असार १ र २ गते थरुहट क्षेत्रमा आमहड्तालको घोषणा

राम दहित/धनगढी।

राष्ट्रिय जनता पार्टीलद्वारा दुसरा चरणको चुनावलाई असर पार्नेरी आम हड्तालसहित आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । मंगलबार राजपा नेपाल कैलाली जिल्लाका संघीय गठबन्धन संयोजक रामलक्ष्मण ठाकुरको अध्यक्षतामा बसेको बैठकले एक प्रेस विज्ञप्ती निकाली आन्दोलन घोषणा गरको हो । बैठकले आन्दोलनको घोषणा गर्दै जेठ ३१ गते कैलाली जिल्लाका प्रत्येक सदरमुकाम र मुख्य ठाउँमा मसाल जुलुस प्रर्दशन गरिने विज्ञप्तीमा उल्लेख छ ।

असार १ र २ गते कैलाली जिल्ला सहित थरुहट क्षेत्र बन्द (आमहड्ताल घोषणा) त्यही दिन सबै वडा, गाउँपालिका, नगरपालिका, र उप महानगरपालिकामा केन्द्रित रही निर्वाचनविरुद्ध प्रचारप्रसार गर्ने र असार २ गते सबै वडा, गाउँपालिका, नगरपालिका, र उप महानगरपालिकाको निर्वाचन केन्द्रमा तालाबन्दी गर्ने भनि प्रेस विज्ञप्ती उल्लेख छ ।

त्यस्तै असार ३ र ४ गते सहिदहरुकोे सम्झनामा सबै निर्वाचन केन्द्रमा शहिदहरुकोे तस्बीर प्रर्दशन गर्ते, असार ५ गते कैलाली जिल्लाका प्रत्येक ठाउँमा लाठी जुलुस प्रर्दशन, असार ६ गते देखि १४ गतेसम्म निर्वाचन सम्बन्धी सबै कार्यक्रम र गतिविधीहरु अवरुद्ध गर्ने, असार ८ गते कैलाली जिल्लामा मोटरसाईकल ¥याली निकाल्ने, असार ९ गते कैलाली जिल्लाका मुख्य मुख्य ठाउँमा मसाल जुलुस निकाल्ने र असार १० गते देखि अनिश्चितकालिन आम हड्तालको घोषणा गर्ने भनि विज्ञप्तीमा उल्लेख रहेको छ । विज्ञप्तीमा संयोजक रामलक्ष्मण ठाकुर, प्रवक्ता प्रेमराना थारु, पार्टीका केन्द्रिय सदस्य फोनीराम चौधरीको हस्ताक्षर उल्लेख रहेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *