ट्रमा सेन्टरमा उपचाररत माधव थारुलाई सहयोग जुट्दै

थरुहट तराई पार्टी नेपालका केन्द्रीय सदस्य एवं थरुहट थारुवान संयुक्त संघर्ष समिति कैलालीका प्रवक्ता माधव थारुको उपचारका लागि सहयोग रकम जुट्के क्रम जारी छ।  थरुहट तराई पार्टी नेपाल र बर्दियाली थारु विकास मञ्चले संयुक्तरुपमा आह्वान गरेको अपिलपछि हालसम्म एक लाख १६ हजार ९ सय २६ रुपैयाँ संकलन भएको छ। थरुहट तराई पार्टी नेपालका केन्द्रीय सचिव मीनराम चौधरीका अनुसार सहयोग रकम जुट्ने क्रम जारी छ।

मुख्य करङ नै भाँचिएपछि थारुको शरीरको अन्य अंग शिथिलप्रायः छन् । शल्यक्रियाका लागि सबै चिजको आवश्यक तयारी पूरा भइसकेको र चिकित्सकसँग पनि समय लिइसकेको सचिव चौधरीले जानकारी दिए।

गत मंसरि २३ गते मोटरसाइकल दुर्घटना परी उनी घाइते भएका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *