बिजुली नियन्त्रण गर्ने उपकरणको अविस्कार

नागेन्द्र चौधरी/बारा।

घरमा बत्ति वा अन्य विधुतीय सामाग्री स्वीचअफ गर्न बिर्सेर हुने समस्याबाट के तपाई हैरान हुनुहुन्छ ? यदि छ भने अब चिन्ता गरिरहनु पर्दैन । सिम्रौनगढ नगरपालिका ५ का २१ बर्षिय युवक जलान्धर शर्माले मोवाइल सेटबाट पनि विधुत लाइन अनअफ गर्न सकिने अनलाइन पावर सप्लायरको अविस्कार गरेका छन् । शर्माले अविस्कार गरेका मेसिनले नै देश विदेशको जुनसुकै स्थानबाट पनि मोवाइल सेटमा डायल गरेर घरभित्रको पावर सप्लाई सजिलै बन्द र चालु पनि गर्न सक्ने जानकारी दिए ।

उनको प्रयासमा निर्माण गरेको यो उपकरणमा मोवाइल सेटको बोर्ड सहितको २ सिम प्रयोग गरिएका छन र आफुसंग रहेको सेटबाट ७ अंकको कोड डायल गरेर तत्काल विधुत सप्लाई नियन्त्रण गर्न सकिने दावी गरे । उपकरणले घरायसी र सरकारी कार्यालयको काममा पनि उपयोगी हुने प्रष्ट पारे ।’ प्राधिकरणले विद्युत रकमको बिल भुक्तानी नगर्ने ग्राहकको लाइन कार्यालयबाट नै काटन सक्ने उनले सुनाए । ‘भित्र मोेवाइल फोनका दुई सिम जडान छन, शर्माले भने, एउटामा कोड डायल गर्दा पावर सप्लाई रोकिन्छ र अर्कोबाट आवश्यकता अनुसार सुचारु हुन्छ ।’

लामो प्रयासपछि छठ पर्वअघि मात्र सफल परीक्षण गरेका शर्माले उपकरण सार्वजनिक गरेका छन् । सप्लायर प्रयोगबाट खेतबारी सिचाईमा चाहिए जति मात्र पानी पटाउन सकिने र किसानले पनि फाइदा लिन सक्ने शर्माको भनाइ छ । ‘पानी तान्ने मोटरमा जडान गरिदिनुस, शर्माले भने, खेतमा पानी भरिएपछि आफै बन्द हुन्छ ।’ उनले उपकरणको पछाडि पट्टी भागमा रहेको ४ वटा सकेटबाट सिचायी गरिने खेतसम्म बिछ्याइएको तामा तारले खेतमा पानी भरिएपछि पहिलो पटक पहेलो रंगको इण्डिकेटर र ५ मिनेटपछि मेसिन आफै अफ भएर पानी तान्ने मोटर पनि स्वत बन्द हुने जानकारी दिए । यसबाट विजुली वा डिजेलको अनावश्यक प्रयोग नियन्त्रण हुने र किसान लाभान्वित हुने पनि सुनाए ।

बाल्य अवस्थादेखि विधुतीय सामाग्री प्रयोग र निर्माणमा विशेष रुचि राख्दै आएका शर्माले एउटा उपकराण निर्माणमा २० देखि ३० हजार रुपैयासम्म खर्च लाग्ने बताएका छन । गरिव परिवारका शर्माले यसअघि १४ बर्षको उमेरमा नै मोवाइलको व्यट् िजडान गरेर खेलौना हेलिकप्टर गाउमाथिको आकासमा उडाएको छिमेकी काशीराम प्रसाद यादवले सुनाए । ‘केही नया आविष्कार गर्छु भन्थ्ये, यादवले भने, आज बचन पुरा गरेर देखाए ।’ सिम्रौनगढ उद्योग बाणिज्य संगका अध्यक्ष जयन्त कुशवाहा पनि शर्माको प्रतिभा र क्षमताको संरक्षण गर्नु पर्ने बताउछन । युवकको नया खोज र आविष्कारको थप विकास गर्न सरकारले सहयोग गर्नु पर्ने अध्यक्ष कुशवाहाको भनाई रहेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *