चन्द्रमणि महतोको अध्यक्षतामा थारू लेखक संघ चितवन गठन

थारू कल्याणकारिणी सभा चितवनको आयोजनामा साउन २५ र २६ गते भएको थारू लेखकथारूको कचहेरीबाट चन्द्रमणि महतोको अध्यक्षतामा ९ सदस्यीय थारू लेखक संघ चितवन गठन भएको छ।

संघको उपाध्यक्षमा डाक्टर राउत, सचिवमा कारी महतो, सहसचिवमा भाजुराम महतो, कोषाध्यक्षमा राधा चौधरी र सदस्यथारूमा मनोज चौधरी, विक्रम चौधरी, संजय चौधरी, सावित्री चौधरीलाई सर्वसम्मत चयन गरिएको छ। साथै सल्लाहकारमा भजुमनराम महतो, लक्ष्मण प्रसाद चौधरी, डा. संजय महतो, सत्यनारायण चौधरी, रामप्रसाद महतो र सन्तराम महतोलाई मनोनित गरिएको छ।

थारू भाषा, संस्कृति र पहिचानका लागि थारू लेखक जन्माउन र अगाडि बढाउनका लागि थारू लेखक थारूबीच कचहेरीको आयोजना गरिएको थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीले बताए। कचहेरीमा विभिन्न व्यक्तित्वथारूले विभिन्न विषय बारे अवधारणा पत्र प्रस्तुत गरेका थिए।

साहित्यकार मनोज चौधरीले आख्यानमा थारू समाज बारे, लक्ष्मणप्रसाद चौधरीले थारू भाषा र पाठ्यक्रमबारे, भाजुराम महतो र डा. संजय महतोले नामको राजनीति र थारू समुदायमा यसको प्रभावबारे, कारी महतोले थारू भाषाको मानकीकरण अभियान बारे, संजय चौधरीले सीमान्तकृत समुदाय र सामाजिक न्यायबारे, भजुमनराम महतोले थारू जातिको इतिहास बारेमा अवधारणा पत्र प्रस्तुत गरेका थिए।

कचहेरीको उद्‍घाटन सत्रमा खैरहनी नपा वडा नं. ८ का वडाध्यक्ष चन्द्रविक्रम चौधरी, निड्सका अध्यक्ष शिवनारायण चौधरी, पूर्व केन्द्रीय उपाध्यक्ष भजुमनराम महतो, थाकस क्षेत्रीय सभापति रामेश्वर चौधरी, झगरु चौधरी, सत्यनारायण चौधरी, शंकर महतो, धनवीर चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए। कचहेरी थारू कल्याणकारिणी सभा चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा भएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *