Tharu Madhesi

थारु र मधेसी सदियौंदेखि तराई मधेसमा बसोवास गर्दै आएको समुदाय हो। भलै दुबै समुदायले तराई मधेसमा आफ्नो बसाइको इतिहासबारे दाबी गरिरहेको स्थिति छ। तैपनि यी दुबै समुदायको बसोवासको इतिहास धेरै पुरानो छ। यी दुबै समुदायको कतिपय कुरा मिल्दाजुल्दा पनि छन्। जस्तै पहिरनमा खासगरी पुरुषको पहिरन एउटै छ। दुबै समुदायका पुरुषले मर्दानी लाउँछन्। जसलाई पहाडी समुदायले धोतीको संज्ञा दिने गर्छन्। महिलाहरुको हकमा पनि कतिपय ठाउँमा पहिरनमा एकरुपता छ।

थारुहरुको गीतवास, नाचगान आदि आफ्नै मौलिक भए पनि मधेसी (अवधि)लाई पनि आफ्नै मौलिक रुपमा अधिग्रहण गरेको देखिन्छ। कतिपय थारुका ठुल्ठुला चाडपर्वमा अवधि संस्कृतिमा आधारित नाटक प्रदर्शन गरिन्छ। खासगरी भोजपुरी संस्कृतिलाई थारुहरुले नजिक बनाएको पाइन्छ।

‘गोरकी पतरकि रे मारे गुलेलवा जियरा’ भन्ने गीत गाउनुस् वा ‘आरा हिले बलिया हिले’ गाउनुस् थारु बुढाबुढीले चाख लिएर सुन्छन्। उनीहरुले मनोरञ्जनको आभास अनुभव गर्छन्। तर माछी काँडैले भन्ने गीत गाउनुस् ती थारु बुढाबुढीहरुले मतलब गर्दैनन्। अर्थात् यो पहाडिया संस्कृति थारुसँग नजिक देखिँदैन। यसकारण हाम्रा धेरै परमपरा, संस्कृति मधेसीसँग मिल्दोजुल्दो छन् भने हामी किन एक नहुने?

Somana Tharuतराई मधेसमा पहिला औँलोको महामारी थियो। त्यसबेला पहाडी समुदायका मानिस तराई मधेसमा एक रात बिताउन पनि डराउने गर्थे। एक रात बिताउने कुरा त परै जाओस् माथि डाँडाँबाट ऊ त्यो तराई मधेस हो भनेर आफ्नो चोर औँलाले देखाउन पनि डराउने गर्थे। त्यतिबेलादेखि थारु र मधेसी एकै ठाउँमा बसोवास गर्दै आएको समुदाय हुन्। यसले के देखाउँछ भने थारु र मधेसी वास्तवमा दाजुभाइ हुन्। दाजुभाइबीच कहिलेकाहीँ मतभेद् हुन्छ। कहिलेकाही झगडा हुन्छ। फेरि हामी मिल्छौ। हामी मिल्नै पर्छ। हामी जति फुट्छौ त्यति नै हाम्रा विरोधीले हामीलाई हेप्छ्न र शोषण गर्छन्। दमन गर्छन्, लुट्छन् र फाइदा लिन्छन्।

हामीलाई दास बनाए। अझै पनि दास नै बनाउने ती पहाडिया सामन्तीवादीहरुको योजना बिफल बनाउन हामी एक हुनैपर्छ। यसमा न्यायप्रेमी पहाडिया दाजुभाइले पनि हामीलाई साथ दिइरहनुभएको छ। जुन हृदयदेखि स्वागत गर्न लायक छ।

थारु मधेसी हामी दुबै समुदाय नेपालकै नागरिक हौं। तर राज्यले हामीलाई दोस्रो दर्जाको नागरिकसरह व्यवहार गर्छ। राज्यले हामीमाथि भेदभाव गरेको थियो। गर्ने क्रम निरन्तर छ। हामीले पनि अरुसरह अधिकार पाउनैपर्छ। हामीले समान अधिकारको लागि धेरै बिन्तिभाउ गरिसक्यौं। हामीले धेरै रगत बगाइसक्यौं। तर हाम्रो माग सुनुवाइ हुनुको सट्टा उल्टै हामीमाथि दमन भैरहेको छ। हाम्रा दिदीबहिनीहरुमाथि बलत्कारका घटना भैरहेका छन्। यस कारण अब हामी आफ्नो अधिकारको लागि लडनैपर्छ।

हाम्रा पुर्खाहरुको रगत पसिनाले सिर्जित तराई मधेसको रक्षाका लागि एक हुनैपर्छ। थारुका शत्रु मधेसी हैनन्। त्यसो भए को त? यो राज्यमा पहाडिया खस ब्राहमणहरु पनि शोषित र पीडित छन्। खासमा उनीहरु हाम्रा शत्रु हैनन्। हाम्रा शत्रु त हामीलाई शोषण गर्दै आएका ती सामन्ती सोँच भएका पहाडी जमिन्दार र तिनका आउरे बाउरेहरु हुन्।

हामीले शान्तिपूर्ण आन्दोलन गर्दा हाम्रो आन्दोलनकारीलाई ढुङ्गा हान्ने मधेसी हैनन्। के पहाडियाहरु हैनन्? थारुहरुको धरोहरको रुपमा स्थापना हुन गैरहेको थारु राष्ट्रिय सङ्ग्राहलयमा आगो लगाउने मधेसी थिएनन्। पहाडिया पन्डितहरु नै थिए। मधेसीहरु हाम्रा शत्रु हैनन् भने थारु मधेसी एक किन नहुने? त्यसो हो भने पहाडिया शासकहरुद्वारा पीडित थारु र मधेसी एकजुट भएर किन नलडने? जय थरुहट!




Leave a Reply

Your email address will not be published. Required fields are marked *