माओवादी केन्द्रको ७ प्रदेश इन्चार्ज लेखराज भट्ट, २ मा मात्रिका यादव

अघिल्लो महिना १० कम्युनिस्ट घटकसँग एकतापछि बनेको नेकपा माओवादी केन्द्रले केन्द्रीय समिति, पोलिटब्युरो तथा सचिवालय विस्तार गरेको छ। पार्टी मुख्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता पम्फा भुसालले १ हजार ९९ केन्द्रीय समितिलाई १४ सय ९९ मा पुर्‍याइएको जानकारी दिइन्। त्यस्तै पोलिटब्युरोलाई २ सय ५५ बाट २ सय ९९ पुर्‍याइएको छ भने ८५ सदस्यीय सचिवालयलाई ९९ जनामा विस्तार गरिएको छ।

सातवटा प्रदेशमा पनि विभिन्न नेतालाई  इन्चार्ज बनाइएको छ। जसअनुसार १ नम्बर प्रदेशमा राम कार्की, २ मा मात्रिका यादव, ३ मा रामबहादुर थापा, ४ मा देव गुरुङ, ५ मा वर्षमान पुन, ६ मा जनार्दन शर्मा र ७ मा लेखराज भट्टलाई ल्याएको छ। नारायणकाजी श्रेष्ठलाई प्रवास, कृष्णबहादुर महरालाई सदन र टोपबहादुर रायमाझीलाई सरकारको नेतृत्व गर्ने जिम्मा दिइएको छ। पार्टी केन्द्रीय कमिटी ठूलो बनाइएको भन्दै कार्यकर्ता तहमा विरोध भइरहेको बेला झन् विस्तार गरिएको हो।

प्रवक्ता भुसाल भने अहिले विस्तार गरिएको कमिटी महाधिवेशन आयोजनक समिति भएको बताउँछिन्। ‘पार्टी एकीकरणपछि धेरैलाई समेट्नु पर्ने भएकाले समिति ठूलो भएको हो,’ उनले भनिन्। आउँदो माघमा एकता महाधिवेशन गर्ने भुसालले जानकारी दिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *