चन्दा संकलन गरेर उदाहरणीय काम

कमल चौधरी/कपिलबस्तु
थारु समुदायको भेषभुषा, पहिचान र संस्कृतिलाई जोगाउन चन्दा उठाएर दिउहरवा (मन्दिर) बनाएका छन् । दिउहरवा निर्माण उपभोक्ता समतिका अध्यक्ष सक्रान्ति थारुले ऐतिहासिक पहिचान बोेकेका दिउहरवा ओझेलमा परेको र आफूहरुले त्यसको संरक्षण गर्नको लागि चन्दा उठाएर दिउहरवा निर्माण गरेको बताए ।
त्यस्तैे दिउहरवा भवन निर्माण समितिका सहसचिव जनकी थारुले भावी पुस्तालाई थारु संस्कृतिबारे ज्ञान होस् र आफ्नो भाषा र संस्कृतिबारे बुझ्न सकुन् भन्ने उद्देश्यले थारु दिवहरवा निर्माण गरेको जानकारी दिइन् । उनले दिउहरवामा थारु समुदायको पहिचान झल्किने भेषभुषा, तथा थारु समुदायले पूजा गर्दै आएका बाघ, हात्ती र घोडाको मुर्ति राखिएको बताइन् ।

भवन निर्माणको लागि साना किसान कृषि सहकारी संस्था लि. वा.न.पा–१३ मोतिपुर कपिलबस्तुले रु १ लाख, बाणगंगा नगरपालीका आदिवासी जनजाति महासंघबाट रु.५७ हजार ५२, आदिवासी जनजाति मोतिपुर गाविसबाट रु.४० हजार, त्रिशक्ति समुदायिक वन उपभोक्ता समूहबाट २० हजार सहयोग भएको कोषाध्यक्ष सम्झु थारुले जानकारी दिए । ४२ घरधुरी भएको वाणगंगा न.पा–१५ कपिलबस्तुका प्रत्येक थारु घरबाट चन्दा उठाएर डिउहरवा निर्माण गरेको कोेषाध्यक्ष थारुले बताए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *