थारु स्रष्टा नगदसहित सम्मानित

जंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिक उत्सवमा पाँच जना साहित्यकार सम्मानित भएका छन्। सोही अवसरमा साहित्य र गीत विधामा महत्वपूर्ण योगदान गरेबापत ४ जना स्रष्टाहरु पुरस्कृत भएका छन्। सम्मानित हुनेहरुमा बरिष्ठ साहित्यकार कृष्णराज सर्वहारी, लेखक तथा गायककार सुशील चौधरी, लेखिका बालिका चौधरी, गायक दर्पण कुसुम्या व रेडियोकर्मी सेभेन्द्र कुसुम्या छन्।
कृष्णराज सर्वहारी रु २५,०००, बालिका चौधरी रु १०,०००, दर्पण कुसुम्या रु १०,००० र गजलकार सेभेन्द्र कुसुम्या रु १०,००० नगद राशिले पुरुस्कृत हुने भएका छन्। पुरुस्कारको व्यवस्थापन थारु होम रिसोर्ट ठाकुरद्धाराकी सञ्चालिका विनिता चौधरी र म्यानेजिङ डाइरेक्टर तथा समाजसेबी मोहनलाल चौधरीले गरेका थिए।

जंग्रार साहित्यिक बखेरीको अभियानसँगै भाषा र साहित्यको क्षेत्रमा महत्वपूर्ण योगदान गरेबापत युनिक नेपाल, मोहनलाल चौधरी, ठाकुर राम चौधरी, सरस्वती चौधरी र देश बिदेशबाट सहयोग गर्ने ब्यक्तिलाई समेत प्रशंसापत्र प्रदान गरिएको छ। कार्यक्रममा गायक दर्पण कुसुम्याले रेडियो कार्यक्रम ल्वाह्रल मनका लागि मिक्सचर प्रदान गरेका छन्।
जंग्रार साहित्यिक बखेरीको पाँचौ वार्षिकोत्सवको अवसरमा सम्पन्न भएको सो कार्यक्रममा विभिन्न साँस्कृतिक नाच र साहित्यकारहरुको भब्य प्रस्तुति रहेको थियो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *