माछा मार्न गएका थारू महिलालाई बाढीले बगाउँदा एकको मृत्यु, दुई जना बेपत्ता

मोरङ र सुनसरीको सिमाना भएर बग्ने बूढीखोलाले बगाएर मोरङको सुन्दरहरैँचा नगरपालिका-५ खोक्साका २ जना बेपत्ता छन्। बाढीले २४ वर्षीया फूला चौधरी र ६० वर्षीया असरादेवी चौधरीलाई बेपत्ता बनाएको हो। माहिली फुदनी भनिने २२ वर्षीया प्रेमकला चौधरी इटहरी उपमहानगरपालिका-४ स्थित गैरीगाउँमा मृत फेला परेकी थिइन्।

२२ वर्षीया स्वस्तिका चौधरीलाई उद्धार गरिएको थियो। प्रहरीका अनुसार फूला, प्रेमकला र स्वस्तिका एकै परिवारका बुहारी तथा असरादेवी उनीहरूकी कार्की सासू हुन्। माछा मार्न गएका बेला ४ जनालाई नै मंगलबार बिहान बूढीखोलाले बगाएको जानकारी प्रहरीले दिएको छ। प्रेमकला मृत फेला परेपनि फूला र असरादेवी बेपत्ता छन्। उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *