देश

‘रगतको खोला बगेपनि नेपाली भूमी एक इन्च मिच्न दिँदैनौं’

‘रगतको खोला बगेपनि नेपाली भूमी एक इन्च मिच्न दिँदैनौं, दशगजामा नदीको बहाब थुन्ने गरि कुनै पनि हालतमा बाध बनाउन दिँदैनौ’ बिहीबार नेपाल-भारत सीमा क्षेत्र अन्तर्गत सप्तरीको तिलाठीमा उपस्थित सयौं नेपालीले यही नारा दोहर्‍याइरहेका थिए ।

थारूवान

नेपाल तर्फका आधा दर्जन बढि गाउँलाई डुवानमा पार्ने गरी भारतीयहरुले दशगज्जा क्षेत्रमा बनाउन लागेको बाँधका सप्तरीको तिलाठी तथा भारत विहारको सुपौल जिल्ला अन्तर्गत पर्ने कुनौली ग्राम पञ्चायत विच रहेको दशगज्जा क्षेत्रमा दुवै तिरका स्थानियहरु विच झडप भएको छ।

थारूवान

संखुवासभाबाट सुनसरीको धरानतर्फ जाँदै गरेको मुनाल यातायातको बा२ख ७३६६ नम्बरको यात्रुबाहक बस आज धनकुटाको परेवादिन–५ सिधुवा बजारमा दुर्घटना हुँदा पूर्व अर्थ राज्यमन्त्री हरिराज खेवासहित सात जनाको मृत्यु भएको छ।

थारूवान

दासत्वबाट केही समयअघि मात्र मुक्त भएका ३० जना पूर्वकमलरीले रोजगारी पाएका छन्। राजधानीमा तीन महिने तालिमपछि उनीहरुले सीपअनुसारको रोगगारी प्राप्त गरेका हुन्। दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चपुरका ती कमलरीहरुलाई राजधानीको सुजा ट्रेडर्सले गार्मेन्ट उद्योगमा रोजगारी दिएको हो। 

थारूवान

रुपन्देहीमा एकजनाको हत्या भएको छ । प्रहरीका अनुसार खड्वा बनगाईका मेहबुव आलमको हत्या भएको हो । आलमको टाउकोमा दाउराले हानेर हत्या भएको प्रहरीले जनाएको छ ।

थारूवान

अविरल वर्षासँगै देशभर सोमबारयता बाढी र पहिरोमा मृत्यु हुनेको संख्या ८३ पुगेको छ। विपद्मा अझै १६ जना हराइरहेका छन् भने ३१ जना घाइतेको उपचार भइरहेको गृह मन्त्रालयले जनाएको छ। गृहले साँझ ५ बजेसम्म मृतक संख्या ६६ पुष्टि गरेको छ।

थारूवान

अबिरल बर्षापछि मंगलवार राप्ती नदीमा आएको बाढीले बगाएर ल्याएका ५ शव दाङमा भेटिएका छन्। देउखुरीस्थित राप्ती नदीको किनारमा तीन पुरुष र दुई महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। ५ मध्य एकजनाको शव भने दाङकै स्थानीयको रहेको र बाँकी ४ शवको भने पहिचान हुन सकेको छैन।

थारूवान

गएरातिदेखि परेको अविरल वर्षाले बर्दियाको बबइ नगरपालिकाको रानीपुरमा १ दर्जन घर डुबानमा परेको छ । तीन घरका परिवारलाई उद्धार गरेर सुरक्षित स्थानमा राखिएको छ। बर्दियामा अहिले पनि भीषण पानी परिहरेको छ। स्थानीय प्रशासन कार्यालय बर्दियाले राजापुरको दौलतपुरमा पनि घरहरु डुबानमा परेको छ । 

थारूवान

रातभर परेको अविरल वर्षाका कारण तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–१३ स्थित झोलुङ्गे पुल आज बगाएको छ। देवीनगर र बुद्धनगर जोड्ने झोलुङ्गे पुल आज बिहान किनारको जमिन नदीले कटान गर्दै जाँदा ढलेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी वरिष्ठ उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। सोमबार रातिदेखि परेको अविरल वर्षासँगै आएको...

थारूवान