देश

थारु गुरुवा जब आगोमा नाचे…

आफ्नै मौलिक पहिचान रहेको आदिवासी जनजाति थारु समुदायका गुरुवाले आगोमा नाचेका छन् । थारु वस्तीमा साउन महिनामा मनाइने हरेरी पूजाको क्रममा गुरुवा (धामी) ले आगोमा नाचेका हुन् ।

थारूवान

अविनाश चौधरी/धनगढी। सरकारी सेवा सुविधा उपलब्ध नभएपछि कैलालीको पवेरा–६ बैजपुरमा रहेको श्री सर्वोदय प्राथमिक विद्यालयको अवस्था दयनीय भएको छ । चरम आर्थिक अभावका कारण विद्यालय सङ्कटमा परेको हो । यसअघि समुदायको सहयोगबाट सञ्चालन हुँदै आएको विद्यालयले अब सहयोगको त्यो बाटो पनि गुमाएको छ । सो क्षेत्रका स्थानीयले गर्दै आएको...

थारूवान

विद्यालय गएर पढ्ने लेख्ने बेलामा मोरङको डाइनिया क्षेत्रका बाढीपीडित बालबालिका भोको पेट र नाङ्गो जीउमा सडकमा रात कटाउँदै र भोक मेटाउने अन्न र आङ छोप्ने कपडा बाढीले बगाएर लैजाँदा नाङ्गै हिँड्न बाध्य भएका छन् । गत साउन १० गते मोरङको बक्राहा खोलामा आएको बाढीले बाँध भत्काएर गाउँ पस्दा खाद्यान्न,...

थारूवान

वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ। प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको रु ५८ लाख आठ हजार ४६५ बराबरको चेक आज हस्तान्तरण गरे।

थारूवान

लामो समयदेखि विभिन्न गैरसरकारी संस्थामार्फत गरिबी न्यूनीकरण गरी अर्थिक समृद्धिको पक्षमा अभियान चलाउदै आएकी अभियन्ता जानकी चौधरीको आइतबार राति निधन भएको छ । हाल नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटेड धनगढीको अध्यक्ष, सिएसएसडि र लुथरन विश्व फेडेरेसनका पूर्व कर्मचारी, सिर्जनशिल समाजको सिर्जना (सिसिएस) कैलालीको कार्यसमिति सदस्यसमेत रहेकी चौधरीको निधन...

थारूवान

सन्तोष दहित\घोराही शान्ता चौधरी चार वर्षअगाडि गाउँको एक जमिन्दारको घरमा कमलरीको रुपमा काम गर्थिन्। आर्थिक अवस्था कमजोर भएकाले बीचमै पढाई छाडेर जमिन्दारको घरमा काम गर्न उनी बाध्य भएकी थिइन्। त्रिपुर नगरपालिका ११ सेवारकी शान्ता चौधरीलाई जमिन्दारको घरमा कमलरी बसेको खबर पाएपछि मुक्त कमलरी विकास मञ्च र नायफ नेपाल संस्थाले...

थारूवान

दाङमा बाढीले बगाउँदा एक जना व्यक्तिको मृत्यु भएको छ। मृतक दाङको तुलसीपुर–६ कपडादेवी निवासी ३३ वर्षीय धर्मु चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक कृष्ण प्रसार्इंले जानकारी दिए।

थारूवान

सुदूरपश्चिमका आठ वटा बस व्यवसायी समितिले दुई दिनदेखि गरेको यातायात बन्द आज बिहानैदेखि खुलेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीमा गएराति अबेरसम्म बसेको सर्वपक्षीय बैठकमा झडपपछि पक्राउ परेका मजदुरको रिहाइ, बडिमालिका यातायातका अध्यक्षसहितका पदाधिकारीलाई एक साताभित्रै धनगढी बोलाएर वार्ता गर्ने सहमति भएपछि बन्द यातायात खुलेको हो ।

थारूवान

मकवानपुरमा गएराति भएको बस दुर्घटनामा मृत्यु भएका नौमध्ये छ जनाको सनाखत भएको छ। काठमाडौंबाट उदयपुरतर्फ जाँदै गरेको अग्नि यातायातको ना५ख ५०५५ नंको बस र काँकडभिट्टाबाट काठमाडौँतर्फ आउँदै गरेको इमेज यातायातको ना५ख ४०६४ नंको बस ठोक्किँदा इमेज बसका सहचालक झापा तोपगाछी– ९ का ३९ वर्षीय लक्ष्मीप्रसाद अधिकारी, उदयपुर त्रियुगा नगरपालिका– १० का...

थारूवान

एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने थारु विद्यार्थीहरु सम्मानित भएका छन्। सन्जय चौधरी नेतृत्वको थारु विद्यार्थी समाजले उनीहरुलाई सम्मान गरेको हो। राजधानीको तमुबौद्धमा आयोजित कार्यक्रममा फोरम लोकतान्त्रिकका सांसद जनकराज चौधरीले विद्यार्थीहरुलाई सम्मान पत्र प्रदान गरेका थिए।

थारूवान