चारबुँदे सहमतिपछि टीकापुर घटनाका आरोपित थारुहरुले अनशन तोडे

कैलाली कारागारका २४ जना थुनुवाले अनशन स्थगित गरेका छन् । टीकापुर घटनाका आरोपी रेशम चौधरीलाई सांसद प्रमाणपत्र वितरण तथा सपथ खुवाउनुपर्ने लगायतका माग राखेका उनीहरुले स्थानीय प्रशासनसँग चार बुँदे सहमति भएपछि अनशन स्थगित गरेका हुन् ।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले जुस खुवाएर उनीहरुको अनशन तोडाएका हुन ।

कैलाली-१ बाट निर्वाचित भएका रेशम चौधरीको सपथका लागि सम्बन्धित निकायहरुमा जिल्ला प्रशासन कार्यालयले अविलम्व जानकारी गराउने, टीकापुर घटनामा थुनिएकालाई लगाइएका मुद्दा फिर्ता लिन र क्षतिपू्िर्तका लागि १५ दिन भित्र सम्वोधन गरिनुपर्ने सर्त राखेर उनीहरुले अनशन तोडेका छन् ।

१५ दिन भित्र आफ्ना माग पूरा नभ पुनः आमरण अनशन गर्ने उनीहरुले चेतावनी दिएका छन् । रेशम चौधरीलाइ सपथ दिलाइनुपर्ने, टीकापुर घटनामा थुनिएका सवैलाइ रिहा गरिनुपर्ने मागसहित कैलाली कारागारमा टीकापुर घटनामा पक्राउ परेका २४ जना फागुन २० गतेबाट आमरण अनशनमा बसेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *