काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च माध्यमिक विद्यालयहरूमा स्नातकोत्तर नगरेका व्यक्तिलाई पनि प्राचार्य (प्रधानाध्यापक) मा नियुक्ति दिने कार्य रोक्न आज उच्च माध्यमिक शिक्षा परिषद्लाई निर्देशन दिएको छ। आयोगले उच्च माध्यमिक परिषद्को विद्यमान कानुनी व्यवस्थाविपरीत कतिपय उच्च माविमा स्नातकोत्तर नगरेका शिक्षकहरूलाई प्रधानाध्यापक बनाइएको उजुरीका आधारमा त्यस्तो निर्देशन दिएको हो।

परिषद्का उपसचिव डम्बरकुमार बतासले अख्तियारको निर्देशनबमोजिम मातहतका क्षेत्रीय कार्यालयहरूमार्फत आज निर्देशन पठाइएको बताए।

उनले क्षेत्रीय कार्यालयहरूले त्यस्ता विद्यालय पहिचान गरी कानुनी प्रावधानको कार्यान्वयन भए/नभएको अनुगमन गरी प्रतिवेदन पठाउने जानकारी दिए। रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *