देश

थाकस रुपन्देहीको अध्यक्षमा सतिष कुमार चौधरी चयन

कमल चौधरी, बुटवल । थारु कल्याणकारिणी सभा (थाकस) रुपन्देहीको ९औं जिल्ला अधिवेशनले ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सैनामैना नगरपालिकाको ‘थारु होमस्टे’मा सोमबार सम्पन्न अधिवेशनबाट सतिष कुमार चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।

थारूवान

जियलाल चौधरी/बारा। थारु कल्याणकारिणी सभा (थाकस)को ८औं जिल्ला अधिवेशनको उद्‍घाटसत्र सम्पन्न भएको छ। कोल्हबी-६ स्थित प्रसौना स्कुलको प्रांगणमा सम्पन्न उद्‍घाटन सत्रमा नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद उमाकान्त चौधरी प्रमुख अतिथि रहेका थिए। सांसद चौधरीले थारुको सामाजिक, राजनीतिक र साँस्कृतिक विकासका लागि राज्यले अहम भूमिका खेल्नुपर्ने बताए।

थारूवान

पश्चिम नवलपरासीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। रामग्राम नगरपालिका-१२, शान्तिचौरकी ३२ वर्षीया मञ्जु कुमारी चौधरीको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको छ।

थारूवान

यस वर्ष अष्टिम्की कति गते मनाउनेबारेमा थारु समुदायमा बहस चल्यो। तिथिमिति नमिलेको भन्दै कैलालीबासी थारुले यस वर्ष भदौ १८ गते अष्टिम्की मनाउने निर्णय गर्‍यो। तर नेपाल पञ्चाक समितिले भने भदौ १७ गते नै कृष्ण जन्माष्टमीको क्यालेन्डर सार्वजनिक गरेको थियो। सोहीअनुसार अधिकांश स्थानमा भदौ १७ गते नै अष्टिम्की मनाइयो। शहर...

थारूवान

कोरियाको छुङछङनाम्दो होङसङ ख्यलसङस्थित बंगुर फार्ममा एक नेपालीको मृत्यु भएको छ। मृत्यु हुनेमा कैलाली टीकापुरका २८ वर्षीय प्रमोद चौधरी रहेको बताइएको छ। उनीहरु सुतेकै अवस्थामा मृत भेटिएका थिए।

थारूवान

थारु कल्याणकारिणी सभा (थाकस)को १६अौं जिल्ला अधिवेशनबाट भुवन चौधरीको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसहमतिमा चयन भएको छ । त्यस्तै  सदस्यहरुमा अशोक चौधरी, शालिकराम चौधरी, प्रकाश चौधरी, सबिता चौधरी, रामपति चौधरी , समिता चौधरी, प्रणब चौधरी, अर्विन्द्र चौधरी र हरिप्रसाद चौधरी सर्वसहमतिमा निर्चित भए। 

थारूवान

थारु पत्रकार संघ नेपालले थप दुई वटा पत्रकारिता पुरस्कार घोषणा गरेको छ। शनिबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १२,१५१ रुपैयाँ राशिको ‘सुष्मा चौधरी थारु महिला राष्ट्रिय पत्रकारिता पुरस्कार’ र १०,१११ रुपैयाँ राशिको ओएसिस पत्रकारिता पुरस्कार स्थापना गरेको महासचिव किशोर चौधरीले जानकारी दिए।

थारूवान

बढैयाताल । कालिका समुदायिक पुस्तकालय तथा स्रोत केन्द्र, स्याउलीबजारको आयोजनामा बढैयाताल ८, स्याउलीबजारमा राष्ट्रिय पुस्तकालय दिवस मनाइएको छ । सामाजिक विकासमा सामुदायिक पुस्तकालयको महत्व र आवश्यकता विषयक माध्यामिक विद्यालय स्तरीय खुल्ला निबनध प्रतियोगिता आयोजना गरिएको थियो ।

थारूवान

नेपाल आदिवासी जनजाति महासंघ राष्ट्रिय समन्वय समिति मलेसियाले आयोजना गरेको २४ औं विश्व आदिवासी दिवस भव्य रुपमा सम्पन्न भएको छ। २४ औं विश्व आदिवासी दिवसमा स्वागत मन्तव्य राख्ने क्रममा उपाध्यक्ष चौधरीले दिवस मलेसियामा आयोजना गर्नु उद्देश्यबारे प्रष्ट पार्नुको साथै आदिवासी दिवसको नारा समेत सुनाएको थियो।

थारूवान

भारतको ललितनारायण मिथिला विश्वविद्यालय दरभंगाले धनुषाका रामसागर पण्डितलाई विद्यावारिधि उपाधि प्रदान गरेको छ ।

थारूवान
1 13 14 15 16 17 202