पत्रकार महासंघको चुनाव असार २२ गते, देशभरि कति छन् थारू पत्रकार? (सूचीसहित)

नेपाल पत्रकार महासंघले आगामी असार २२ गते मतदान गर्नेगरी महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ। महासंघको केन्द्रीय निर्वाचन समितिले आज निर्वाचन कार्यतालिका प्रकाशन गरेको हो।

निर्वाचन कार्यतालिकाअनुसार यही असार २२ गते बिहान ९ बजेदेखि साँझ पाँच बजेसम्म मतदानका लागि समय तय गरिएको छ। उम्मेदवारको मनोनयन दर्ता असार १३ गते र उम्मेदवारको नामावली प्रकाशन पनि सोही दिन गरिने छ। उम्मेदवारको अन्तिम नामावली असार १५ गते प्रकाशन गरिनेछ।

त्यस्तै असार १३ गते प्रकाशन गरिने छ भने उम्मेदवारको नामावली उपरको दाबी विरोध असार १३ गतेदेखि असार १५ गतेसम्म तोकिएको छ। असार १० गतेसम्म मतदाता नामावली उपर दावी विरोधको समय निर्धारण गरिएको छ। असार १२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन समितिले जनाएको छ।

कति छन् थारू पत्रकार?
महासंघले सार्वजनिक गरेको नामावलीअनुसार देशभरि १६१ जना थारू पत्रकारहरू छन्। तराई जिल्ला बाहेक केही पहाडी जिल्ला, उपत्यका, प्रतिष्ठान र एसोसियट गरी १६१ जना थारू पत्रकार रहेका छन्। महासंघले सार्वजनिक गरेको नामावलीअनुसार धनकुटामा ३ जना, मोरङमा ४ जना, सुनसरीमा १२ जना, उदयपुरमा ४ जना, सिरहामा ७ जना, धनुषामा १ जना, बारामा ८ जना, पर्सामा २ जना छन्।

त्यस्तै चितवनमा ६ जना, नवलपुरमा २ जना, परासीमा २ जना, रुपन्देहीमा १० जना, कपिलवस्तुमा ४ जना, दाङमा १८ जना र बाँकेमा १९ जना रहेका छन्। त्यस्तै सुर्खेतमा ३ जना, बर्दियामा १३ जना, कैलालीमा २० जना, कञ्चनपुरमा ८ जना र डडेलधुरामा १ जना छन्। त्यस्तै उपत्यकाअन्तर्गत ललितपुरमा २ जना, एसोसियटमा २ जना र प्रतिष्ठानमा १० जना रहेका छन्।

पत्रकार महासंघको निर्वाचनमा दलीय गठबन्धन हुने पक्कापक्की छ। केन्द्रीय गठबन्धनजस्तै महासंघमा पनि एमाले निकट प्रेस चौतारी, माओवादी निकट प्रेस सेन्टर, एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनलगायतले गठबन्धन गर्ने तय भएको छ। यद्यपि कांग्रेस निकट प्रेस युनियनले सदस्यतालाई लिएर विरोधमा उत्रिएको छ। उसले कतिपय ठाउँमा तालाबन्दीसमेत गरेको छ।

महासंघको चुनाव दलीय भागबण्डाका आधारमा हुने भएकाले पनि थारूहरूको उपस्थिति शून्य हुँदै आएको छ। पिछल्लोपटक गोरखा पत्रमा आबद्ध लक्की चौधरी प्रेस चौतारीको कोटाबाट महासंघको केन्द्रीय सदस्य बनेका थिए। त्यसयता थारू समुदायबाट कोही पनि सदस्य बनेका छैनन्।

महासंघको विधानले पनि थारू समुदायलाई कोटा उपलब्ध गराएको छैन। महासंघको विधानले आदिवासी जनजाति, मधेसी, दलित र अपांगता भएका व्यक्तिलाई कोटा निर्धारण गरिएको छ। विधानमै थारूलाई जनजाति र मुस्लिमलाई अल्पसंख्यकमा राखिएको छ।

सूची हेर्नुस्:

धनकुटा- ३
तिलकराम चौधरी
लुसिकुमारी गच्छदार
बलराम चौधरी

मोरङ-४
पदमकुमार सरदार
उषा सरदार
लिलानाथ गच्छदार
निरज चौधरी

सुनसरी-१२
धिरेन्द्रकुमार चौधरी
सुकदेव चौधरी
गवनसिंह चौधरी
सुनिल चौधरी
श्रवण चौधरी
कमला कुमारी चौधरी
होम कुमारी चौधरी
सञ्जय चौधरी
स्वेता कुमारी सरदार
प्रदिप कुमार चौधरी
चन्द्रकला चौधरी
सरस्वती कुमारी चौधरी

उदयपुर-४
रविन्द्रकुमार चौधरी
विष्णुदेव चौधरी
सुखीलाल चौधरी
दुर्गानन्द चौधरी

सिरहा-७
हिरालाल चौधरी
एलिना हिमाङ चौधरी
शम्भु प्रदास चौधरी
रामविलास चौधरी
बिनिता चौधरी
जिवक्ष चौधर
अनिलकुमार चौधरी

धनुषा-१
लक्ष्मी चौधरी

बारा-८
दुष्यन्त चौधरी
जियालाल चौधरी
रेनुकुमारी चौधरी
चन्दन चौधरी
शेखर चौधरी
प्रवेश चौधरी
नविन चौधरी
बुधन चौधरी

पर्सा-२
रामप्रवेश चौधरी
निलम कुमारी थारु

चितवन- ६
सन्त कुमार चौधरी
राजु चौधरी
सञ्जय चौधरी
सुमित्रा महतो
सरिता महतो
सविता महतो

नवलपुर-२
खेमनारायण महतो
चन्द्रकुमारी महता

परासी-२
राज चौधरी
रेनुका चौधरी

रुपन्देही-१०
रामविकास चौधरी
राजाराम (राज) चौधरी
योगिन्द्र पुर्विया थारु
अमृता पछिमा थारु
अनिता चौधरी
सिताराम चौधर
पबित्रा चौधरी
पद्मा चौधरी
नरेश चौधरी
जितेन्द्र थारु

कपिलवस्तु-४
राजेश चौधरी
सरिता चौधरी
सोना कुमारी चौधरी
रामअवतार चौधरी

दाङ-१८
सबिन प्रियासन
छबिलाल कोपिला
सन्तोष दहित
दिप्तीशिखा चौधरी
जीत बहादुर चौधरी
नविन कुमार चौधरी
अञ्जना चौधरी
उदिराम चौधरी
सरिता चौधरी
राजकुमार चौधरी
निता चौधरी
जयन्ती चौधरी
प्रकाश चौधरी
मोहन चौधरी
सबिता चौधरी
रामप्रसाद चौधरी
जनकी दहित
सुरक्षा चौधरी

बाँके-१९
बिश्वराज पछलड्ग्या
बिमला चौधरी
हेमन्त चौधरी
योगराज चौधरी
भगतराम चौधरी
विद्या चौधरी
कृष्ण चौधरी
मोहनलाल चौधरी
राजकुमार चौधरी
मिनाकुमारी चौधरी
रिता चौधरी
निशा परियार चौधरी
सुविना थारु
निर्मला चौधर
रजनीकुमारी योगी
शम्भु थारु
जागेश्वर थारु
कृष्टी चौधरी
अञ्जु चौधरी

सुर्खेत-३
करिश्मा चौधरी
अनिलबहादुर चौधरी
बसन्त चौधरी

बर्दिया-१३
पुष्पा चौधरी
सञ्जु (शरम) चौधरी
रामबहादुर थारु
प्रमिला कुमारी चौधरी
विन्दुकुमारी चौधरी
हुमकुमार चौधरी
अनोज थारु
टिकाराम चौधरी
मेनका चौधरी
राम कुमारी चौधरी
मानवहादुर चौधरी
अन्जना थारु
विशाल थारु

कैलाली-२०
प्रेम चौधरी
कालिमैया चौधरी
भीम चौधरी
रामबहादुर दहित
दिनेशकुमार दहित
नरेन्द्रबहादुर चौधरी
दिलबहादुर चौधरी
राम लखन चौधरी
प्रेमलाल चौधरी
छविलाल चौधरी
चन्द्रप्रकाश चौधरी
सागर कुश्मी
रतनलाल चौधरी
शेरबहादुर चौधरी
सुधराम दहित
सिबी चौधरी
लक्ष्मी चौधरी
अनिता चौधरी
गीताकुमारी चौधरी
बलराम चौधरी

कञ्चनपुर-८
हेमन्ती चौधरी
बलबहादुर डंगौर
लक्ष्मी चौधरी
पहिलाद राना
चन्द्रिका चौधरी
नरेश राना
दानसिंह डंगौरा
कल्पना चौधरी

डडेलधुरा-१
मनोज चौधरी

उपत्यका-२
ललितपुर
प्रवीणकुमार चौधरी
ओमकिशोर चौधरी

एसोसियट-२
खेलकुद पत्रकार मञ्च
नरेश चौधरी

नेपाल पत्रकार मञ्च
रौशनक मार चौधरी

प्रतिष्ठान- १०
अन्नपूर्ण पोस्ट
कृष्णराज चौधरी
मदन चौधरी

गोरखा पत्र
लक्की चौधरी
गिरिराज चौधरी
दीपा चौधरी

कान्तिपुर एफएम
पार्वता चौधरी
सरिता चौधरी

कान्तिपुर पब्लिकेशन
राजु चौधरी
बुनु थारू चौधरी

नेपाल टेलिभिजन
मुकेश चौधरी




Leave a Reply

Your email address will not be published. Required fields are marked *