थरुहट थारुवान मोर्चाले वैशाख १६ गते परासीमा आमसभा गर्दै

थरुहट थारुवान राष्ट्रिय मोर्चाले नवलपरासी पश्चिममा बृहत् आमसभा गर्ने भएको छ। परासीको रामग्राममा वैशाख १६ गते हुने आमसभाको तयारी पूरा भएको आयोजकले जनाएको छ। सरकारले पटक-पटक जातीयताको नाममा जहिले पनि थारु समुदायलाई उपेक्षित गरेको भन्दै दासत्ताविरुद्ध बृहत् आमसभा गर्न लागिएको बताइएको छ।

कार्यक्रममा मोर्चाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको मोर्चाका युवा नेता सीताराम चौधरीले जानकारी दिए। उनका अनुसार देशभरिका थारुहरुलाई एकीकृत गर्ने अभियानअन्तर्गत भेलाको आयोजना गर्न लागिएको हो। यसअघि कैलालीको हसुलिया र सप्तरीमा भेला आयोजना भइसकेको छ।

‘मूलत मोर्चाको उद्देश्य देशका सबै थारुहरुलाई एक ठाउँमा ल्याउनु हो। पश्चिमको कैलाली र पूर्वको सप्तरीमा भेला आयोजनाापछि तराईकको बीच भूभागमा गर्ने योजनाअन्तर्गत परासीमा भेला गर्न लागिएको हो। भेलामा मोर्चासहित केन्द्रीय नेताहरुको सहभागिता रहनेछ,’ उनले थारुवानसँग भने।

मोर्चाले थरुहट आन्दोलनका क्रममा भएको टीकापुर घटनाका राजबन्दीहरुलाई रिहाइ गर्नुपर्ने माग राख्दै आएको छ। टीकापुर घटनामा जिल्ला र उच्च अदालतले कैलाली क्षेत्र नं १ बाट निर्वाचित रेशम चौधरीलगायत थारु नेता तथा सर्वसाधारणलाई आजीवन काराबासको फैसला सुनाएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *