आदिवासीलाई जल, जंगल र जमिनको अधिकार दिनुपर्छ : फूलमान चौधरी

संयुक्त राष्ट्र संघ आदिवासी मामलाका लागि स्थायी मञ्चका उपाध्यक्ष एवं एसिया महादेशका प्रतिनिधि फूलमान चौधरीले संसारभरिका आदिवासीहरु पृथ्बीका मूल आदिवासी भएको बताएका छन्।

उनीहरुलाई जल, जंगल र जमिनको अधिकार दिन संयुक्त राष्ट्रसंघका सदस्यीय राष्ट्रहरुले घोषणा पत्रमा प्रावधान गरिएका सम्पूर्ण अधिकारको धारालाई पूर्णरुपमा लागू गरेमात्र आदिवासीहरुको अधिकार सुनिश्चित हुने बताए।

‘विश्वका आदिवासीहरु खास गरेर जमिनको भूमिसम्बन्धी समस्या भोगिरहेका छन्,’ उनले सम्बोधनको क्रममा भने। हालसालै भारत भ्रमणमा देखिएको भूमिसम्बन्धी समस्यालाई सबै सरोकारवालालाई ध्यान पुर्याउने आवश्यकता रहेको औंल्याएका थिए।

क्यानाडाको मोन्टेरियलमा भएको आदिवासी अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्रको दस वर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा विन्न राष्ट्रका प्रतिनिधिहरुको सहभागिता थियो। क्यान्डियन सरकारले भने आदिवासीका सबालमा विशेष चासो ब्यक्त गरेको थियो। कार्यक्रममा क्यान्डाका पूर्वप्रधानमन्त्री पाउल मार्टिनलगायत उच्च पदस्थ ब्यक्तिहरुको पनि उपस्थिति थियो।

यो पनि पढ्नुस्:
फूलमान चौधरीलाई भारतीय आदिवासीहरुद्वारा भब्य स्वागत




Leave a Reply

Your email address will not be published. Required fields are marked *