रुखले च्यापिएर अकाश चौधरीको मृत्यु

कैलालीको भजनी–त्रिशक्ति नगरपालिका–७ मा रहेको मधुवनी मुक्त कमैया शिविरको एक घरमाथि आज बिहान रुख खस्दा च्यापिएर एक बालकको मृत्यु भएको छ । घटनामा परी अन्य तीन जना घाइते भएका छन् । स्थानीय अनिता चौधरीको कच्ची घरमा सालको रुख खस्दा निजका १० वर्षीय छोरा अकाशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा अनितासहित उनका चार वर्षीया छोरी रञ्जिता र आठ महिने छोरा सुभाष घाइते भएका छन् । आज बिहान वर्षासँगै आएको हावाहुरीका कारण शिविरमा रुख ढलेको थियो । घाइतेको सेती अञ्चल अस्पतलमा उपचार भइरहेको छ । रासस




Leave a Reply

Your email address will not be published. Required fields are marked *