घुस माग्ने मन्त्रीको कार्यभार बोगटीलाई
काठमाडौं- प्रधानमन्त्रीले आफ्नो नेतृत्वमा गठित मौजूदा मन्त्रिपरिषद्का श्रम तथा रोजगारमन्त्री कुमार बेल्वासेले नेपालको अन्तरिम संविधान, २०६३ को धारा ३८ को उपधारा (८) को खण्ड (क) बमोजिम मन्त्री पदबाट राजीनामा दिएका छन्। उनले सम्हाल्दै आएका श्रम तथा रोजगार मन्त्रालयको कार्यभार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री पोष्टबहादुर बोगटीले सम्हाल्ने गरी तोकेका प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज जनाएको छ। रासस
Facebook Comment