रञ्जिता पक्षकी सांसद- पहिले समर्थन फिर्ता लिएको घोषणा, अहिले मन्त्री

सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी सांसद टीका थापा मन्त्री बनेकी छन्। उनी पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ पक्षकी हुन्। मुख्यमन्त्री दीर्घबहादुर सोडारीको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका हुन्।

थापाले मंगलबार नै पद तथा गोपनियताको सपथ ग्रहण गरेकी छन्। थापालाई प्रदेश प्रमुख मियाँले सपथ ग्रहण गराएका हुन्। मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो। नाउपाका कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले यसअघि नै भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए।

यसअघि थापाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेकी थिइन्। फुल मन्त्री नबनाएको भन्दै उनका पति रतन थापाको फेसबुकमार्फत् थापाले सरकारलाई समर्थन नरहेको उल्लेख गरेकी थिइन्। ‘पार्टीको भागबण्डा लागाएर मिलिजुली खाने कुरा चित्तबुझ्दो छैन। त्यसैले मुख्यमन्त्रीको प्रस्तावमा मेरो असमत जनाउँदै सरकारमा सहभागी नहुने निर्णय लिएकी छु र यो सरकारलाई समर्थन पनि नरहेको कुरा जानकारी गराउँछु,’ उनले भनेकी थिइन्।

रेशम चौधरीको मुद्दा ‘हेर्न नभ्याइने’मा, अर्को पेसी वैशाख २४ गतेलाई तोकियो

रेशम चौधरीले निर्वाचन आयोगविरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’ मा परेको छ। सर्वोच्च अदालतका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र शारंगा सुवेदीको इजलासमा परे पनि उक्त मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ।

अर्को पेसी वैशाख २४ गतेका लागि तोकिएको छ। यसअघि वैशाख १४ गते न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण भट्टराईको इजलासले मिसिल कागज झिकाउने आदेश दिएको थियो।

जेलबाटै नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीले टीकापुरको प्रथम महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका थिए। तर, निर्वाचित भएको अध्यावधिक निवेदन भने निर्वाचन आयोगले अस्वीकृत गरेको थियो। सोही निर्णयविरुद्ध रेशम अदालत गरेका हुन्।

विश्वमञ्चमा नरेन्द्र मोदी पुस्तक सार्वजनिक

‘विश्वमञ्चमा नरेन्द्र मोदी’ पुस्तक सार्वजनिक भएको छ। किताबमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सन् २०१४ देखि सन् २०२४ सम्म विश्वका विभिन्न मुलुक तथा अन्तर्राष्ट्रिय मञ्चमा गरेका सम्बोधनको संकलन गरिएको छ। भुपेन्द्र बहादुर क्षेत्रीको संकलन रहेको यो पुस्तक सागर चन्दले नेपाली भाषामा अनुवाद गरेका हुन्।

विश्वमञ्चमा भारत नयाँ तवरले अघि बढिरहेको र त्यसको नेतृत्व मोदीले गरिरहेकाले विश्वमञ्चमा भारतको उपस्थितिबारे जानकारी गराउने उदेश्यले दशक यताका उनका २९ भाषण नेपालीमा अनुवाद गरिएको चन्दले बताए ‘विश्वमञ्चमा भारत नयाँ ढंगले अघि बढिरहेको छ। अन्तर्राष्ट्रिय मञ्चहरूमा भारतले आफूलाघ सशक्तरूपमा अघि सारिरहेको परिवेशमा त्यसको नेतृत्व गर्ने नरेन्द्र मोदीको विश्वप्रतिको दृष्टिकोण बुझ्न पुस्तकले सघाउँछ,’ चन्दले भने।

सन् १९९० को दशकको सुरुवातमा ग्लोबलाइजेशनको यात्रामा निस्केको भारत आज विश्वका विभिन्न मञ्चमा शत्तिशालीरूपमा देखा परेको छ। जनवरी २०२४ मा प्रकाशित वल्र्ड इकोनोमिक फोरमको एक रिर्पोटका अनुसार सन् २०२३ मा भारतले विश्व विकासमा १६ प्रतिशत योगदान दिएको थियो। २०२२-२०२३ मा ७.२ प्रतिशतको आर्थिक वृद्धि गरेर भारत जी-२० देशहरूमा लगातार दोस्रो स्थानमा रह्यो।

पूर्वाधार, इन्टरनेटको पहुँच, र पश्चिमसँग भारतको सम्बन्धले गर्दा सन् २०२३ मा विश्व मञ्चमा ठूलो रूपमा भारत पुगेको छ। विश्वव्यापीरूपमा सूचना, कनेक्टिभिटी र समृद्धिमा भारतको बढ्दो पहुँचले भारतलाई विश्वमञ्चमा बलियो बनाएको छ।

सार्क बैठकसहित प्रधानमन्त्री नरेन्द्र मोदी चार पटक नेपाल भ्रमणमा आएका छन्। पहिलोपटक सन् २०१४ को अगष्ट। दोस्रो, २०१४ को सार्क बैठक। तेस्रो, २०१८ को मे महिनामा र चौथो २०२२ को मे महिनामा। नेपालको जनकपुर, लुम्बिनीदेखि मुत्तिनाथसम्म पुगेका मोदीले सन् २०१४ यता एक सय भन्दा बढी यात्रा गरेकाछन्। ‘यी सबै यात्रा र सम्बोधनहरूमध्ये महत्वपूर्ण ठानिएका सम्बोधन संकलन गरेर नेपालीमा अनुवाद गरिएको हो,’ क्षेत्रीले सुनाए।

नेपाल र भारतको प्रागऐतिहासिक कालदेखि सम्बन्ध जोडिएको बताउँदै क्षेत्रीले भने, ‘छिमेकी पहिलोको नीति लिएको भारत विश्वका विभिन्न मञ्चमा कसरी प्रस्तुत भइरहेको छ भनेर आम नेपालीलाई समेत थाह होस् भन्ने उद्देश्यले नरेन्द्र मोदीका भाषण नेपालीमा अनुवाद गरिएको हो।’
इन्डिगो इंकले बजारमा ल्याएको पुस्तकको मूल्य ५४९ रुपैयाँ छ।

बुबाको स्मृति दिवसमा गोपाल दहितले बाँडे विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

जोतपुर बरघर समितिले विपन्न तथा जेहेन्दार तीन जना विद्यार्थीलाई स्व. खुमलाल दहित स्मृति छात्रवृत्ति वितरण गरेको छ। सो छात्रवृत्ति हरेक विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा संविधानसभा सदस्य डा. गोपाल दहितले हस्तान्तरण गरेका थिए।

स्व. खुमलाल दहित स्मृति छात्रवृत्ति, स्व. खुमलाल दहितका छोराहरू डा. गोपाल दहित, शेरसिंह दहित र गजेन्द्र दहितले स्थापना गरेका हुन्। बुबाको देहान्तपछि श्रद्धाञ्जली सभामा दहितका तीनै छोराहरूले जोतपुरका विद्यार्थीहरूलाई आफ्नो बुबाको सम्झनामा छात्रवृत्ति प्रदान गर्ने घोषणा गरेका थिए। प्रधानपञ्च भइसकेका खुमलाल दहितको जन्म १९८३ मंसिर २० गते भएको थियो भने देहान्त २०७९ पुस १ गते भएको थियो।

कार्यक्रममा बोल्दै छात्रवृत्तिका संस्थापक डा. गोपाल दहितले तीन जना भाइहरूले मिलेर एक-एक लाख गरेर ३ लाखको छात्रवृत्ति अक्षय कोष स्थापना गरेको बताए। साथै, ब्याजअनुसार हरेक वर्ष विद्यार्थीहरूको संख्या बढाउँदै जाने पनि बताए। डा. दहितले आफ्नो बुबा शिक्षाप्रेमी भएकाले उनको सम्झनामा आफ्नो गाउँका विपन्न विद्यार्थीहरूको शिक्षा आर्जनमा सहयोग पुग्ने हेतुले यो छात्रवृत्तिको स्थापना गरेको जनाए।

त्यस्तै सोही कार्यक्रममा वार्षिक परीक्षाको नतिजामा उत्कृष्ट ३ मा आउन सफल भएका ११ जना विद्यार्थीहरूलाई स्टेशनरी सहयोगका साथै प्रशंसापत्र प्रदान गरिएको छ। कार्यक्रमका अतिथि सोम डेमनडौराले जोतपुरमा जन्मेका जुनसुकै विद्यालयमा अध्ययनरत सबै तहका विद्यार्थीहरुको शिक्षाप्रति उत्साह, हौशला बढाउन सम्मान र सहयोग गरिएको बताए।

कार्यक्रम हरेक वर्ष गरिनेसमेत बताए। सो सम्मान र स्टेशनरी सहयोगका लागि शिक्षाप्रेमी रामस्वरुप थारु, समाजसेवी सोम डेमनडौरा, कृष्ण थारु बर्कु र अमित दहितले सहयोग जुटाएका थिए। पुरुष्कार र प्रशंसा पत्र सो कार्यक्रमका प्रमुख अतिथि डा. गोपाल दहित र विशिष्ट अतिथि युनिक नेपालका अध्यक्ष प्रिम बहादुर थारुले हस्तान्तरण गरेका थिए। जोतपुर बरघर समितिका बरघर जोगीलाल थारुको सभाध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन वडा नं. ५ का सचिब अमित दहितले गरेका थिए।

स्व. खुमलाल दहित स्मृति छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरु
१. मुकेश थारुः कक्षा ८, श्री किसान माध्यमिक विद्यालय, बदालपुर
२. कुशल थारुः कक्षा ८, श्री ने.रा.मा.वि. नयाँगाउँ
३. सामना थारुः कक्षा ५, श्री किसान माध्यमिक विद्यालय, बदालपुर

उत्कृष्ट सम्मान र स्टेशनरी प्राप्त गर्ने विद्यार्थीहरु
१. अंकेश थारु, कक्षा ८ मा पालिका स्तरीय प्रथम र कक्षा प्रथम (३.८८ जि.पि.ए.), श्री किसान माध्यमिक विद्यालय, बदालपुर
२. केशवराज न्यौपाने, कक्षा प्रथम, ३.४६ जि.पि.ए., कक्षा ८, ने.रा.मा.वि
३. मुकेश थारु, कक्षा प्रथम, (३.९७ जि.पि.ए.) कक्षा ७ श्री किसान माध्यमिक विद्यालय, बदालपुर
४. समर थारु, कक्षा प्रथम, ३.८९ जि.पि.ए. कक्षा ६, सहारा बर्दिया इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुल
५. कृतिका दहित, कक्षा प्रथम, ३.८९ जि.पि.ए. कक्षा ५, सहारा बर्दिया इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुल
६. आरोशी दहित, कक्षा द्धितीय, कक्षा ५, सहारा बर्दिया इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुल
७. शुलोक थारु, कक्षा तृतीय, ३.८४ जि.पि.ए., कक्षा ४ सहारा बर्दिया इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुल
८. अमन थारुः कक्षा तृतीय, (२.५३ जि.पि.ए.), श्री किसान माध्यमिक विद्यालय, बदालपुर
९. अभय दहित, कक्षा २ मा कक्षा प्रथम, ३.८४ जि.पि.ए., रिनेसाँ बोर्डिङ्ग स्कुल
१०. एलिजा थारु, कक्षा द्धितीय, ३.९४ जि.पि.ए., कक्षा १, सहारा बर्दिया इङ्गलिस मिडियम बोर्डिङ्ग स्कुल
११. जिज्ञासा थारु, कक्षा द्धितीय, ३.८८ जि.पि.ए., कक्षा १, रिनेसाँ बोर्डिङ्ग स्कुल

दाङका आयुष चौधरीको स्याङ्जामा हत्या

स्याङ्जामा चक्कु प्रहार गरी एक युवकको हत्या भएको छ। स्याङ्जाको वालिङ नगरपालिका-१३ बाँयटारीमा डेरा गरी बस्दै आएका दाङको राप्ती गाउँपालिका-३ का २० वर्षीय आयुष चौधरीको हत्या भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इन्द्रबहादर रानाका अनुसार बाँयटारी बस्दै आएका राप्ती-३ का ३५ वर्षीय निमबहादुर घर्तीले चौधरीलाई चक्कु प्रहार गरेका हुन्। घाइते चौधरीको गह्रौँ प्राथमिक अस्पताल वालिङमा उपचारका क्रममा मृत भएको हो।

चक्कु प्रहार गर्ने घर्तीलाई वडा प्रहरी कार्यालय वालिङले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रानाले बताए।

रेशम-रञ्जिताबीच युद्धविराम! दुवैले एकअर्काको अस्तित्व स्वीकारेका हुन्?

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी र अध्यक्ष रञ्जिता श्रेष्ठबीच युद्धविराम गर्ने सहमति भएको छ। नागरिक उन्मुक्ति पार्टीका नेता ठाकुरसिंह थारूलाई साक्षी राखेर रेशमले युद्धविरामको घोषणा गरेका छन्। युद्धविराम भएसँगै पार्टीका नेता-कार्यकर्ताबीच भइरहेको तितक्ता तत्काललाई अन्त्य भएको छ। संरक्षक र अध्यक्षबीचको टकरावले नागरिक उन्मुक्त पार्टीका नेता-कार्यकर्ताहरू पनि विभाजित बनेका थिए।

कसरी भयो सम्भव? आम सर्वसाधारणले अहिले यही प्रश्न गरिरहेका छन्। रेशम-रञ्जिताबीच पार्टी र सरकार चलाउने विषयमा मोटामोटी सहमति भएको देखिन्छ। रेशम चौधरीले फेसबुकमै पार्टी र सरकार दुवै रञ्जितालाई चलाउन दिने सहमति गरेको आश्य प्रकट गरेका छन्। उनले भनेका छन्, ‘महासचिव ठाकुरसिंह थारूलाई साक्षी राखेर पार्टी र सरकार दुबै तिमी (रञ्जिता) चलाउ भन्ने आग्रहका साथ मैले पनि यो फोटो पोष्ट गरेँ।’ यद्यपि उनले लुम्बिनी र सुदूरपश्चिम सरकारलाई दिएको समर्थन भने फिर्ता लिने बताएका छन्। उनले फेसबुकमै लेखेका छन्, ‘हामी छिट्टै लुम्बिनी र सुदुरपश्चिम सरकारबाट समर्थन फिर्ता लिन्छौं।’

रेशम चौधरीको दुई स्टाटसले धेरैलाई दोधारसमेत बनाएको छ। किनकि रेशम-रञ्जिताबीच पार्टी सञ्चालन र वर्तमान गठबन्धनमा सहभागी हुने नहुने विषयमै मत बाझिएको हो। रञ्जिता प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वकै सरकारलाई समर्थन गर्न चाहन्छिन्। रेशम चौधरीले भने गठबन्धन बाहिर बस्नुपर्ने बरु प्रदेशमा कांग्रेससँग मिलेर अगाडि बढ्ने बताउँदै आएका छन्। उनको स्टाटसले यसलाई प्रमाणित पनि गर्छ। जसरी पार्टी र सरकार चलाउन रेशम चौधरीले सहमति जनाएका छन्, त्यसरी नै लुम्बिनी र सुदूरपश्चिम सरकारबाट फिर्ता आउने रेशमको अडानमा रञ्जिता सहमत छिन्? आम सर्वसाधारणले यो प्रश्नसमेत गरिरहेका छन्।

यद्यपि रञ्जिताले शुक्रबार फेसबुकमा लेखेकी छन्, ‘मेरो परिवारप्रति चिन्ता र चासो गर्नुहुने सम्पूर्णप्रति हार्दिक आभार। परिवारमा कुनै समस्या छैन। समस्या छ त तपाईँहरूको दैध चरित्र अनि व्यवहारमा।’

कप्तान रोहितको शतकमा नेपालको रोमाञ्चक जित

कप्तान रोहितकुमार पौडेलको शतकीय पारीको मद्दतमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिज ‘ए’लाई ४ विकेटले पराजित गरेको हो।

जितका लागि २०५ रनको लक्ष्य पच्छाएको नेपाल दुई बल बाँकी छँदै ६ विकेट गुमाएर विजयी भएको हो। नेपालका लागि कप्तान पौडेलले सर्वाधिक एक सय १२ रनको योगदान दिए। उनले ५४ बलमा १० चौका र ६ छक्का प्रहार गरे । यसैगरी दिपेन्द्रसिंह ऐरीले २४, कुशल भुर्तेलले १६, कुशल मल्लले १६, गुल्सनकुमार झाले अविजित नौ तथा विवेक यादवले सात रन जोडे। बलिङतर्फ वेष्ट इन्डिजका ओबेद म्याककोय र म्याथ्यु फर्डले दुई दुई तथा किमो पलले एक विकेट लिए।

टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज‘ए’ले निर्धारित २० ओभर पाँच विकेट गुमाउदै दुई सय चार रन बनाएको थियो। वेस्ट इन्डिज ‘ए’का लागि कप्तान रोस्टन चेशले सर्वाधिक ७४ रनको योगदान दिए। उनले ४६ बलमा नौ चौका र दुई छक्का प्रहार गरे। यसैगरी एलिक एथानाजेले २५ बल खेल्दै ४७ रन जोडे। उनले यस क्रममा पाँच चौका र तीन छक्का हाने। त्यस्तै केसी कार्टीले ३८ तथा कदीम एलियनले १५ रन बनाए।

बलिङतर्फ नेपालका अभिनाश बोहोरा, कमलसिंह ऐरी, दीपेन्द्रसिह ऐरी र कप्तान रोहितकुमार पौडेलले एक एक विकेट लिए। नेपालले वेष्ट इन्डिज ‘ए’विरुद्ध आइतबार दोस्रो खेल खेल्नेछ।

रेशम चौधरीको मुद्दामा सर्वोच्चले दियो यस्तो आदेश

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर मुद्दामा मिसिल झिकाउन सर्वोच्चले आदेश दिएको छ।

रेशमले दायर गरेको मुद्दामाथि शुक्रबार सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशहरू बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो।

सुनुवाइका लागि वैशाख १८ गतेलाई अर्को पेसी तारेख पनि तोकिएको छ। टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेपछि रेशम अदालत गएका थिए।

लुम्बिनीमा धर्मबहादुर चौधरीलाई पुनः भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी

लुम्बिनीका ७ जना विना विभागीय मन्त्रीले जिम्मेवारी पाएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार शहरी विकास तथा खानेपानी मन्त्रालयमा भूमिश्वर ढकाल,आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रालयमा दिनेश पन्थी, वन तथा वातावरण मन्त्रालयमा अर्जुन केसी र सामाजिक विकास मन्त्रालयमा रत्नबहादुर खत्रीलाई जिम्मेवारी दिइएको छ। चारैजना मन्त्री नेकपा एमालेबाट मन्त्री बनेका हुन्।

त्यस्तै भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्रालयमा धर्मबहादुर चौधरी, पर्यटन उद्योग तथा सहकारी मन्त्रालयमा खड्ग बस्नेत र महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी भगवती अधिकारीलाई दिइएको छ।

चौधरी नागरिक उन्मुक्तिपार्टी, बस्नेत स्वतन्त्र र अधिकारी एकीकृत समाजवादी पार्टीकी हुन् । यसअघि एमालेबाट चेतनारायण आचार्यले अर्थ मन्त्रालय, माओवादीका दीपेन्द्र पुनले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाइसकेका थिए।

तिब्बती युवाहरूलाई सैन्य सेवा अनिवार्य, तिब्बती संस्कृतिलाई कमजोर बनाउने रणनीति

चिनियाँ सेना, पिपुल्स लिबरेसन आर्मी (PLA) ले तिब्बतका युवाहरूका लागि अनिवार्य सैन्य सेवा सुरु गरेको छ। कारण दुई गुणा हुन सक्छ। पहिलो, तिनीहरूले युवाहरूलाई तिनीहरूको परम्परागत जीवन शैलीबाट अलग गरेर तिब्बती संस्कृतिलाई कमजोर बनाउने लक्ष्य राख्छन्। यसले तिब्बतीहरूलाई प्रमुख हान चिनियाँ संस्कृति (सिनिकाइजेशन) मा आत्मसात गर्ने चीनको लक्ष्यलाई अगाडि बढाउँछ। दोस्रो, PLA ले यी तिब्बती भर्तीहरूलाई भारतसँगको उच्च उचाइको सीमा क्षेत्रमा तैनाथ गर्ने आशा राखेको छ। यहाँ, नियमित चिनियाँ सैनिकहरू प्रायः उचाइको रोगसँग संघर्ष गर्छन्, जबकि तिब्बतीहरू, कठोर परिस्थितिहरूमा अभ्यस्त छन्, त्यस्ता तैनातीहरूको लागि उपयुक्त हुनेछ।

तिब्बतमा चिनियाँ सरकारले पिपुल्स लिबरेशन आर्मी (पीएलए) को निर्णय पछि, अब सबै विद्यार्थीहरूलाई 8 औं कक्षाबाट सुरु हुने सैन्य प्रशिक्षणमा भाग लिन आवश्यक छ, जुन लगभग 13 वर्ष पुरानो हो। मिडिया रिपोर्टहरूका अनुसार यो नयाँ नियम अनिवार्य हुनेछ र पालना गर्न अस्वीकार गर्नु भनेको छात्रवृत्ति, उच्च शिक्षाको अवसर र अन्य अनिर्दिष्ट लाभहरूमा पहुँच गुमाउनु हो। यस कार्यक्रमको उल्लेख गरिएको उद्देश्य, युवाहरूको लागि सैन्य विकास पाठ्यक्रम भनिन्छ, युवा तिब्बती पुरुषहरूलाई सैन्य सीपहरू तालिम दिनु हो। त्यसपछि यी विद्यार्थीहरूलाई चीन र भारतबीचको विवादित सीमा रेखा अफ एक्चुअल कन्ट्रोल (LAC) मा तैनाथ गर्न सकिने सम्भावना छ।

चिनियाँ सरकारले तिब्बतीहरूलाई जनमुक्ति सेना (पीएलए) मा सक्रिय रूपमा भर्ती गरिरहेको छ। गत डिसेम्बरमा, खम्बा काउन्टीको पीएलए भर्ती कार्यालयले घोषणा गर्‍यो कि तिब्बतीहरूले सेनामा आशाजनक क्यारियर बनाउन सक्छन्। भर्तीलाई प्रोत्साहित गर्न, तिनीहरूले तिब्बती भर्तीहरूको लागि माथिल्लो उमेर सीमा 24 बाट 26 वर्षमा बढाए। थप रूपमा, केही तिब्बती काउन्टीहरूमा पीएलए भर्ती केन्द्रहरूले युवा पुरुषहरूको डेटा सङ्कलन गरिरहेका छन्, जसले सुझाव दिन्छ कि चिनियाँ सरकारले सम्भावित तिब्बती आवेदकहरूको संख्यामा चासो राखेको छ।

चीनको जनमुक्ति सेना (पीएलए) ले दुईवटा मुख्य कारणले तिब्बतीहरूलाई भर्ती गर्छ। पहिलो, अनिवार्य सैन्य सेवाले PLA लाई तिब्बतीहरूलाई “चिनियाँ मूल्यहरू” सिकाएर चीनसँग एकीकरण प्रवर्द्धन गर्न अनुमति दिन्छ। यो किनभने धेरै तिब्बतीहरूले दशकौं चिनियाँ शासनको बावजुद आफ्नो परम्परालाई कायम राखेका छन्। दोस्रो, पीएलए उच्च उचाइमा राम्रो प्रदर्शन गर्न सक्ने सिपाहीहरू चाहन्छ। भारतसँग लद्दाख संघर्षको क्रममा, चीनको पूर्वी मैदानबाट धेरै पीएलए सैनिकहरू उचाइमा बिरामी परेका थिए। तिब्बती सैनिकहरू, उच्च उचाइको वातावरणमा अभ्यस्त, महत्त्वपूर्ण फाइदा हुनेछ। यसले पूर्वी चीनबाट चुनौतीपूर्ण जलवायु क्षेत्रमा सैनिक तैनाथ गर्ने आवश्यकतालाई पनि कम गर्नेछ।

केही ऐतिहासिक सन्दर्भ यहाँ उपयोगी हुन सक्छ। सन् १९५० मा चाम्दोको युद्धमा तिब्बती सेनाको पराजय भयो र खाम प्रान्तका गभर्नर नगाबो नगावाङ जिग्मेले चिनियाँ जनमुक्ति सेना (पीएलए) समक्ष आत्मसमर्पण गरे। यो सैन्य धक्काले तिब्बतको स्थिति कमजोर बनायो र माओ त्सेतुङलाई दलाई लामाको सरकारलाई वार्तामा दबाब दिन बाटो खोल्यो। यी वार्ताहरूले बेइजिङमा नगाबोले हस्ताक्षर गरेको १७-बुँदे सम्झौतामा परिणत भएको थियो। महत्त्वपूर्ण कुरा, Ngabo त्यतिबेला युद्धबन्दी थियो, र सम्झौताले चीनको पक्षमा धेरै समर्थन गर्‍यो, PLA लाई यसको सत्रह लेखहरू मध्ये पाँचमा प्रमुख रूपमा उल्लेख गरिएको थियो।

सम्झौताको धारा ५ मा तिब्बती सेनालाई बिस्तारै चीनको राष्ट्रिय सेना पिपुल्स लिबरेशन आर्मी (पीएलए) मा समाहित गरिने उल्लेख छ। यद्यपि, यस धाराको बावजुद, तिब्बती सेना सम्भवतः पीएलएको भाग बन्न सकेन। यो सम्भवतः “हान चाउभिनिज्म” भनेर चिनिने मनोवृत्तिको कारण थियो, जसले हान चिनियाँ जातिको श्रेष्ठतामा विश्वासलाई जनाउँछ। यो पूर्वाग्रहले तनाव सिर्जना गरेको हुन सक्छ र तिब्बती सेनाको पूर्ण एकीकरणलाई रोकेको हुन सक्छ।

1980 को एक अवर्गीकृत CIA रिपोर्टले किन पिपुल्स लिबरेसन आर्मी (PLA) ले तिब्बतीहरूलाई पहिले भर्ती गरेन भनेर प्रकाश पार्छ। तिब्बती अनुसन्धानकर्ता टाशी चुटरले लेखेको “तिब्बतमा चिनियाँ व्यावसायिक सेनाको तैनातीसम्बन्धी गोप्य अध्ययन” शीर्षकको प्रतिवेदनले सन् १९८० अघि तिब्बती भर्तीहरू छनौट गर्ने मुख्य कारक सामाजिक वर्ग रहेको खुलासा गरेको छ। धनी परिवारका छोराहरू, पूर्व कुलीनहरू, किसानहरू। र चिनियाँ विरोधी विद्रोहमा संलग्न भएका आफन्तहरूलाई पूर्ण रूपमा बहिष्कृत गरियो। असहमति र राम्रो स्वास्थ्यको इतिहास नभएका गरिब परिवारका युवाहरू मात्र पीएलएमा सामेल हुन योग्य थिए।

देङ सियाओपिङको “खुल्ला ढोका नीति” ले चिनियाँ सेनामा तिब्बती भर्तीमा महत्वपूर्ण परिवर्तन ल्याएको छटरले बताए। पहिले, सामाजिक वर्गले कसलाई भर्ती गर्न सकिन्छ भनेर निर्धारण गर्यो। अब, सबैलाई समान रूपमा लिइयो। शिक्षा उच्च प्राथमिकता थियो, कम्तिमा एक प्राथमिक विद्यालय शिक्षा आवश्यक छ। थप रूपमा, तिब्बती भर्तीहरू र चिनियाँ प्रशिक्षकहरू बीच विगतमा समस्या उत्पन्न गर्ने भाषा अवरोध केही हदसम्म कम भयो।

चीनमा, सेनाले तिब्बती युवाहरूलाई जाडो महिनाहरूमा पीएलएमा भर्ती गर्छ जब खेतीपातीको काम सुस्त हुन्छ। सामेल हुन, भर्तीहरू 18 वा माथिको हुनुपर्छ, कम्तिमा 150 सेन्टिमिटर अग्लो, र कम्तिमा 42.5 केजी तौल हुनुपर्छ। उनीहरुको पूर्ण स्वास्थ्य परीक्षण पनि हुन्छ । परम्परागत रूपमा, भर्ती स्थानीय सैन्य कार्यालयहरूमा पुरानो सेवानिवृत्त अधिकारीहरूको नेतृत्वमा भयो। यी कार्यालयहरूले वर्षमा करिब २५० देखि ३०० जना मानिसलाई ड्राफ्ट गर्ने गर्दथे। यद्यपि, भर्खरै, भर्तीहरूको संख्या घट्दै गएको छ किनभने युवा तिब्बतीहरू पीएलएमा सामेल हुन कम चासो राख्छन् किनभने तिनीहरूको सेवा पछि कथित भविष्यका अवसरहरू छैनन्।

२०२१ मा, चीनको सेनाले नयाँ मिलिशिया इकाइहरू निर्माण गरिरहेको सुझाव दिने समाचारहरू देखा पर्‍यो। यी मिलिसियाहरूले तिब्बत स्वायत्त क्षेत्रमा अवस्थित रणनीतिक रूपमा महत्त्वपूर्ण चुम्बी उपत्यकामा युवा तिब्बती पुरुषहरूलाई भर्ती गरे। यो कदमलाई चीनले सेनामा तिब्बती भर्ती बढाउने प्रयासको एक हिस्साको रूपमा हेरिएको थियो, विशेष गरी वास्तविक नियन्त्रण रेखा (एलएसी) मा भारतसँग जारी सीमा तनावको समयमा। स्थितिसँग परिचित स्रोतहरूले, जो गुमनाम रहन चाहन्थे, गुप्तचरमा रिपोर्ट गरे कि कम्तिमा 100 तिब्बती युवाहरू प्रत्येकलाई भर्ती गरिएको थियो। एउटा ब्याचले जनमुक्ति सेना (पीएलए) सँग तालिम पूरा गरी यादोङ, चिमा, रिनचेङगाङ, पीबी थाङ र फरीलगायत चुम्बी उपत्यकाका विभिन्न स्थानमा तैनाथ गरिएको थियो। स्रोतहरूले खुफिया रिपोर्टहरू र अवरोधित सञ्चारहरूलाई उद्धृत गर्दै थप भनेका छन् कि दोस्रो ब्याच फरीको पीएलए सुविधामा प्रशिक्षण लिइरहेको थियो। चाखलाग्दो कुरा के छ भने, ती मिलिशियाहरू कथित रूपमा त्यस समयमा वर्दी वा रैंक बिना सञ्चालन थिए।

रेडियो फ्री एशियाले अन्तर्वार्ता लिएका स्रोतहरूका अनुसार, त्यतिबेला तिब्बती स्कूलका बालबालिकाहरूले उनीहरूको गर्मीको विश्राममा अनिवार्य सैन्य प्रशिक्षणको सामना गर्नुपरेको थियो। चिनियाँ अधिकारीहरूको यो कदम तिब्बती संस्कृतिसँग बालबालिकाको सम्बन्धलाई कमजोर बनाउने प्रयास थियो। एकै समयमा, यसले चिनियाँ कम्युनिष्ट पार्टीको विचारधारालाई युवाहरूमा अझ गहिरो रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ।

यो विशेष भर्ती अभियानले ल्हासा क्षेत्रका प्रत्येक घरपरिवारलाई मिलिसिया इकाइहरूको कोटासहित लक्षित गरेको देखिन्छ। मिडिया रिपोर्टहरूले “स्नो वुल्फ” र “स्नो फक्स” जस्ता नामहरूका साथ नयाँ तिब्बती एकाइहरू उल्लेख गरेका छन् र ती मध्ये केही भर्तीहरू पहिले नै भारतको सिमानामा तैनाथ गरिएको छ। तालिममा तिब्बती भिक्षुहरूबाट आशीर्वाद समावेश छ, र चाखलाग्दो कुरा के छ भने, PLA मिश्रित तिब्बती र हान सम्पदाका युवाहरूमा ध्यान केन्द्रित गरिरहेको देखिन्छ।

चीन सरकारले तिब्बती बुद्ध धर्ममाथि आफ्नो पकड बलियो बनाएको छ । परम्परागत तिब्बती शिक्षाको केन्द्रबिन्दु रहेका गुम्बाहरूलाई अब यो पढाउन निषेध गरिएको छ। यो तिब्बतीहरूलाई आत्मसात गर्न सी जिनपिङको नेतृत्वमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको ठूलो योजनाको हिस्सा हो। तिनीहरूले धार्मिक अभ्यास र सांस्कृतिक अभिव्यक्तिलाई दबाएर तिब्बती संस्कृति र परम्पराहरू, तिनीहरूको अद्वितीय भाषा सहित, मेटाउने लक्ष्य राख्छन्। यो नयाँ होइन। युवा तिब्बतीहरूको लागि विवादास्पद सैन्य प्रशिक्षण कार्यक्रम अर्को उदाहरण हो। सानैदेखि बालबालिकालाई चिनियाँ भाषा, मूल्यमान्यता र राष्ट्रवाद सिकाएर, सीसीपीले आफ्नो राजनीतिक एजेन्डा पूरा गर्न तिब्बतको भविष्यलाई ढाल्ने आशा राखेको छ। अन्ततः, यी नीतिहरूले तिब्बती सांस्कृतिक पहिचानलाई कमजोर बनाउने र चिनियाँ शासनको प्रतिरोधलाई अझ कठिन बनाउने लक्ष्य राखेका छन्।

तिब्बतमाथि नियन्त्रण कडा पार्न र यस क्षेत्रको पीएलएको बुझाइमा सुधार गर्न यो कदम हो भनी मानिसहरू विश्वास गर्छन्। भर्ती गरिएका तिब्बतीहरूलाई प्रचार उद्देश्यका लागि प्रयोग गर्न सकिन्छ, तिब्बतको बारेमा चिनियाँ सरकारको कथालाई बढावा दिन र सीमा क्षेत्रमा काम गर्न। केही तिब्बतीहरू पहिले नै सेनामा सेवा गरिरहेका छन्, तर चिनियाँ सरकारबाट लामो अविश्वासका कारण उनीहरू उच्च पदमा पुग्न असम्भव छन्। आउँदो वर्षले तिब्बतीहरूलाई सेनामा सामेल हुन अझ बढी दबाब देख्न सक्छ, भारतसँगको भावी अन्तरक्रियाको सम्भावित परिणामहरू।

निष्कर्षमा, चीनले तिब्बती युवाहरूलाई अनिवार्य रूपमा भर्ती गर्दा तिब्बती संस्कृति र स्वायत्ततालाई नष्ट गर्दै सैन्य उद्देश्यका लागि उनीहरूलाई शोषण गर्दछ। यो जबरजस्ती उपाय, सांस्कृतिक दमन युक्ति र भेदभावपूर्ण अभ्यासहरूसँगै मानव अधिकारको गम्भीर उल्लङ्घन हो। अन्तर्राष्ट्रिय समुदायले चीनको दमनकारी कार्यको घोर निन्दा गर्नुपर्छ र तिब्बती पहिचान र स्वतन्त्रताको संरक्षणको वकालत गर्नुपर्छ। चीनको विनाशकारी एजेन्डाको प्रतिरोध गर्न र तिब्बती समुदायको अधिकारलाई कायम राख्न एकता र वकालत गर्ने प्रयासहरू महत्त्वपूर्ण छन्।