tha ka sa rastriya vela
फाइल तस्बिर

पूर्वका थारु अगुवाहरुले थारुको माग पूरा नभएसम्म आन्दोलन जारी राख्‍ने बताएका छन्। बिराटनगरको नगरपालिका भवनमा आयोजित थरुहट थारुवान संयुक्त संघर्ष समितिको मेची महाकाली जनपरिचालन अभियानअन्तर्गत ६ जिल्लाका अगुवाहरुले एकजुट भएर नयाँ ढंगबाट आन्दोलन सुरु गर्नुपर्ने बताएका छन्।

सहभागी डेढ सय प्रतिनिधिहरुले थारु आन्दोलनलाई उचाइमा पुर्‍याउन नयाँ ढंगबाट अगाडि बढ्नुपर्ने बताए। ‘डेढ सय सहभागी प्रतिनिधिहरुले थारु आन्दोलन नयाँ ढंगलबाट अगाडि बढाउनुपर्ने बताइरहनुभएको छ। उहाँहरुले थारुका माग पूरा नभएसम्म आन्दोलन पनि नरोकिने बताउनुभयो,’ समितिका प्रवक्ता एवं एमाओवादी सांसद अमनलाल मोदीले भने।

कार्यक्रममा मोदीसहित नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी, थारु कल्याणकारिणी सभाका उपाध्यक्ष कन्नुलाल चौधरी, थारु विद्यार्थी समाजका अध्यक्ष रमेश चौधरी र फोरम लोकतान्त्रिकका विद्यार्थी नेता शैलेन्द्र चौधरी सहभागी छन्।

यही अभियानअन्तर्गत पुस ३ गते बारामा कार्यक्रम आयोजना हुँदैछ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *