, बालबालिका तथा समाजकल्याण मन्त्री ऋद्धिबाबा जोशीको नेतृत्वमा भएको वर्तामा संघर्ष समितिले मृतक परिवार राहत तथा घाइतेलाई उपचार गराउनुपर्ने मागमा अडिग रेहपछि सहमति हुन नसकेको हो। ‘हामीले राहतका कुरा गरेपछि उहाँहरु अर्थमन्त्रालयसँग सल्लाह गर्नुपर्छ भने,’ वार्तामा...

थारूवान

मदन चौधरी, काठमाडौं– प्रहरी दमनमा गम्भीर घाइते दुई जना सामान्य अवस्थामा आए पनि तीन कमलरी अझै अचेत अवस्थामा छन्। उनीहरु सबैको उपचार अन्नपूर्ण अस्पतालमा भइरहेको छ। प्रहरीले पेटमा बुट हानेकाले पाठेघरमा समस्या भएको डाक्टर निरजले बताए। दाङकी उर्मिला चौधरीको चोटकै कारण रगत आएको उनले बताए। दाङकै सुजाता चौधरी र कञ्चनपुरकी...

थारूवान

कावासोती- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले  संविधानसभाको निर्वाचन गराउन चार राजनीतिक दलहरु सहमतिमा पुगेको बताएका छन्। आइतबार आयोजित थारु कल्याणकारिणी सभा नवलपरासीको पाँचौं जिल्ला अधिवेशनको उद्‍घाटनपछि उनले पार्टीको आ–आफ्नै अडानका कारण चुनावको मिति तोक्न नसकिएको बताउँदै केही दिनभित्र सहमतिमा पुग्ने जानकारी दिए।

थारूवान

काठमाडौं- मन्त्रिपरिषद्को आजको बैठकले गत जेठ ६ गते सप्तरीमा हत्या गरिएका पूर्व सभासद् सदरुल मियाँ हकको हत्याबारे छानविन गर्न सर्वोच्च अदालतका पूर्व न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा न्यायिक छानविन आयोग गठन गरेको छ। आयोगको सदस्यहरुमा नायव महान्यायाधिवक्ता सूर्यप्रसाद कोइराला र अतिरिक्त प्रहरी महानिरीक्षक दिनकर शम्शेर राणा रहनुभएको सरकारका प्रवक्ता...

थारूवान

काठमाडौं- आदिवासी जनजाति महासङ्घको चितवनमा सम्पन्न आठौँ महाधिवेशनद्वारा निर्वाचित नयाँ नेतृत्वलाई आज निवर्तमान नेतृत्वले पदीय जिम्मेवारी हस्तान्तरण गरेको छ। महासङ्घद्वारा आज यहाँ आयोजित एक समारोहमा निर्वतमान नेतृत्वले नयाँ नेतृत्वलाई जिम्मेवारी हस्तान्तरण गरेको हो। महासङ्घका निवर्तमान अध्यक्ष राजकुमार लेखीले जातीयरुपमा मुलुकलाई विखण्डनतर्फ लैजान खोजेको आरोप महासङ्घलाई लाग्ने गरेको बताउँदै नयाँ नेतृत्वले...

थारूवान