जानकीमा अष्टिम्की चित्र प्रतियोगिता, जुना चौधरी बनिन् प्रथम

कैलालीको जानकी गाउँपालिकाले नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको सहकार्यमा अष्टिम्की चित्रकला प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगिता भदौ ८ गतेदेखि ११ गतेसम्म चलेको थियो। चार दिन लगाएर उत्कृष्ट चित्र बनाउनेहरूलाई जानकी गाउँपालिकाले सम्मानसमेत गरेको छ। प्रतियोगितामा जानकी गाउँपालिका वडा नं. ४ का जुना चौधरी प्रथम भएकी थिइन्।

त्यस्तै जानकी गाउँपालिका वडा नं. ६ का संगिता चौधरी र विनिता चौधरी द्वितीय, जानकी गाउँपालिका वडा नं. ४ का सम्झना चौधरी र सरिता चौधरी तृतीय र जानकी गाउँपालिका वडा नं. ३ का चन्द्रलाल चौधरी सान्त्वना स्थान हासिल गरेको जानकी गाउँपालिकाले जानकारी दिएको छ।

प्रतियोगिताका सहभागीले बनाएको अष्टिम्की चित्र (घरको भित्ता तथा Canvas मा) अवलोकन, मूल्याङ्कन गर्न विज्ञ टोली भदौ १० गते प्रतियोगीको घर-घरमा पुगेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *