नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघको क्यालेन्डर र वार्षिक कार्ययोजना सार्वजनिक

नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघले २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ। काठमाडौंमा आयोजित कार्यक्रममा थारू आयोगका अध्यक्ष बिष्णुप्रसाद चौधरीलगायत सहभागी अतिथिले क्यालेन्डर विमोचन गरेका हुन्।

कार्यक्रममा स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक कानुनलाल चौधरी, नेपाल आदिवासी जानजाति महासंघका उपमहासचिव रामकृष्ण ब्लोन तामाङ, महासंघकै पूर्व केन्द्रीय अध्यक्ष एवं सल्लाहकार विजय सिंह लोप्चन, नेपाल आदिवासी जनजाति कर्मचारी मञ्चका उपाध्यक्ष एवं थाबिस केन्द्रीय सदस्य आशिष चौधरीलगायत सहभागी थिए।

त्यस्तै महासंघका अध्यक्ष चन्द्रप्रसाद चौधरीले क्यालेन्डरसँगै आगामी वर्षको वार्षिक कार्ययोजना पनि सार्वजनिक गरेका थिए। अध्यक्ष चौधरीका अनुसार कार्यक्रममा अतिथिहरूले नयाँ वर्षको शुभकामना आदान प्रदानसमेत गरेका थिए।

अध्यक्ष चौधरीले प्रस्तुत गरेको वार्षिक कार्ययोजना यस्तो छ:
– २०८१ वैशाख ५ गते नयाँ वर्षको शुभकामना आदन प्रदान एवं क्यालेन्डर विमोचन कार्यक्रम
– २०८१ जेष्ठ, असार र साउन ३ महिनामा संगठन विस्तार नभएका काठमाडौं उपत्यका भित्रका क्याम्पसहरु लगायत अन्य जिल्लाहरुमा संगठन विस्तार गर्ने ।
– २०८१ भदौ १ गते संघीय परिषद् बैठक बस्ने ।
– २०८१ कार्तिक २४ गते जातीय विद्यार्थी संघ संस्थाहरुसंग समसामयिक विषयहरुमा छलफल तथा अन्तरक्रिया
कार्यक्रम गर्ने ।
– २०८१ मंसिर १४ गते जिल्ला-जिल्लामा विद्यार्थीहरु बीच छलफल सम्वाद् अन्तरक्रिया कार्यक्रम गर्ने
– २०८१ मंसिर ७ र ८ गते राष्ट्रिय समन्वय समितिको पूर्ण बैठक बस्ने ।
– २०८१ पौष १३ गते सचिवालय बैठक बस्ने ।
– २०८१ माघ १४, १५ र १६ गते तीन दिन २५ औं स्थापना दिवस कार्यक्रम गर्ने ।
– २०८१ माघ २६ गते समिक्षा बैठक बस्ने ।
– २०८१ फाल्गुन १० गते महासंघ सम्वद्ध सम्पूर्ण संघ संस्थाहरुसंग छलफल, सम्वाद् कार्यक्रम गर्ने ।
– २०८१ फाल्गुन र चैत्र संगठन विस्तार भएका सम्पूर्ण जिल्लाहरुमा अधिवेशन गर्ने
– २०८१ चैत्र ३० गते राष्ट्रिय समन्वय समितिको पूर्ण बैठक बस्ने ।

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप

चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप लागेको छ। फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आएका थिए।

चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यानसँग ५ करोड ३० लाख अमेरिकी डलर भन्दा बढीको गैरकानुनी सम्पत्ति रहेको दाबी गरेको छ। उनी सन् १९९३ देखि सन् २०२२ को बीचमा गैरकानुनी गतिविधिमा संलग्न थिए।

बिहीबार मध्य प्रान्त हुबेईमा घुसखोरी मामिलमा प्रारम्भिक सार्वजनिक सुनुवाइपछि अदालत स्थगित गरिएको र फैसलाको घोषणा पछि गरिने सिसिटिभीले बताएको छ।

केपी ओलीभन्दा चतुर माधव नेपाल, सोडारीलाई मुख्यमन्त्री बनाउन भए सफल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आफू नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीभन्दा कयौं गुणा चतुर भएको प्रमाणित गरेका छन्। सुदूरपश्चिम प्रदेशको आफ्ना नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा बनाएर उनले आफू कोहीभन्दा कम नभएको ओलीलाई सन्देश दिएका छन्।

नागरिक उन्मुक्ति पार्टीभित्रको विवादका कारण सत्ता गठबन्धनले सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गरेको थियो। तर, एमाले अध्यक्ष केपी शर्मा ओलीले त्यस सहमतिलाई लत्याएर नागरिक उन्मुक्तिका कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन निर्देशन दिए।

गत वैशाख २ गते कैलाशले मुख्यमन्त्रीमा दाबी पेस गर्नुअघि नै नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा नागरिक उन्मुक्तिकै लक्ष्मण किशोर चौधरीले मुख्यमन्त्रीमा दाबी पेस गरे। बहुमत संख्या पुर्‍याएका लक्ष्मणसँगै केही बेरमै कैलाशले पनि मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले दुई दिन ‘होल्ड’ गरेको उक्त दाबी दोस्रो दिनमा दीर्घ सोडारीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लिएका थिए। प्रधानमन्त्री पुष्पकमल दाहाले माधव नेपाललाई सहमति पालना गर्ने आश्वासन दिएपछि सोडारीले लक्ष्मण किशोरलाई दिएको समर्थन फिर्ता लिएका थिए।

यता एमाले अध्यक्ष ओलीले कुनै हालतमा सोडारीलाई मुख्यमन्त्री बन्न नदिने अडानमा थिए। उनले सोडारी विवादित छबिको रहेको भन्दै एकीकृत समाजावादीबाट अर्को पात्रलाई मात्रै मुख्यमन्त्रीमा समर्थन गर्न सकिने अर्को अडान तेर्साएका थिए।

ओलीको नियतबाट वाक्क भएका माधव नेपाल त्यही रात प्रमुख प्रतिपक्षी दल कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए। उनले देउवालाई सुदूरपश्चिममा समर्थन गर्न मनाएका थिए। एमालेले समर्थन नगरे दीर्घ सोडारीलाई कांग्रेसले समर्थन गर्ने वक्तव्य नै सार्वजनिक भयो।

देउवा र नेपालको भेटले प्रधानमन्त्री दाहाल र ओली सशंकित बनेका थिए। गठबन्धन नै भत्किने त्रासले झापाबाट काठमाडौं आएका ओली सिधै सिंहदरवारमा प्रधानमन्त्री दाहाललाई भेटेका थिए। गठबन्धन तलमाथि हुने त्रासले नै होला ओलीले सोडारीलाई समर्थन गर्न सुदूरशपश्चिम एमालेलाई निर्देशन दिएका थिए।

अन्ततः ओलीले आफूलाई जति चलाख माने पनि सुदूरपश्चिमको मामिलामा ओलीभन्दा चतुर माधव नेपाल देखिएका छन्। गठबन्धनमा आफूलाई हेपिएको ठानिएका माधव नेपालले भोलिका दिनमा कांग्रेससँग वैकल्पिक गठबन्धन नबनाउँला भन्न सकिँदैन। त्यसो त माधव नेपालको कदमले सिंहदरवार पनि थर्कमान भएको छ। हिजो प्रधानमन्त्री दाहाल र ओलीको भेट पनि यिनै विषयवस्तुमा केन्द्रित रह्यो। जसरी हुन्छ गठबन्धनलाई जोगाउने दुई नेता सहमत भएको स्रोतको दाबी छ।

सुदूरपश्चिममा कैलाश चौधरी बने भौतिक पूर्वाधार विकास मन्त्री

सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरी नियुक्त भएका छन्। मुख्यमन्त्री दीर्घ सोडारीले चौधरीलाई भौतिक मन्त्रीमा नियुक्त गरेका हुन्। उनलाई प्रदेश प्रमुख नजिर मियाँले शपथ ग्रहण पनि गराएका छन्।

को हुन् कैलाश चौधरी ?

कैलालीको भजनी नगरपालिका ६ महादिउलीका ३८ वर्षीय सांसद कैलाश चौधरी कैलाली निर्वाचन क्षेत्र नं. १ (क)बाट निर्वाचित भएका हुन् । उनी प्रदेश सभा निर्वाचनमा आफ्नो निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका दीर्घराज विनाडीलाई पराजित गर्दै निर्वाचित भएका हुन् । चौधरीले १५ हजार १०१ भोट ल्याउँदा विनाडी १० हजार ३०० मतमा सीमित भए ।

स्नातक तहसम्मको औपचारिक शिक्षा पूरा गरेका चौधरीसँग ८ वर्ष शिक्षण पेसामा रहेको अनुभव छ । उनी कालिकोट जिल्लाको साविक नानीकोट गाविसस्थित पंगेली मावि नुवाघरमा मावि शिक्षक भइ २०६४ देखि शिक्षण पेसामा आवद्ध रहे ।

तर शिक्षा क्षेत्रमा व्याप्त राजनीतिकरणका कारण शिक्षकबाट राजीनामा दिएको उनी बताउँछन् । उनी २०७२ देखि सक्रिय राजनीतिमा आएका हुन् । पहिचानको आन्दोलनबाट उनले राजनीतिक यात्रा सुरु गरेका हुन् ।

०७४ को निर्वाचनमा रेशमको सम्पर्कमा आएका कैलाश रेशमलाल चौधरीको सहयोगी भइ त्यसताका राजपाबाट रेशमलाललाई जिताउनमा लागिपरेका थिए । त्यहीबेला उनीसँग रेशम निकै प्रभावित भए ।

२०७४ को प्रदेश सभा निर्वाचनमा कैलाली १ (क)बाट कृष्णबहादुर चौधरी निर्वाचित भए । रेशमको प्रिय पात्र बनेका कैलाश उनै कृष्णबहारको स्वकीय भइ केही समय काम गरे । तर उनलाई कृष्णबहादुरले केही समयमै हटाएर आफन्तलाई स्वकीयको जिम्मेवारी दिए ।

त्यसपछि केही समय गैरसरकारी संस्थामा जागिरको खोजीमा समेत लागे उनी । तर एक जना आफन्तले राजनीतिमा तिम्रो क्रेज छ भनी सुझाएपछि उनी पुनः राजनीतितर्फ केन्द्रित भए । २०७९ को निर्वाचनमा उनले जित हासिल गरे ।

  • लखन चौधरीबाट साभार

नागरिक उन्मुक्तिका नेता धर्मबहादुर चौधरी दोस्रोपटक बने मन्त्री

नागरिक उन्मुक्ति पार्टीका नेता धर्मबहादुर चौधरी दोस्रोपटक मन्त्री बनेका छन्। लुम्बिनी प्रदेशसभा सदस्य चौधरी दोस्रोपटक मन्त्री बनेका हुन्। यसअघि भौतिक पूर्वाधार मन्त्री रहेका उनलाई मुख्यमन्त्री जोखबहादुर महराले विना विभागीय मन्त्रीको सपथ खुवाएका हुन्।

अब प्रदेशमा मुख्यमन्त्रीसहित ११ सदस्यीय मन्त्रिमण्डल बनेको छ। जसमा चेतनारायण आचार्यलाई अर्थमन्त्री, दिपेन्द्र पुनलाई स्वास्थ्य, भण्डारीलाल अहिरलाई कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

दिनेश पन्थी, खड्ग बस्नेत, चौधरी, अर्जुनकुमार केसी, भुमिश्वर ढकाल, रत्न क्षेत्री र भगवती अधिकारीलाई बिना विभागीय मन्त्रीको जिम्मेवारी दिइएको छ ।

अन्ततः सुदूरपश्चिमको मुख्यमन्त्री बने सोडारी, नागरिक उन्मुक्तिका दुईको समर्थन, ५ जनाको आपत्ति

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नियुक्त भएका छन्। बिहीबार निकै विवादका बीच मुख्यमन्त्रीमा दाबी पेस गरेका सोडारीलाई प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।
सोडारीलाई नेकपा एमाले, माओवादी केन्द, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता पक्ष), समाजवादी र स्वतन्त्र सांसदको समर्थन गरेका छन्।

नागरिक उन्मुक्त पार्टीको आपत्ति
यसैबीच नागरिक उन्मुक्ति पार्टीका पाँचजना सांसदहरूले एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा समर्थन नरहेको बताएका छन्। उनीहरूले प्रदेश प्रमुखलाई पत्र बुझाउँदै समर्थन गरेका दुई सांसदबारे आपत्तिसमेत जनाएका छन्। कैलाश चौधरी र टिका थापाले हस्ताक्षर गरेर समर्थन गरेको भन्ने कुरा गैरसंवैधानिक, गैरकानुनी र संसदीय मान्यता विपरीत भएको उनीहरूले प्रस्ट पारेका छन्।

उनीहरूले घनश्याम चौधरी दलको नेता रहेको पत्र प्रदेश प्रमुखलाई बुझाएका छन्। जसमा लक्ष्मणकिशोर चौधरी, घनश्याम चौधरी, इन्दिरा गिरी, रामेश्वर चौधरी, खुसीराम चौधरीले हस्ताक्षर गरेका छन्। उनीहरू पाँचैजना संरक्षक रेशम चौधरीनिकट हुन्।

नयाँ वर्षको अवसरमा थाकस युएईको वनभोज कार्यक्रम, थारूहरूबीच भयो शुभकामना आदानप्रदान

नेपाली नयाँ वर्षको अवसरमा थारू कल्याणकारिणी सभा युईएले वनभोज कार्यक्रम आयोजना गरेको छ। युएईको अलकुद्रा पार्कमा आयोजना गरिएको वनभोज कार्यक्रममा नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान समेत गरिएको थाकस युएईका सभापति भागरथी कुमार भगतले जानकारी दिए।

सोमबार आयोजित वनभोज कार्यक्रममा युएईमा बस्ने थारू समुदायहरूको बाक्लो उपस्थिति रहेको थियो। विहान ११ बजेदेखि सञ्चालन भएको वनभोज कार्यक्रममा सयौं प्रवासी थारूहरू उपस्थित भई रमाइलो गरेको कार्यक्रम संयोजक जितेन्द्र कुमार महतोले बताए। कार्यक्रममा थाकस युएईका पदाधिकारीसहित कामका सिलसिलामा युएईमा आएका थारूहरूको उपस्थिति रहेको उनले बताए।

सभापति भगतले नेपाली नयाँ वर्षको अवसरमा वनभोज कार्यक्रम आयोजना गरी युएईमा रहेका थारू समुदायबीच भातृत्व सम्बन्ध कायम गर्न खोजिएको बताए। ‘विभिन्न कामको सिलसिलामा हामी यहाँ आएका छौं। विभिन्न चाडवाड र विशेष दिनमा कार्यक्रम गर्न पाउँदा थारूहरू खुसी हुन्छौं। हामी सबैबीच भातृत्वको भावना पनि स्थापित हुन्छ,’ उनले थारुवानसँग भने।

थाकस युएईले प्रवासमा रहेर पनि थारू कला, संस्कृति र भाषाको संरक्षण गर्दै आएको छ। थाकस युएईले माघी, जितियाजस्ता पर्वमा कार्यक्रमम पनि गर्दै आएको छ। थारू समुदायका कलाकार र तथा विशेष व्यक्तिहरूलाई युएईमा बोलाएर सम्मानसमेत गर्दै आएको छ।

साउदीलाई हराउँदै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

नेपालले साउदी अरेबियालाई हराउँदै एसीसी प्रिमियर कपमा अपराजित यात्रा कायम राखेको छ। ओमानमा बुधबार भएको खेलमा नेपालले साउदीलाई ६ विकेटले पराजित गरेको हो। यससँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ।

वर्षाका कारण पिच प्रभावित भएपछि ८ ओभरमा झारिएको खेलमा साउदीले नेपाललाई ७४ रनको विजय लक्ष्य प्रस्तुत गरेको थियो। नेपालले ७.२ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो।

नेपालका लागि गुल्शन झाले सर्वाधिक अविजित ३२ रन बनाए। उनले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे। त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए। ७ बलमा उनले १ चौका र १ छक्कासहित १६ रन बनाए। त्यस्तै दीपेन्द्र सिंह ऐरीले १७ रन बनाए। ९ बल खेलेका ऐरीले ३ चौका प्रहार गरेका थिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको साउदीले निर्धारित ८ ओभरको खेलमा ७ विकेट गुमाएर ७३ रन बनाएको थियो। साउदीका लागि अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। अन्य खेलाडीले दोहोरो अंकको रन जोड्न सकेनन्। नेपालका लागि करण केसी र अविनाश बोहोराले २-२ र ललित राजबंशी र प्रतिश जिसीले १-१ विकेट लिए।

वर्षाका कारण पिच प्रभावित भएपछि खेल ८ ओभरमा झारिएको थियो।

श्रीमान श्रीमतीको झगडाबीच मुख्यमन्त्रीमा लक्ष्मण किशोर र कैलाश चौधरीको दाबी अस्वीकृत

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा पेस भएका दुवै दाबी अस्वीकृत भएको छ। प्रदेश प्रमुख नजिर मियाँले नागरिक उन्मुक्ति पार्टीका सांसद लक्ष्मण किशोर चौधरी र कैलाश चौधरीको दाबी अस्वीकृत गरेका हुन्। दुवैको दाबीमा निष्कर्षमा पुग्न नसकिएको प्रदेश प्रमुखको भनाइ छ।

सरकार निर्माणमा नागरिक उन्मुक्ति पार्टीभित्र तीव्र विवाद रहेको छ। लक्ष्मण रेशम चौधरीका पक्षका हुन् भने कैलाश रञ्जिता श्रेष्ठ पक्षका हुन्।  श्रीमान श्रीमतीबीचको विवादले अन्ततः नागरिक उन्मुक्तिलाई फाइदा भन्दा बेफाइदा भएको देखिन्छ।

यसैबीच प्रदेश प्रमुख मियाँले दुई दुई भन्दा बढी दलहरूको समर्थनमा सरकार बनाउन थप दुई दिनको समय दिएका छन्। उनले वैशाख ६ गते बेलुका ५ बजेभित्र दाबी पेस गर्न आह्ववान गरेका छन्।

‘नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि मिति २०८१।०१।०२ गते बेलुका ५:०० बजे भित्र दाबी पेश गर्न आह्वान गर्नुभएकोमा नागरिक उन्मुक्ति पार्टीका दुई जना माननीय प्रदेश सभा सदस्य बाट दाबी पेश हुन आएको सन्दर्भमा दुबै दाबीको आधारमा निस्कर्षमा पुग्न नसकिएको हुदाँ माननीय प्रदेश प्रमुख नजिर मियाँज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि स्पष्ट दावी सहित मिति २०८१।०१।०६ गते बेलुका ५:०० बजे भित्र दावी पेश गर्न आह्वान गर्नु भएको छ,’ प्रवक्ता दीर्घराज भट्टले जारी गरेको पत्रमा उल्लेख छ।

भुटानका लागि खतरा बन्दै चिनियाँ विस्तारवाद

भुटानी सीमामा चीनको निरन्तर आक्रामकताले आफ्नो विस्तारवादी एजेन्डालाई लिएर चिन्ता बढाएको छ। ऐतिहासिक संशोधनवाद र अन्तर्राष्ट्रिय मापदण्डहरूको बेवास्तामा जडित चीनको कार्यले भुटानको सार्वभौमसत्ता र क्षेत्रीय स्थायित्वका लागि गम्भीर खतरा खडा गरेको छ।

बेइजिङको शान्तिपूर्ण इरादाको दावीको बाबजुद, यसको जबरजस्ती र क्षेत्रीय दृढताको ढाँचाले फरक तस्विर चित्रित गरेको छ, जसले अन्तर्राष्ट्रिय ध्यान र यस महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्न ठोस कदमको तत्काल आवश्यकतालाई हाइलाइट गर्दछ। सन् १९५० को दशकमा चीनले भुटानका तीन प्रमुख क्षेत्रहरू: पासमलुङ, जाकारलुङ र डोक्लाममाथि लगातार शंकास्पद दाबी गर्दै आएको छ। ऐतिहासिक संशोधनवाद र भूराजनीतिक महत्वाकांक्षाबाट प्रेरित यी दावीहरूलाई बेइजिङले भूटानको क्षेत्रीय अखण्डता र सार्वभौमसत्तालाई कमजोर पार्दै निरन्तर रूपमा पछ्याइरहेको छ।

भुटानी क्षेत्रहरूलाई “साम्राज्यीय भारत” द्वारा गलत रूपमा कब्जा गरेको रूपमा चित्रण गर्ने चीनको बयानबाजीले यसको विस्तारवादी महत्वाकांक्षाको बहानाको रूपमा काम गर्दछ। यो कथा, ठूलो मात्रामा घुसपैठ र सैन्य गस्ती जस्ता आक्रामक चालहरू सहित, आफ्नो क्षेत्रीय उद्देश्यहरू प्राप्त गर्नका लागि जबरजस्ती रणनीतिहरू प्रयोग गर्न चीनको इच्छुकतालाई जोड दिन्छ। भुटानले चीनसँग कूटनीतिक सम्बन्ध कायम राख्ने प्रयास गरे पनि बेइजिङले प्रत्यक्ष सीमा वार्तामा जोड दिँदा सम्बन्धमा तनाव उत्पन्न भएको छ। यथास्थितिमा एकपक्षीय परिवर्तनलाई रोक्नको लागि सन् १९९८ को शान्ति र शान्ति कायम राख्ने सन्धि चिनियाँ आक्रामकतालाई रोक्न प्रभावकारी साबित भएको छ। बरु, सीमामा बारम्बार उल्लङ्घन र अतिक्रमण भएका छन्, जसले क्षेत्रमा तनाव बढाएको छ।

2017 डोकलाम संकटले स्थापित सम्झौता र क्षेत्रीय स्थायित्वको लागि चीनको उपेक्षाको प्रतीक हो। यस संकटको समयमा, चीनले रणनीतिक सीमा क्षेत्रहरूमा आफ्नो नियन्त्रणमा जोड दिन खोज्यो, तनाव बढाउँदै र भारतसँगको गतिरोध उक्साउन। भारतको सुरक्षा चासोको कारणले थपिएको त्रि-जोड विवादले भुटानी क्षेत्रको भूराजनीतिक महत्व र भुटानको सार्वभौमसत्ताको रक्षा गर्न ठोस अन्तर्राष्ट्रिय कार्यको आवश्यकतालाई जोड दियो। चीनले हालैका भुटानी क्षेत्रहरू दावी गर्ने प्रयासहरू, जस्तै सक्तेङ वन्यजन्तु अभयारण्य, द्विपक्षीय सम्झौता र अन्तर्राष्ट्रिय कानूनको लागि स्पष्ट उपेक्षा प्रदर्शन गर्दछ। यी कार्यहरू, द्रुत पूर्वाधार विकास र सीमावर्ती क्षेत्रहरूको सैन्यकरणसँग मिलेर भुटानको सुरक्षा र सार्वभौमसत्तामा प्रत्यक्ष खतरा निम्त्याउँछ।

भर्खरैको एक प्रतिवेदनले भारतीय सीमा नजिकको पूर्वाधारले आफ्नो सैन्य क्षमता अभिवृद्धि गर्नको लागि एकजुट प्रयास गरेको खुलासा गरेको छ। विमानस्थल, हेलीपोर्ट र रणनीतिक सडकको निर्माणले चीनको सैन्य शक्ति प्रक्षेपण गर्ने र यस क्षेत्रमा प्रभुत्व कायम गर्ने उद्देश्यलाई जनाउँछ। उच्च उचाइको भूभागले खडा गरेको परिचालन चुनौतीहरूको बाबजुद चीनको पूर्वाधार विकासको निरन्तर प्रयासले क्षेत्रीय विस्तारको लागि आफ्नो प्रतिबद्धतालाई जोड दिन्छ। बढ्दो अतिक्रमण र त्यसपछिका वार्ताहरूद्वारा विशेषता भएको चीनको “सलामी स्लाइसिङ” रणनीतिले भुटानको सार्वभौमसत्ता र क्षेत्रीय स्थिरतालाई कमजोर पार्न प्रभावकारी साबित भएको छ। सीमामा बस्ती र सैन्य चौकीहरूको द्रुत निर्माणले बेइजिङको यथास्थितिलाई आफ्नो पक्षमा परिवर्तन गर्ने दृढ संकल्पलाई झल्काउँछ। भुटानको रणनीतिक महत्व, विशेष गरी भारतको सुरक्षा चासोको सम्बन्धमा, चीनको आक्रामक कार्यहरू र यस महत्वपूर्ण मुद्दालाई सम्बोधन गर्नको लागि ठोस कूटनीतिक प्रयासहरूको तत्काल आवश्यकताप्रति अन्तर्राष्ट्रिय ध्यानाकर्षण भएको छ।

सीमा विवाद समाधान गर्न कूटनीतिक प्रयासको असफलताले चीनको विस्तारवादी एजेन्डालाई सम्बोधन गर्ने अत्यावश्यकतालाई जोड दिन्छ। अन्तर्राष्ट्रिय समुदायले चीनको दबाबपूर्ण कार्यनीतिको निन्दा गर्नुपर्छ र भूटानलाई आफ्नो क्षेत्रीय अखण्डताको रक्षा गर्न सहयोग गर्नुपर्छ।

भर्खरै, भारतका लागि भुटानी राजदूत वी. नामग्यालले विवादित क्षेत्रहरूमा घुसपैठ र निर्माण गतिविधिहरू बन्द गर्न भुटानी अनुरोधहरूको लागि चीनले निरन्तर बेवास्ता गरेको सम्बन्धमा नयाँ दिल्लीमा चिनियाँ राजदूत मा जियालाई गहिरो चिन्ता व्यक्त गरे। अप्रिल ३ मा दिल्लीमा भएको बैठकमा यो चिन्ता व्यक्त गरिएको हो । नामग्यालले सन् २०२० पछि यस्ता गतिविधिमा डरलाग्दो वृद्धि भएको उल्लेख गर्दै विगत चार दशकमा ३८ वटा बैठक बसेर पनि भुटानले सम्पूर्ण विवादित क्षेत्र दाबी गर्ने चीनको जिद्दका कारण सिमाङ्कन गर्न नसकेको उल्लेख गरे । यो अवस्थालाई मध्यनजर गर्दै नामग्यालले विवादित क्षेत्रमा यथास्थिति उल्लङ्घन भएकोमा भुटानको चासोलाई सम्बोधन नगरी १४औँ विज्ञ समूहको बैठक (इजिएम) बोलाउनु व्यर्थमा जोड दिए ।

यसअघि भुटानले आमो छु नदीको पूर्वी किनारमा ‘ब्लु हट’ नामक अर्धस्थायी संरचना निर्माणको औपचारिक विरोध गरेको थियो । नयाँ दिल्लीस्थित चिनियाँ दूतावासमा दर्ता गरिएको यो विरोधले भुटानको विवादलाई रेखांकित गर्‍यो कि त्यस्ता कार्यहरूले जारी सीमा वार्तामा प्रगतिमा बाधा पुर्‍याउँछ र तनाव बढाउँछ। यसबाहेक, भुटानले विवादित पश्चिमी क्षेत्रका अन्य भागहरूमा निरन्तर चिनियाँ विस्तारको बारेमा चिन्ता व्यक्त गर्‍यो, जसले स्थितिलाई थप जटिल बनायो।

यी घटनाक्रमहरूले भुटानी सीमा समस्याको वरिपरि चलिरहेको चुनौती र तनावलाई हाइलाइट गर्दछ। भुटानको कूटनीतिक प्रयास र औपचारिक विरोधका बावजुद चीनको लगातारको घुसपैठ र निर्माण गतिविधिले भुटानको सार्वभौमसत्तालाई कमजोर बनाउँदै र लामो समयदेखिको सीमा विवाद समाधान गर्ने प्रयासमा बाधा पुर्‍याइरहेको छ। यी सरोकारहरूलाई सम्बोधन गर्न असफल हुनुले द्विपक्षीय सम्बन्धमा बाधा मात्र नभई क्षेत्रीय स्थायित्वका लागि पनि ठूलो खतरा निम्त्याउँछ।

भुटानको गुनासोलाई अन्तर्राष्ट्रिय समुदायले ध्यान दिनु र यसको क्षेत्रीय अखण्डताको रक्षाका लागि गरेको प्रयासलाई समर्थन गर्नु अनिवार्य छ। यथास्थितिको उल्लङ्घन र चीनद्वारा जारी विस्तारवादी कार्यहरूको स्पष्ट रूपमा निन्दा गरिनुपर्छ र यी मुद्दाहरूलाई वार्ता र अन्तर्राष्ट्रिय कानूनको पालना गरेर समाधान गर्न ठोस कूटनीतिक प्रयासहरू गरिनुपर्छ। भुटानी र चिनियाँ अधिकारीहरू बीचको हालैको आदानप्रदानले जारी सीमा तनावलाई सम्बोधन गर्ने अत्यावश्यकता र विवादहरूको शान्तिपूर्ण समाधानको आवश्यकतालाई जोड दिन्छ। भुटानसँग ऐक्यबद्धतामा उभिएर र सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मानको वकालत गरेर, अन्तर्राष्ट्रिय समुदायले यस क्षेत्रमा स्थायित्व र शान्ति कायम गर्न योगदान दिन सक्छ।

चीनको विस्तारवादी महत्वाकांक्षाको सामना गर्न असफल भएमा यस क्षेत्रमा थप वृद्धि र अस्थिरताको जोखिम हुन्छ। अन्तर्राष्ट्रिय समुदायले चीनको आक्रामक कार्यको प्रतिरोध गर्न र क्षेत्रको शान्ति र स्थायित्वको रक्षा गर्न सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सिद्धान्तलाई समर्थन गर्नुपर्छ।

चीनको विस्तारवाद दक्षिण चीन सागर र जापानको सेन्काकु टापुहरूमा विवादित क्षेत्रहरू समेटेर भुटानभन्दा बाहिर फैलिएको छ। चीनको आक्रामक कार्यको प्रतिरोध गर्न र क्षेत्रीय स्थायित्वको रक्षा गर्न अन्तर्राष्ट्रिय समुदाय सजग रहनुपर्छ र अन्तर्राष्ट्रिय कानूनको पालना गर्नुपर्छ। चीनको जबरजस्ती विस्तारवादले भुटानको सार्वभौमसत्ता र क्षेत्रीय स्थायित्वमा गम्भीर खतरा पैदा गरेको छ। अन्तर्राष्ट्रिय समुदाय भुटानसँग ऐक्यबद्धतामा उभिन र चीनको आक्रामक कार्यको दृढताका साथ विरोध गर्न अनिवार्य छ। संयुक्त कूटनीतिक प्रयास र अन्तर्राष्ट्रिय कानुनको पालना गरेर मात्र हामीले चीनको विस्तारवादी एजेन्डाले खडा गरेका चुनौतीहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न र यस क्षेत्रको शान्ति र सार्वभौमसत्ताको सिद्धान्तलाई समर्थन गर्न सक्छौं।