देश

३३ दलीय मोर्चाले आन्दोलन गर्ने

काठमाडौं- नेकपा–माओवादीसहितको तेत्तीस दलीय मोर्चाले आसन्न संविधानसभाको चुनावलाई लक्षित गरी विभिन्न विरोधका कार्यक्रम सञ्चालन गर्ने भएको छ। माओवादीको कार्यालय बुद्धनगरमा आज बसेको मोर्चाको बैठकको निर्णय सार्वजनिक गर्दै माओवादी सचिव देव गुरुङले मुलुक निर्दलीयताबाट सैनिकीकरणतर्फ प्रवेश गर्न लागेको जिकिर गरे। 

थारूवान

काठमाडौं- आगामी मङ्सिर ४ गते हुने संविधानसभा निर्वाचनमा शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गर्न बाधा अड्काउ फुकाउ आदेश जारीसँगै नेपाली सेना परिचालन गर्न बाटो खुलेको छ। राष्ट्रपति रामवरण यादवले राजनीतिक सहमतिका आधारमा मन्त्रिपरिषद्को सिफारिसमा सेना परिचालनसम्बन्धी बाधा अड्काउ फुकाउन आदेश जारी गरेपछि सेना परिचालनका निम्ति बाटो खुलेको हो।

थारूवान

काठमाडौं- प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले आगामी संविधान सभाको निर्वाचनको तयारी लगभग पूरा भएको बताएका छन्। उनले भने, ‘अयोगका तर्फबाट मङ्सिर ४ गते अर्को संविधान सभाको निर्वाचन सम्पन्न गर्नका लागि काम लगभग सम्पन्न भएको छ।’

थारूवान

काठमाडौं- नेकपा (एमाले) ले आगामी संविधानसभा निर्वाचनका लागि पार्टीका तर्फबाट चयन हुने उम्मेदवारको नामावली एकै पटक सार्वजनिक गर्ने तयारी गरेको छ। स्थायी समितिको बसेको बैठकले मातहतका कमिटीबाट सिफारिस भएका नामबारे एकसरो छलफल सकाएको छ। पार्टीले केही दिनमै यसलाई निर्णायक बनाउने निष्कर्ष निकालेको छ।

थारूवान

पोखरा- मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)का  अध्यक्ष विजयकुमार गच्छदारले नेकपा–माओवादी सम्बद्ध मोर्चाले निर्वाचनमा भाग नलिए पनि आगामी मङ्सिर ४ गते हुने संविधान सभाको निर्वाचन नरोकिने बताएका छन्।

थारूवान

काठमाडौं- नेपाली कांग्रेसले संविधानसभा निर्वाचनका लागि उम्मेदवार चयन गर्न शक्तिशाली संयन्त्र मानिने संसदीय समिति गठन गरेको छ। न्द्रीय समितिको आजको बैठकमा सभापति सुशील कोइरालाले प्रस्तुत गरेका नामावलीलाई अनुमोदन गरेको बैठकपछि पार्टीका प्रवक्ता दीलेन्द्रप्रसाद वडूले जानकारी दिए। समितिमा सभापति कोइराला, नेता शेरबहादुर देउवा, उपसभापति रामचन्द्र पौडेल, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद...

थारूवान

काठमाडौं- संविधान सभा निर्वाचनको विरोधमा रहेको नेकपा–माओवादी नेतृत्वको मोर्चाले आज खुल्ला मञ्चमा विरोधसभा आयोजना गर्‍यो। सभामा बोल्ने मोर्चा सम्बद्ध नेताले मोर्चालाई पाखा लगाएर गरिएको निर्वाचनले जनताको संविधान बन्न सक्दैन भन्दै बहिस्कार आन्दोलनलाई सशक्त र प्रभावकारी बनाउनाको विकल्प नभएको दोहोर्‍याए। विरोध सभालाई सम्बोधन गर्दै माओवादीका अध्यक्ष मोहन वैद्यले अहिलेकै परिस्थितिमा गरिने...

थारूवान

काठमाडौं- मधेसी जनअधिकार फोरम नेपाल सम्पूर्ण शक्तिका साथ चुनावी अभियानमा जाने भएको छ। संविधान सभा निर्वाचनको मिति नजिकिँदै जाँदा उक्त पार्टीले घोषणापत्र तयारी, उम्मेदवार छनोट र चुनावी अभियानजस्ता कार्यक्रमलाई अघि बढाउँदै चुनावमा जाने निर्णय गरेको हो। पार्टीको यही भदौ १४ देखि १७ गतेसम्म बसेको केन्द्रीय समितिको बैठकले संविधानमा राष्ट्रिय पहिचानसहितको...

थारूवान

विराटनगर- नेपाली कांग्रेस सुनसरीले आगामी संविधान सभा निर्वाचनका लागि सुनसरीको छ वटै निर्वाचन क्षेत्रबाट सम्भावित उम्मेदवार छान्न प्रत्येक बुथ इकाईबाट सुझाव सङ्कलनको कार्यलाई तीव्रता दिएको छ। पार्टीको अभियानअनुसार प्रत्यक्ष र समानुपातिकका लागि सम्भावित उम्मेदवार कार्यकर्ताहरूको माझबाट लिइन लागेकाले पनि यस पटकको निर्वाचनमा परिणाम राम्रो आउने जिल्ला तहका नेताहरूको दाबी...

थारूवान

विराटनगर- मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले आगामी संविधान सभा निर्वाचनमा पार्टीले प्रत्यक्षतर्फ ५० सिटमा विजयी हासिल गर्ने दाबी गरेका छन्। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को तीन दिनदेखि जारी केन्द्रीय समिति, जिल्ला पदाधिकारी,  भातृ संगठनका केन्द्रीय पदाधिकारीहरुको राष्ट्रिय भेलाको समापन समारोहमा आज साँझ सो कुरा बताएका हुन्।

थारूवान