प्रेस मञ्च नेपालको कैलाली शाखामा बालकृष्ण चौधरी

प्रेस मञ्च नेपाल कैलाली शाखा गठन भएको छ। प्रेस मञ्च नेपालका केन्द्रीय उपाध्यक्ष आशिष गुप्ताको सभापतित्वमा कैलाली जिल्लाको सदरमुकाम धनगढीमा बसेको बैठकले ११ सदस्सीय जिल्ला कार्यसमिति गठन गरेको छ।

प्रेस मञ्च नेपाल कैलाली शाखाको अध्यक्षमा बालकृष्ण चौधरी, उपाध्यक्ष सागर कुस्मी, सचिव हरेन्द्र चौधरी, सह सचिव रन्जना चौधरी, कोषाध्यक्ष रबिना चौधरी, सदस्य दुर्जन चौधरी,हरी चौधरी, बिरबहादुर चौधरी, राम दहित , निर्मला चौधरी, स्वरुप चौधरी रहेको मञ्चका केन्द्रीय उपाध्यक्ष गुप्ताले बताए।

प्रेस मञ्च नेपालको मुख्य नारा पूर्ण प्रेस स्वतन्त्रता,समावेशी प्रेस जगत, मधेसी पत्रकारहरुको आवाज र अधिकारका लागि साझा पत्रकार संगठनमा आधारित छ । यसअघि प्रेस मञ्च नेपालले मधेसको जिल्लाहरु पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, सप्तरी, सिरहा, बाँके, रुपन्देहीमा शाखा बिस्तार गरिसकेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *