यौन रोग र समस्याबारे खुल्न थाले बाँकेका महिला
बाँके- चेतनाको विकाससँगै बाँके जिल्लाका मधेसी महिला आफ्नो पाठेघर तथा यौनसम्बन्धी रोग र समस्याबारे खुल्न थालेका छन्। गाउँगाउँमा छलफल र जनचेतनाका कार्यक्रम सुरु भएपछि उनीहरु पनि सचेतीकरणको पाटोमा लागेका हुन्। पाठेघर खस्ने, यौन तथा शारीरिक समस्या भन्न लज्जाउने मधेसी महिला हिजोआज आफ्नो समस्या स्वास्थ्य चौकीमा पुगेर खुलेर राख्न थालेका छन्।
बाँके शम्सेरगन्ज–५ चौधरियाटोलका मीना आर्यले स्वास्थ्य चौकीमा पुगेर आफ्नो समस्या खुलस्तरुपमा राखेपछि वर्षौदेखि पाठेघर खस्ने समस्याबाट मुक्त पाएका छन्। मीनाले अहिले गाउँकै शक्ति सुम्मत महिला समूहमा आबद्ध भएर पाठेघर खस्ने र यौन समस्यासम्बन्धी छलफल गर्ने, समस्याको समाधान निकाल्ने र स्थानीय स्वास्थ्य चौकीमा पुगेर आफ्ना र आफूजस्तै मधेसी महिलाका समस्या खुलस्त राख्न सक्ने अभियानको समेत सुरु गरेका छन्। रासस
Facebook Comment