मन्त्रिपरिषद् बैठकमा प्रधानन्त्रीको ब्रिफिङ, भन्छन्- मोदीसँगको भेटघाट फलदायी भयो

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा अमेरिका भ्रमणका विषयमा ब्रिफिङ गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर सोमबार स्वदेश फर्किएका ओलीले मन्त्रिपरिषद्‍मा ब्रिफिङ गरेका हुन्।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेट राम्रो भएको बताएका थिए। मोदीसँग दुई देशबीचको सम्बन्धलाई प्रगाढ बनाएर लैजाने विषयमा छलफल भएको प्रधानमन्त्रीको भनाइ थियो। ‘भारतीय प्रधानमन्त्रीसँगको भेटघाटले राम्रो वातावरण बनाएको उहाँको ब्रिफिङ थियो,’ प्रधानमन्त्री कार्यालय स्रोतले अन्नपूर्णसँग भन्यो।

प्रधानमन्त्री ओली र समकक्षी मोदीबीच गत असोज ६ गते न्युयोर्कमा भेटवार्ता भएको थियो। उनीहरूबीच ऊर्जा, प्रविधि र व्यापारजस्ता मुद्दाहरूमा केन्द्रित रहेको थियो। भेटपछि प्रधानमन्त्री ओलीले सामाजिक सञ्चालमा भनेका थिए, ‘भारत-नेपाल मित्रता धेरै बलियो छ र हामी हाम्रो सम्बन्धलाई अझ गति दिन चाहन्छौं। हाम्रो वार्ता ऊर्जा, प्रविधि र व्यापार जस्ता मुद्दाहरूमा केन्द्रित थियो।’ भेटमा सँगै रहेकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतीय प्रधानमन्त्री मोदीले छिट्टै नेपाल भ्रमणमा आउने बताएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *