एनपिस विजेता वसन्ती चौधरीलाई सखी सञ्जालको सम्मान

मुक्त कमैया तथा कमलरी अभियन्ता वसन्ती चौधरीलाई सखी सञ्जालले सम्मान गरेको छ। थारु महिलाहरुको स्वतन्त्रताको पर्वको रुपमा चिनिने चिरै भजहरको अवसरमा धनगढीमा सोमबार आयोजित कार्यक्रममा एनपिस अवार्ड विजेता वसन्ती चौधरी सम्मानित भएकी हुन्।

उनलाई प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाल र सखी सञ्जालकी अध्यक्ष इन्दु थारुले सम्मान पत्र प्रदान गरेका थिए। विगत एक दशकदेखि कमैया र कमलरी प्रथा उन्मुलनमा निरन्तर खटिएकी उनी हालसालै एनपिसको ‘अनटोल्ड स्टोरी’ क्याटोगरीमा अवार्ड जितेकी थिइन्। उनी कमैया प्रथा उन्मुलन समूहका अध्यक्षसमेत हुन्। यो संस्थाले कमैया कमलरीको हकहितको लागि काम गर्दै आएको छ।

त्यस्तै पूर्व एनपिस विजेता एवं मुक्त कमैया कमलरी अभियन्ता कौशिला चौधरी, थारु कल्याणकारिणी सभाका महामन्त्रीको जिम्मा सम्हालिसकेकी इन्दिरा चौधरी, महिला उद्यमी सरला राना थारु र थारु लोकगायिका प्रमिला चौधरीलाई पनि सखी सञ्जालले सम्मान गरेको थियो।

त्यस्तै सखी सञ्जाललाई सहयोग पुर्‍याउनुको साथै थारु संस्कृतिको संरक्षण गर्दै आएको थारु महिला सभा कैलाली र सहयोगी भूमिका निर्वाह गर्ने एडुपल नेपाललाई कदर पत्र प्रदान गरिएको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *