गाजासहित श्रीकिसुन पक्राउ

नागेन्द्र चौधरी/बारा।

पर्सा वन्यजन्तु आरक्षको सुरक्षामा खटेको आर्मीको गस्ती टोलीले गाजासहित एकजनालाई पक्राउ गरी इलाका प्रहरी कार्यलय निजगढमा बुझाएको छ । पक्राउ पर्नेमा बाराको मनहर्वा गाविस ५ श्रीपुर बस्ने ३४ वर्षका श्रीकिसुन राम रहेका छन् ।

निकुञ्जमा गस्ती गर्ने क्रममा नेपाल आर्मीले २ किलो गाजा सहित निजलाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएको इलाका प्रहरी कार्यलय निजगढका प्रहरी निरीक्षक दीपक कुमार रायले बताए।

निकुञ्जमा प्रवेश निषेध भए पनि पोका लिएर बसीरहेको अवस्था देखेपछि शंकाको आधारमा खानतलासी गर्दा निजसँग लगभग २ किलो गाजा रहेको इलाका प्रहरी कार्यलय निजगढले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *