पाँच रूपैयाँले घट्यो पेट्रोलको मूल्य

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आज बसेको निगम सञ्चालक समितिको बैठकले शुक्रबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो। निगमले पेट्रोलको मूल्य प्रतिलिटर पाँच तथा डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर तीन घटाएको जनाएको छ।

निगमका अनुसार पहिलो वर्गमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६७ रहेकामा एक सय ६२ कायम भएको छ। दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६९ रहेकामा रु एक सय ६४ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ७० रहेकामा एक सय ६५ कायम गरिएको छ।

डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि एक सय ५५ रहेकामा रु एक सय ५२ कायम गरिएको छ। साथै दोस्रो वर्गका लागि एक सय ५७ रहेकामा रु एक सय ५४ र तेस्रो वर्गका लागि एक सय ५८ रहेकामा एक सय ५५ कायम गरिएको निगमले जनाएको छ।

पहिलो वर्गमा चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज छन्। साथै दोस्रो वर्गमा सुर्खेत र दाङ तथा तेस्रो वर्गमा पोखरा, काठमाडौं, दीपायललाई राखिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *