राष्ट्रिय मुक्ति क्रान्तिले ७७ जिल्लामा तोक्यो संयोजक

राष्ट्रिय मुक्ति क्रान्ति नेपालले ७७ जिल्लामा संयोजक मनोनीत गरेको छ। राजेन्द्र महतोको नेतृत्वमा नवगठित राष्ट्रिय मुक्ति क्रान्ति नेपालका लागि ७७ वटै जिल्लामा संयोजक मनोनीत गरेको हो। मंगलबार पार्टीको काठमाडौंमा उपलब्ध केन्द्रीय नेताहरूको पार्टी अध्यक्ष राजेन्द्र महतोको अध्यक्षतामा बसेको बैठकले ७७ वटै जिल्लाको संयोजकहरू मनोनीत गर्ने निर्णय गरेको अध्यक्ष महतोका स्वकीय सचिव विन्द किशोर साह(किशोर गुरु)ले जानकारी दिए।

७७ वटै जिल्ला संयोजकहरू लगायत पार्टीका सबै नेता कार्यकर्ताहरूलाई बाढी पहिरोबाट पीडित भएका आमजनतालाई तन, मन, धनका साथ दुखको घडीमा सहयोग गर्न आग्रह गर्ने पनि निर्णय गरिएको उनले बताए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *