ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ। १० माघ २०८० मा ब्रेन ह्यामरेज भएर थलिएका अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले बता । स्थानीय तह निर्वाचनमा उनी नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।

माझीका अनुसार गच्छदारको मंगलबार अन्तिम संस्कार गरिनेछ। चार महिनादेखि अर्धचेत रहेका उनी एक महिनायता घरमै राखिएका थिए। अध्यक्ष गम्भीर बिरामी परेपछि चार महिनायता ग्रामथान गाउँपालिकाकी उपाध्यक्ष गुणवतीदेवी थारुले कार्यवाहक अध्यक्षको रुपमा काम गरिरहेकी छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *