बबई नदीमा डुबेर एक जनाको मृत्यु

नुहाउन गएका एकजना बालकको बबई नदीमा डुबेर मृत्यु भएको छ। तुलसीपुर–१८ कचिला निवासी १० वर्षीय झगवीर केसीको बबईमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। घर नजिकैको नदीमा नुहाउन गएका बालकको शव मृत अवस्थामा आज बबई नदीमा फेला परेको प्रहरीले जनाएको छ।

मृतक बालकको शव परीक्षणका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुरमा राखिएको प्रहरीले जनाएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *