नागरिक उन्मुक्तिको महाधिवेशन सर्‍यो, पहिले राष्ट्रिय भेला गर्ने

नागरिक उन्मुक्ति पार्टीले वैशाख मसान्तमा राष्ट्रिय भेला गर्ने भएको छ। बिहीबार र शुक्रबार बसेको केन्द्रीय कमिटी बैठकले महाधिवेशनलाई पछि सार्दै पहिले राष्ट्रिय भेला गर्ने निर्णय गरेको हो।

महाधिवेशन २०८० पुस ६ देखि ८ गतेसम्म टीकापुरमा गर्ने निर्णय गरेको छ। यसअघि वैशाख ४ देखि ६ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर रेशम चौधरीको तत्काल रिहाइ नहुने भएपछि महाधिवेशन सारिएको हो।

त्यस्तै बैठकले १३६ केन्द्रीय कार्यसमितिलाई अनुमोदन गरेको छ। पार्टीको महिला विभागको जिम्मेवारी भने एलिजा गौतमलाई दिइएको छ। यसअघि गीता चौधरीले महिला विभाग प्रमुख थिए। उनलाई कानुनी संयोजकको जिम्मेवारी तोकिएको छ।

त्यस्तै प्रवक्ता दामोदर पण्डित पार्टीलाई वरिष्ठ उपाध्यक्ष र लक्ष्मणकिशोर जोगेठ्वा थारु र हिमाञ्चल भट्टराईलाई उपाध्यक्ष जिम्मेवारी दिइएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *