देश

गच्छदारलाई गृह जिल्लाबाटै उम्मेदवारको सिफारिस

काठमाडौं- मधेसी जनअधिकारी फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारलाई पार्टीले सुनसरीबाट संविधान सभा निर्वाचनका लागि उम्मेदवारीको सिफारिस गरेको छ। पछिल्लो समय विभिन्न पार्टीमा आबद्ध शीर्ष थारु नेताहरुलाई पार्टी प्रवेश गराइसकेका गच्छदारलाई उनको गृह  जिल्लाबाटै पार्टीले उम्मेदवारीको सिफारिस गरेको  हो। सुनसरी क्षेत्र नम्बर ३ बाट उनले दोस्रो संविधान सभाको निर्वाचनमा उठनेछन्।

थारूवान

काठमाडौं- नेकपा एमालेले पूर्व कमलरी तथा पूर्व सभासद् शान्ता चौधरीलाई दाङबाट उम्मेदवारका लागि सिफारिस गरेको छ। एमाले क्षेत्रीय समितिले आइतबार चौधरीलाई दाङ क्षेत्र नम्बर २ बाट उम्मेदवारीको सिफारिस गरेको हो। यस विषयमा थारुवानले शान्तासँग कुरा गर्दा उनले चुनाव लड्न धेरै गाह्रो रहेको बताइन्। उनले त्यति असहजका बीच पनि आफूले...

थारूवान

काठमाडौं- एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा निर्वाचनको विरोध गर्नेहरु जनता र मुलुक विरोधी भएको बताएका छन्। एमाओवादीको सहायक सङ्गठन योङ कम्युनिस्ट लिग(वाइसिएल)को प्रथम एकता अधिवेशनलाई सम्बोधन गर्दै उनले जनतामा जान डराउनेहरु इतिहासको पानामा सीमित हुने र उनीहरुको नेपाली राजनीतिमा कुनै स्थान नरहने बताए।

थारूवान

थरुहट तराई पार्टी नेपालले आफ्नो दुई जना केन्द्रीय सदस्यलाई बर्खास्त गरेको छ। गुपचुपरुपमा मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको थरुहट तराई लोकतान्त्रिक परिषद्‍मा प्रवेश गरेको भन्दै बर्खस्त गरेको पार्टीद्वारा जारी विज्ञप्तीमा लेखिएको छ। बर्खास्ती हुनेमा कैलालीका रामप्रसाद चौधरी र बाँकेका महेन्द्रप्रसाद चौधरी छन्। उनीहरु दुबै गुपचुपरुपमा थरुहट तराई लोकतान्त्रिक परिषद्‍मा।

थारूवान

बर्दिवास- महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरको अति व्यस्त चोकमा अज्ञात समूहले आज मध्याह्न एक जनालाई गोलीप्रहार गरी घाइते बनाएको छ। मधेसी जनाधिकार फोरम नेपाल जिल्ला कार्यालयका सचिव जलेश्वर–६ का बासिन्दा ३५ वर्षीय प्रकाश साहलाई नगरको खैराचोकस्थित पार्टी कार्यालयमै बसेको बेला अज्ञात समूहले गोलीप्रहार गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय...

थारूवान

काठमाडौं- एमाओवादीको जारी केन्द्रीय समितिको विस्तारित बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले प्रस्तुत गर्नुभएको ‘विशेष साङ्गठनिक तथा राजनीतिक प्रस्ताव’ माथि नेताहरूले आफू सम्बद्ध समूहको धारणा राखेका छन्। ललितपुरको खन्ना गार्मेन्टमा आज आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले दिनुभएको जानकारीअनुसार अध्यक्षले प्रस्तुत गर्नुभएको साङ्गठनिक प्रस्तावमाथि १६ वटा समूह नेताले आ–आफ्नो समूहको...

थारूवान

काठमाडौं- सरकारले आइतबार प्रस्तुत गरेको बजेटमा निजामती कर्मचारी, सैनिक, प्रहरी, शिक्षकलगायत सबै कर्मचारीको तलबमानमा १८ प्रतिशत वृद्धि गरेको छ भने सबै कर्मचारीका लागि समान रु एक हजार भत्ता दिने निर्णय गरेको छ। अर्थमन्त्री शङ्कर कोइरालाले आज प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष २०७०/७१ को बजेटमा सो वृद्धि गरेको जनाइएको छ। कर्मचारीको...

थारूवान

काठमाडौं- राष्ट्रिय आदिवासी जनजाति महिला महासङ्घको अध्यक्षमा शान्ति जिरेल निर्वाचित भएकी छन्। महिला महासङघको शुक्रबार यहाँ आयोजिते छैटौं महाधिवेशनबाट पूर्व सभासद् जिरेल अध्यक्ष पदमा विजयी भएकी हुन्। अध्यक्ष पदका लागि जिरेल र थारु कल्याणकारिणी सभाकी फुलमती चौधरीबीच प्रतिष्पर्धा भएको थियो। 

थारूवान

काठमाडौं- भारत सरकारले आगामी संविधान सभा निर्वाचनका लागि ७६४ वटा सवारी साधन उपलब्ध गराउन सहमति जनाएको छ। अन्तरिम निर्वाचन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी र भारतीय विदेशमन्त्री सलमान खुर्सिदको उपस्थितिमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित विशेष समारोहमा आयोग र मन्त्रालयलाई सवारी साधन प्रदान गर्नेसम्बन्धी दुई बेग्लाबेग्लै सम्झौतामा हस्ताक्षर भयो।

थारूवान

काठमाडौं- विभिन्न १२ वटा क्षेत्रमा कुन हदसम्म भ्रष्टाचारले प्रभाव पारेको छ? भन्ने प्रश्नमा सबैभन्दा बढी राजनीतिक दल अति भ्रष्टको सूचीमा परेको छ। राजनीतिक दलहरु, सार्वजनिक अधिकारी/निजामति कर्मचारी, प्रहरी, संसद/व्यवस्थापिका, न्यायपालिका, व्यापार/निजीक्षेत्र, सैनिक, शैक्षिक प्रणाली, गैरसरकारी संस्था, चिकित्सा तथा स्वास्थ्य सेवा, धार्मिक सङ्घसंस्था र सञ्चारमाध्यममध्ये सबैभन्दा भ्रष्टाचारको सूचीमा राजनीतिक दल...

थारूवान