देश
जनजाति आन्दोलनलाई २ करोड चन्दा उठाइँदै
पहिचानसहितको संघीयताका लागि सम्झौताहीन निर्णायक आन्दोलन गर्ने भन्दै आदिवासी जनजाति राष्ट्रिय आन्दोलन समितिले शुभेच्छुकहरुसँग चन्दा तथा आर्थिक सहयोग आह्वान गरेको छ। पद्मरत्न तुलाधर नेतृत्वको राष्ट्रिय आन्दोलनका लागि विदेशस्थित जनजाति संघ संस्थाहरुबाट आर्थिक संकलनको अभियान शुरु भएको हो।
थारूवानकमला चौधरी, बुटवल- थारु कल्याणकारिणी सभा केन्द्रीय सचिवालयको बैठकले रिक्त रहेको केन्द्रीय सदस्यमा तीन जनालाई मनोनित गरेको छ। सभाका केन्द्रीय अध्यक्ष धनिराम चौधरीको अध्यक्षतामा बसेको बैठकले प्रिज्मासिंह थारु (बर्दिया), धर्मलाल चौधरी (काठमाडौं उपत्यका) र रामबाबु चौधरी (बारा) गरी तीन जनालाई केन्द्रीय सदस्य पदमा मनोनित गरेको हो।
थारूवानघटक दललाई खबरै नगरी मधेसी मोर्चाका तर्फबाट विजय गच्छदारले शीर्ष राजनीतिक बैठकहरूमा एक्लै भाग लिएकामा मोर्चामा आबद्ध अन्य नेताहरूले आलोचना गरेका छन्। बिहीबार सिंहदरबारमा भएको मोर्चाको बैठकको सुरुवातमै तमलोपा अध्यक्ष महन्थ ठाकुरले गच्छदारको पछिल्लो क्रियाकलापप्रति आपत्ति जनाए। गत मंगलबार बेलुकी बालुवाटारमा कांग्रेस, एमाले र एमाओवादी शीर्षनेतासँगको बैठकमा मोर्चाका तर्फबाट...
थारूवानमहिलालाई कति प्रतिशत पद दिने? संविधानले ३३ प्रतिशत दिन सिफारिश गरेको छ तर त्यो सिफारिश बाध्यकारी छैन। राजकुमार लेखीले भने थारु कल्याणकारिणी सभामा अनौठो प्रस्ताव राखेका छन्। नेपालको सबैभन्दा पूरानो यो संस्थामा लेखिले गाउँ, नगर, जिल्लादेखि केन्द्रसम्मका कमिटिमा ५१ प्रतिशत महिला राख्नुपर्ने प्रस्ताव गरेका छन्।
थारूवानसंयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई संविधान लेखनबारे बुझाएको साझा धारणामा प्रमुख घटक मधेसी जनअधिकार फोरम, नेपालले हस्ताक्षर गरेन। शुक्रबार समितिका सभापति बाबुराम भट्टराईलाई बुझाइएको अवधारणापत्रमा उपेन्द्र यादव नेतृत्वको फोरम नेपालले हस्ताक्षर नगरेको हो।
थारूवान
रेशम रन्जितालाई खुला पत्र