काठमाडौं– अभिनेता परशुराम चौधरीले भोजपुरी फिल्म खेल्ने भएका छन्। बंगाली निर्माताद्वारा निर्माण हुने भोजपुरी फिल्म ‘तु हमर खातिर, हम तोहर खातिर’का लागि उनी आबद्ध भएका हुन्। अनिल र रामस्वरूपले संयुक्त रूपमा निर्माण गर्ने सो फिल्मका निर्देशनसमेत उनैले गर्नेछन्। ‘कहार कसुर’बाट बंगाली फिल्म क्षेत्रमा प्रवेश गरेका चौधरीले पछिल्लो समय ‘जीवनेर संघर्ष’मा निर्देशन र अभिनय गरेका थिए। उक्त फिल्मले राम्रो व्यापार गरेपछि बंगाली निर्माताले भोजपुरी फिल्मका लागि पुनः लिएको उनले बताए।

‘मद्वारा निर्देशित र अभिनित फिल्म ‘जीवनेर संघर्ष’ले राम्रो व्यापार गर्‍यो,’ बंगाल जानुअघि उनले नागरिकसँग भने, ‘अब भोजपुरी फिल्मको काम सकाएरमात्र नेपाल फर्किनेछु।’ चौधरीले थारू भाषाका अलावा बंगाली, सुरजापुरी, भोजपुरी, मैथलीलगायतका फिल्ममा अभिनय तथा निर्देशन गरिसकेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *