पेट्रोल घट्यो, मट्टीतेल र डिजेलको मूल्य बढ्यो
काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा केही थपघट गरी अन्तर्राष्ट्रिय मूल्यसँग समायोजन गरेको छ। निगमको शुक्रबार राति बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर रु दुई मूल्य घटाएको छ भने मट्टितेल र डिजेलमा प्रतिलिटर रु दुई मूल्य बढाएको निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले जानकारी दिए।
अब पेट्रोलको मूल्य प्रतिलिटर रु १२३, मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर ९९ पुगेको छ। यसअघि पेट्रोलको मूल्य प्रतिलिटर रु १२५, मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर रु ९७ रहेको थियो।
हवाई इन्धन र ग्यासको मूल्य साविककै कायम राखिएको प्रवक्ता पुडासैनीले बताए। उनका अनुसार मूल्य समायोजन गर्दा पनि निगमको मासिक घाटा रु ३५ करोड ५० लाख रहेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा आएको उतारचढावका कारण निगमले मूल्य समायोजन गरेको प्रवक्ता पुडासैनीले बताए। रासस
Facebook Comment