‘हेभिवेट थारु नेता’को रोचक भीडन्त

आसन्न प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको महोल दिनप्रतिदिन बढ्दै गएको छ। प्रदेशसभामा धेरै थारु अनुहार देखिएपनि प्रतिनिधि सभामा प्रमुख पार्टीहरुबाट केही हेभीवेट थारु नेताहरु चुनावी प्रतिस्पर्धामा छन्। जसमध्ये तीन क्षेत्र झनै रोचक रहने अनुमान गर्न सकिन्छ।

सुनसरी क्षेत्र नम्बर ३ नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार र बाम गठबन्धनबाट एमालेका भगवती चौधरी चुनावी मैदानमा छन्। सो क्षेत्रमा यसअघि विजय गच्छदार जित्दै आएका छन्। दोस्रो संविधानसभा चुनावमा भने भगवती चौधरीसँग झिनो मतले विजय भएका थिए। सो जितलाई भगवती चौधरीले प्राविकरुपमा गरिएको विजयको संज्ञा दिएकी थिइन्।

राष्ट्रिय राजनीतिमा चतुर नेताको छबि बनाएरका गच्छदारलाई फर्वाड संस्थाकी संस्थापक अध्यक्षसमेत रहेकी भगवतीले कडा टक्कर दिने स्थानीयको बुझाइ छ। माइक्रो फाइनान्स चलाएर स्थानीय महिलामात्र नभएर पिछडिएङ्का वर्गको मन जित्न सफल भगवतीलाई जित्न गच्छदारलाई साँच्चै नै गाह्रो त पर्ने हैन? यही प्रश्न राष्ट्रिय राजनीतिमा चासोको विषय बनेको छ।

यता थरुहट आन्दोलनबाट राष्ट्रिय राजनीतिमा होम्मिएका डा. गोपाद दहित र १२ वर्षे जनयुद्धको कमान्ड सम्हालेका सन्तकुमार चौधरी बर्दिया क्षेत्र नम्बर २ मा भिड्दैछन्। दहित नेपाली कांग्रेस र चौधरी बाम गठबन्धनको माओवादी केन्द्रबाट उम्मेदवारी दिएका छन्। दुबै अहिलेका बहालवाला मन्त्री पनि हुन्।

यसअघि दुईपटक माओवादीले सो क्षेत्रमा विजयी हात पारेको हो। तर सांसद् भएदेखि नै दहितले थारुका मुद्दालाई संसद्मा कडारुपले उठाउँदै आएका छन्। संसदको तत्कालीन समितिहरुमा राख्ने अडानका कारण पनि दहितको चर्चा हुने गर्छ। स्थानीय निकायको चुनाव परिणामलाई हेर्ने हो भने यी दुई नेताको उक्त क्षेत्रमा कडा टक्कर हुने देखिन्छ।

त्यस्तै कैलाली क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट रामजनम चौधरी र बाम गठबन्धनको माओवादी केन्द्रबाट गौरीशंकर चौधरी चुनावी मैदानमा उत्रिएका छन्। गच्छदारको दाहिने नेताको रुपमा परिचित रामजनम राजनीतिमा चतुर मानिन्छन्। उनले यसअघिका चुनाव त्यहाँबाट जित्दै आएका छन्। गौरीशंकर चौधरी भने कैलाली क्षेत्र ४ बाट विजयी भएका थिए। दुबैजना मन्त्री भइसकेका नेता पनि हुन्।

यसका अलवा सोही क्षेत्रबाट तत्कालीन थरुहट तराई पार्टीका अध्यक्ष भानुराम चौधरी चौधरी र नयाँ शक्तिबाट कृष्णकुमार चौधरी पनि उम्मेदवारी दिएका छन्। यी चार जना नेताका कारण कैलाली क्षेत्र नम्बर ३ को चुनावी माहोल तातिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *