यात्रा संस्मरण : कप्पल बन्जी जम्पको यादगार पल
बन्जी गर्दैगर्दा मान्छेमा सबैभन्दा बढी के कुरा खेल्छ होला? हामीले पनि यही सोँच्थ्यौं। हामी अर्थात् म र मेरो बुढा। युट्युब र फेसबुकमा हामीले सयौं बन्जी जम्पहरु हेरेका थियौं। ती भिडियोहरु हेर्दैगर्दा कता कता मनमा लाग्ने गर्थ्यो, जीवनमा एकपटक त यो काम गर्नुपर्छ। त्यही सुभसाइत लिएर हामी पोखरा जाने निधो गर्यौं।
माघ १ गते हामी यति एयरलायन्सको जहाजबाट पोखरा जाने भयौं। हामी उत्साहित थियौं, बन्जी जम्पलाई लिएर। तर मौसम खराबका कारण चार घन्टा हामी विमानस्थलमा रोकिन बाध्य भयौं। ७:४५ मा उड्नुपर्ने जहाज साढे १२ बजे उड्दै थियो। २५ मिनेटपछि पोखरा पुग्यौं।
माघ १ गते थारुहरुको नयाँ वर्ष। त्यहाँका थारु समाजले माघी मिलन कार्यक्रम आयोजना गरेको रहेछ। फ्रेस भएर हामी कार्यक्रममा सहभागी बन्यौं। केही समय त्यहाँ थारुहरुसँगै रमाइलो गर्यौं।
भोलिपल्ट हाम्रो सपना पूरा हुँदैथियो। हामीले १ बजेका लागि समय तय गरेका थियौं। हामी समयमै पोखराको बराही चोकस्थित हाइग्राउन्ड एडभेन्चर्सको अफिस पुग्यौं। आवश्यक कागजात भर्यौं। केहीगरी हामीलाई केही भइहाले कसलाई सम्पर्क गर्ने भनी घरका सदस्यका नम्बर राख्यौं।
मनमा थोरै डर र बढी उत्साह लिएर हामी बन्जी रहेको हेम्जातिर लाग्यौं।
मनमा अनेकौं कुराहरु खेलिरहेको थियो। तर डर भने एकरत्ति थिएन खै कुन्नी किन हो।
आधा घन्टापछि हामी बन्जीस्थल पुग्यौं।
बन्जी जम्पा गर्ने स्थान पुग्दैगर्दा एक जनाले सोही समयमा डाइफ हान्दै गरेको हेरेँ। मेरो मनमा बल्ल चिसो पस्यो। मनमा अनेकन डरहरु पैदान हुन थाले। मेरो बुढाले हौसला दिनुभयो। किनकि हामी युगल बन्जी गर्दै थियौं। हामी एक साथ हाम फाल्ने भन्दै योजना बनाएका थियौं।
त्यहाँ खटिएकाहरु कर्मचारीहरुले हामीलाई प्रोटेक्सनका चिजबिज पहिर्याउँदै थिएँ। हामी भने पूरा एक्साइटेड थियौं। एकछिन आएको डर पनि कता हराएर गयो पत्तै पाइएन।
हामी जम्पका लागि तयार थियौं। हामीलाई जम्प गर्ने टावरतिर जान भनियो। चिप्लिँदै हामी माथि पुग्यौं।
हामी अगाडि दुई जना भारतीय नागरिक र एक जना नेपाली युवती थिइन्। भारतीय युवतीले सुरुमै हाम फालिन्। हाम फालेर हेल्प हेल्प भन्दा कम्ता डर लागेन। तर बुढाबुढी साथमा थियौं। डर फेरि हरायो।
हाम्रो पालो आइसकेको थियो। बन्जी गराउनेहरु दाइहरुसँग केहीबेर गफगाफ हुन थाल्यो। हामी केही क्षण गफमै भुल्यौं।
फाइनली त्यो समय आइ नै हाल्यो। हामी हाम फाल्दै थियौं। हाम फाल्दै गर्दासमेत मनमा एकरत्ति डर थिएन। मेरो बुढाले अब हामी जान्छौं भन्दै हामी टावर छाड्यौं।
एकछिन सिरिङङङङ भयो। त्यसपछि के के भयो तपाइँहरु भिडियोमा हेर्न सक्नुहुन्छ।
भिडियो हेर्नुस्:
Facebook Comment