नेपाल संघीय समाजवादीका अध्यक्ष नागरिक उन्मुक्तिबाट बारा २ मा उम्मेदवारी दिने

नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व गृहराज्यमन्त्री मोहम्मद रिजवान अन्सारी नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार बन्ने भएका छन्। उनी नागरिक उन्मुक्ति पार्टीबाट बारा क्षेत्र नं २ बाट उम्मेदवारी दिने भएका हुन्।

यससँगै दुई पार्टीबीच दुई बुँदे सहमति समेत भएको छ। जसमा कार्यदल बनाएर छिट्टै पार्टी एकता गर्ने सहमति भएको नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए।

उनका अनुसार चितवन र तनहुँमा पनि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने भएको छ। चितवन क्षेत्र नं २ मा राजेश अधिकारी र तनहुँ क्षेत्र नं १ मा भीम सुनारलाई उम्मेदवार बनाउने निर्णय भएको प्रवक्ता पण्डितले जानकारी दिए।

नागरिक उन्मुक्ति पार्टी हालको सत्ता गठबन्धनमा आबद्ध छन्। हालै विस्तार भएको मन्त्रिपरिषद्‍मा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेकी छन्। नागरिक उन्मुक्तिको प्रतिनिधिसभामा चार जना सांसद रहेका छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *