santosh dahitसन्तोष दहित– नेपालको आदिवासीको रुपमा चिनिने थारु समुदायले दोस्रो पर्व अर्थात् बर्का अट्वारी आज धुमधामका साथ मनाउँदैछन्। प्रत्येक वर्ष कृष्ण अष्टमी (अष्टिमकी) को दोस्रो आइतवार अर्थात भाद्र महिनाको कुशे औंसीको पछिको आइतबार थारु समुदायले बर्का अट्वारी पर्व मनाउँदै आएका छन् ।

थारु समुदायले प्रत्यक वर्ष मनाउदै आएको महान पर्व (बर्का) अट्वारी कुन दिन मनाउन भन्ने गत वर्षमा निकै अलमलमा परेका थिए । खास तीथिमिति उल्लेख नभएकै कारण गत वर्षमा ३ पटक अट्वारी मनाएका थिए  । तर, यो वर्ष भने थारु वुद्धिजीवि, सस्कृतविद तथा थारु सञ्चारकर्मीहरुको व्यापक छलफल पछि यो वर्ष देखि एक रुपता ल्याएको थारु बुद्धिजीविहरुको दाबी छ । नेपाली क्यालेण्डरमा पनि अट्वारीके मिति तोकीसकेकोले यसवर्ष अट्वारी मनाउदा अलमलमा पर्ने कुरै भएन । थारु कल्याणकारिणी सभा तथा थारु संघ सस्थाले निकालेको क्यालेण्डरमा पनि यहि भाद्र १५ गते अट्वारी भनि उल्लेख गरेको छ ।

थारु वुद्धिजीवि तथा थारु युवा नेता चुर्णवहादुर चौधरी पनि यसवर्षको उत्तम अट्वारी भाद्र १५ अर्थात भोलिको दिन रहेको दावि गर्नुभएको छ । उहाका अनुसार वर्का अट्वारी जहिले पनि कृष्ण अष्टमी (अष्टिमकी) पछि १४ दिन पछि पर्ने आइतवारको दिन मनाउदै आएको चौधरीको भनाई रहेको छ । आफुले जहिले पनि अध्यन र अनुसन्धान गरेर मात्र अगाडी वढिरहेको र पुर्खाहरुले पनि यसैगरि नै अट्वारी मनाउदै आएकोले पनि आफु  लगायत आफ्नो गाविस देखि छिमेकी गाविसका सवै थारुहरुले भोलीको बर्का दिन अट्वारी मनाउन लागिएको चौधरी वताउनुहुन्छ । उहाँले भन्नुभयो थारुहरुको साझा सस्था तथा नेपालको पुरानो सस्था थारु कल्याणकारिणी सभाले पनि भदौ १५ बर्का अट्वारीको तीथिमिति उल्लेख गरिसेकोले पनि हामीले त्यहि मितिमा मनाउनुपर्छ  चौधरीले भने । तर थारु समुदायको हरेक पर्वलाई राज्यले वेवास्ता गरेकोले आफु चिन्तीत रहेको चौधरीले भने । थारु समुदाय पनि यहि देशका नागरिकहुन, उनिहरुको पनि आफ्नै किसिमको चाडपर्व, रितीरिवाज, सस्कृतिछन् त्यसैले यस विषयमा राज्य गम्भिर हुनुपर्दछ र चौधरीले भने । यदि राज्यले हामीलाई यहि देशको नागरिक थान्छ भने हामिलाई स्वतन्त्र तरिकाले चाडपर्व मान्न बातावरण मिलाउनुपर्छ थारु समुदायको महान पर्र्व बर्का अट्वारीमा सेकेसम्म २ दिन नभए १ दि भएपछि सार्वजनिक विदाको व्यवस्था गर्नुपछ चौधरीले भने । थारु समुदायको वर्का अट्वारी थारु समुदायले मात्र मनाउने गरेता पनि यो पर्व भनेको सवैको हो, सवैले साझाको रुपमा मनाउनुपर्छ । त्यसैले पनि यस पर्व बर्का अट्वारीलाई सरकारले राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नुपर्छ चौधरीले भने।
यसैगरि बरघर भलभन्सा महातावा दाङका अध्यक्ष चन्द्र प्रसाद चौधरीका अनुसार पनि भोलिको आइतवारको दिन उत्तम वर्का अट्वारी रहेको दावि गर्नुभएको छ । उहाँका अनुसार अट्वार कृष्णअष्टमी   (अष्टिमकी) पछि भाद्र महिनाको कुशे औसीको पछि पुरा चन्द्रमा देखा परेपछि  वर्का अट्वारी मनाउदै आएको र अहिले चन्द्रमा पनि पुरा देखा परिसकेकोले भोली अट्वारी मनाउन लागिएको चौधरीको भनाइ रहेको छ ।

खासगरी थारु समुदायका घना वस्ति रहेको जिल्ला दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्ला गरि ६ जिल्लामा यो पर्व मनाउदै आएको पाइन्छ । थारु समुदायको माघि पर्व पछि दोस्रो पर्वको रुपमा अट्वारी पर्व मनाउदै आएको थारु वुद्धिजीवि बताउछन् । यति महत्व पर्व रहदा रहदै पनि अट्वारी पर्वमा राज्यवाट सार्वजनिक विदा नदिदा आफ्नो परम्परावाट मनाउदै आएको बर्का अट्वारी पर्व लोप हुने हो की भन्ने थारु कर्मचारीहरुको चिन्ताको विषय वनेको छ । राज्यले विदा नदिएको कारण कुनै–कुनै गाँउमा त अट्वारी पर्व नै मनाउन छाडिएको सरकारी  कर्मचारी राजु चौधरी वताउहुन्छ ।

बिदाको लागि संघर्ष
बर्का अट्वारी पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्नको लागि पटक–पटक जिल्ला प्रशासनमार्फत प्रधानमन्त्रि कार्यालय, गृहमन्त्रालयममा ज्ञापन पत्र वुझाउदा पनि सुनुवाइ नभएको थारु कल्याणकारिणी सभा दाङका सभापति तेजमान चौधरीको बताउछन् । हरेक वर्ष थारु समुदायको बर्का अट्वारीको लागि सार्वजीनिक विदाको लागि जिल्ला प्रशासनमा ज्ञापन पत्र वुझाउन गथ्र्याै हाम्रो ज्ञापन पत्रको कुनै सुनुवाई नभएपछि यो वर्ष भने ज्ञापन पत्र नबुझाएको चौधरीले भने तर आउने वर्षसम्म पनि सार्वजनिक विदा नदिए त्यसको कडा रुपमा संघर्ष गरि सडकमा आउने चेताउनी चौधरीले दिए । दशैमा १५ दिन, तिहारमा ५ दिन सार्वजनिक विदा दिने गरिन्छ त्यसैगरि अरुको कुनै पनि पर्वमा सार्वजनिक विदा गरिन्छ तर थारु समुदायलाई किन विदा दिन मिल्दैन उनले प्रश्न गरे ।  दशैको विदा कटौटी गरे भएपनि थारु समुदायको  बर्का अट्वारी पर्वमा सके २ दिन नभए १ दिन र माघिमा ५ दिन सम्मको सार्वजनिक विदा हुनुपर्ने चौधरी वताउनुहुन्छ । थारु समुदाय पनि यहि देशका नागरिक हुन उनिहरुको पनि आफ्नो पहिचान छ । अरु समुदाय जस्तै थारु समुदायले पनि आफ्नो पर्व स्वतन्त्र वातावरणमा मनाउन पाउने थारु समुदायको अधिकार रहेको चौधरीको भनाई रहेकोछ । यति हुदा हुदै पनि थारु समुदायले आफ्नो पर्व पनि स्वतन्त्र तरिकाले मनाउन नपाएको र थारु समुदायका पर्वलाई राज्यवाट नै  कुण्ठीत गरिरहेको चौधरीको भनाइ रहेकोछ । यो अट्वारी पर्वमा थारु समुदायका पुरुषले मात्र मनाउने गरेको पाइन्छ । अट्वारीको अघिल्लो रात अर्थात शनिवारको रातमा १-२ वजेतिर राती उठेर माछा मासु पकाएर दर खाने चलन छ । आइतवारको दिन दिउसभरि व्रत वसेर साँझपख ६÷७ वजे तिर नजिकै खोलामा नुहाई धुवाई गरेर ‘गन्यारी’ भन्ने काठवाट आगो निकालेर भान्सा गर्ने चलन रहेकोछ । त्यही ‘गन्यारी’ वाट निस्केको आगोले सवै भन्दा पहिला एका पत्तिमात्र ठुलो ‘भ्याँवा’ रोटी पकाउने चलन छ । जनु रोटीलाई ‘भेँवक’ रोटी भन्ने चलन छ । त्यसपछि आफुलाई खानको लागि अरु रोटी विभिन्न थरीको रोटी पकाई सकेपछि त्यही ‘भेँवक’ अर्थात भिमको पुजा गर्ने चलन छ ।

किन मनाउछन् अट्वारी ?
खासगरी यो पर्व मनाउने मुख्य कारण ऐतिहासिक घटनासंग जोडिएको पाइन्छ । प्राचिनकालमा दाङका थारु दंगीशरण राजा र पाँच पाण्डव मध्य भीमसंग सम्वन्धित रहेको छ । महाभारतका पाँच पाण्डवहरु र दाङका थारु राजा दंगिशरण वीच लामो समयदेखि घनिष्ट सम्वन्धरहेको थियो । यहि क्रममा पाँच पाण्डव र दौपदी सवैजना सुर्खेतको काँक्रेविहारमा घुम्न आएका रहेछन । त्यहिक्रममा दाङका थारु राजा दंगिशरणको राज्यमा शत्रुहरुले आक्रमण गरिरहेका खवर पाउने वित्तिक्कै तावामा पकाउन राखेको रोटी छाडेर भिमले भोकै पेटमा पानि समेत नखाई थारु राजा दंगिसरणको पक्षमा लड्न गएछन र शत्रुहरुलाई हराए छन् । यसरी भोकै पेटमा पनि खेहि नखाएर थारु राजा दंगिशरणको पक्षमा लडेर विजय हासिल गरेको अवसरमा यो महान पर्व अट्वारी मनाउदै आएको पाइन्छ । जुन मान्यतालाई विश्वास गरि थारु समुदायले भिम जस्तै वलियो वन्नको लागि यो अट्वारी पर्व मनाउदै आएको थारु वुद्धिजीविहरुको भनाई रहेको छ । उक्त घट्ना पनि आइतवारको दिन परेकोले यस्को नाम पनि अट्वारी राखिएका वुझिएको छ । यो पर्वमा  तराइका पश्चिम जिल्ला दाङ, वाँके, वर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्ला गरि ६ जिल्लाका थारु समुदायले भव्यताका साथ उल्लासमय वातावरणमा मनाउदै आएकाछन् । अट्वारी पर्वमा थारु समुदायका पुरुषले मात्र मनाउदै आएको पाइन्छ ।

Atwari-1

कसरी मनाइन्छ बर्का अट्वारी
थारु समुदायले बर्का अट्वारीको तयारी एक हप्ता अगाडीदेखि तयारीमा जुटेका हुन्छन् । खासगरि बर्का अट्वारीमा थारु समुदायले विशेष चिल्लो तथा मिठो मिठो खानेकुरा खानेगरेकोले पनि व्यापक तयारीमा जुटने गर्छन  । बर्का अट्वारीमा ४-५ थरिका रोटि, त्यस्तै थरिथरि परिकारको माछा, मासु, घोङघी, ५ देखि ७ थरिको तरकारी, फलफुल, दहि खाने चलन छ । यसको तयारीको लागि एक हप्तादेखि खोजिमा अर्थात तयारीमा जुटिहाल्छन् । एक हप्ता अगाडीदेखि माछा मारि सुकाउने, दाउरा पात गर्ने, तेलपेलाउने, पिठो पिसाउने, घरपोत्ने, घर आँगन सरसार्फा गर्ने, अट्वारीम अग्रसान दिन जानको लागि ढकिया बुन्ने, ढकिया तयार गर्ने लगायतको तयारी गरिन्छ ।

अट्वारीको पहिलो दिन
अट्वारीको अघिल्लो रात अर्थात शनिवारको दिन २-३ वजेतिर राती उठेर माछा मासु पकाएर दर खाने चलन छ । आइतवारको दिन दिउसभरि व्रत वसेर साँझपख ७ वजे तिर नजिकै खोलामा नुहाई धुवाई गरेर घरको बैठक कोठामा लिपपोट गरि ‘गन्यारी’ भन्ने काठवाट  आगो निकालेर भान्सा गर्ने चलन रहेकोछ । त्यही ‘गन्यारी’बाट निस्केको आगोले सवै भन्दा पहिला एका पत्तिमात्र ठूलो ‘भ्याँवा’ रोटी पकाउने चलन छ । जनु रोटीलाई ‘भेँवक’ रोटी भन्ने चलन छ । त्यसपछि अरु विभिन्न थरीको चिल्लो रोटी पकाई सकेपछि आफ्नो दिदिवहिनीहरुको लागि आ–आफ्नो भागमा रहेका रोटी विभिन्न थरिका फलफुलवा आधा भाग निकालिसकेपछि पुन: आ-आफ्नो भागवाट सबै रोटी तथा फलफुलवाट चिम्टेर ‘भेँवक’ अर्थात् भिमको नाममा आगोमा हालेर पूजा गर्ने चलन छ । यसरि पुजा अर्चना गरिसकेपछि घरका सवै सदस्यहरुले घरको सवैभन्दा ठुला मान्छेवाट क्रमस सानोले रमाइले गर्दै खाने चलन रहेको छ । जुन दिदिवहिनिहरुको लागि निकालेको रोटी फलफूल थारु भाषामा ‘अग्रसान’ अर्थात् कोसेली भन्ने चलन छ । त्यहि अग्रसान अट्वारीको भोलिपल्टको दिन आफ्नो दिदिवहिनीहरुलाई दिन जाने चलन छ।

अट्वारीको दोस्रो दिन    
अट्वारीको दोस्रो दिन अर्था फलारको दिन विहान सवैरै उठेर नजिकै खोलामा नुहाइ धुवाइ गरि घरको वैठक कोठामा पुन लिपपोट गरि ३ या ७ थरिका तरकारी, भात पकाई सकेपछि अट्वारीको पहिलो दिन झै भात, सवै तरकारीवाट आधा भाग निकाल्नु पर्दछ । जस्लाई थारुभाषामा ‘कहार्ने’ भनिन्छ । यसरी सवैगरि सकेपछि भिमको नाममा सवै तरकारीवाट एक एक गास तरकारी र भात निकालेर आगोमा हालेर पुजा गर्ने चलन छ । यसरी पुजाअर्चना गरिसकेपछि क्रमस घरको मुल सदस्यवाट सवैजना रमाइलो गर्दै खाने चलन रहेको छ ।  पुजा अर्चना  खाइपिइ गरिसकेपछि अर्को महत्वको विषय पनि रहेको छ ।
यता थारु समुदायका विवाहित महिला दिदिवहिनीहरुले आफ्नो माइतवाट आफुलाई छुत्याएका भाग “अग्रासन” अर्थात कोसेलीको पर्खाइमा वसिरहेका हुन्छन् । जवसम्म त्यो अग्रसान माइतवाट आउदैन तवसम्म पर्खाइमा वसेका महिलादिदिवहिनीहरु घरमा केहि पनि नखाने गरेको पाइन्छ । अघिपछि भन्दा अट्वारीमा थारु महिला दिदिवहिनीहरुले माइतवाट पठाएको अग्रासनको वढि आशा गरेको पाइन्छ । यति मात्र नभएर थारु समुदायमा वर्षभरि आफ्नो दिदिवहिनी अर्थात दाइभाइसंगको भेटघाट गर्ने अवसर मिलाइदिएको हुन्छ । यो पर्वले वर्षमा एकचोटी भएपनि आफ्नो दिदिवहिनी तथा दाईभाइसंग भेटने अनिवार्य मिलाउने गरेको पाइन्छ । यसैगरि छरछिमेकीहरुसंग रिस रागरहेको वेलामा पनि यो महान पर्व अट्वारीले मिलन गराउने जस्ता क्रियाकलापमा पनि महत्व भुमिका रहेको पाइन्छ ।

राज्यले विशेष भुमिका  खेल्नुपर्छ
थारु समुदायलाई सास्कृतिक पक्षमा हेर्ने हो भने नेपालको सवै भन्दा धनि समुदायको रुपमा चिनिन्छन् । उनीहरुले हरेक महिनामा कुनै कुनै पर्व मनाउदै आइरहेकाछन् । त्यसैले पनि होला अहिले थारु समुदायकै कारण राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा नेपाललाई चिनाउने ठूलो भूमिका खेल्दै आएको छ । यति मात्र नभएर नेपालाई लोकतान्त्रिक गणतन्त्रको स्थापन गर्नसम्म थारु समुदाले ठूलो योगदान रहेको छ । ०६२-०६३को एैतिहासिक जनआन्दोलनलाई सफल पार्नको लागि थारु समुदायले जति योगदान दिए तर त्यो योगदानको कदर राज्यले गर्न सकेको छनै । नेपालमा लोकतन्त्र गणतन्त्र आइसेकोछ । तर पनि थारु समुदायले आफनो कुनै पनि पर्व स्तन्त्र तरिकाले मनाउने पाइरहेकाछैनन । अरु समुदायको लागि लोकतन्त्र छ, थारु समुदायको लागि लोकतन्त्र छैन । अझैसम्म थारु समुदायले लोकतन्त्र गणतन्त्र भनेको केहो त्यसको महसुस गरेकोछैनन । देशमा लोकतन्त्र स्थापना भएको करिब ५ वर्ष वितिसक्यो त्यहि पनि लोकतन्त्र गणतन्त्रको गन्धको महसुस गर्न पाएकाछैनन थारु समुदायले ।  यदि साच्चिकै राज्यले थारु समुदायलाई लोकतन्त्र गणतन्त्रको महसुस अर्थात त्यसको सुगन्ध थारु समुदायलाई दिन खोजेको हो भने पहिलो कुरा उनिहरुको पहिचानसंग जोडिएका सास्कृति पाटोलाई ध्यानदिइयोस । त्यस्तै  थारु समुदायलाई रोजगारिको लागि छुट्टै  कोटाको व्यवस्था गरियोस, उनिहरुलाई निशूल्क शिक्षा, स्वस्थ्यको व्यस्था गरियोस । तर विडम्वना थारु समुदायलाई राज्यले मधेशी कोटामा राखेकोले अहिले थारु समुदायको अस्तिव नै गुमेको छ । यसप्रति राज्यले ध्यान देओस र त्यो निर्णलाई सुल्टाई थारु समुदायलाई मधेशी कोटाबाट हटाई छुट्टै थारुको पहिचान दिनुपर्छ ।

अहिले नेपालीको चाडपर्वसँगै थारु समुदायको चाडपर्व पनि नजिकै थालेकाछन् । विशेषगरि जन्मअष्टिमी (अष्टिम्की) देखि थारु समुदायको पनि चाडपर्व महिनौ पिच्छे रहेकाछन् । तर थारु समुदायको महिनौ पिच्छै पर्व रहेकपनि सवै आ आफ्नो ठाउमा महत्व त छन नै त्यो भन्दा महत्व पर्व मनेको जन्मअष्टिमी (अष्टिमकी), बर्का अट्वारी, र माघि संक्रान्ती हो । यो पर्वमा थारु समुदायले धुमधामसंगै उल्लासमय बातावरणमा मनाउदै आएकाछन् । यहि पर्व मध्य थारु समुदायले भोलि बर्का मनाउदै आएकाछन् । बर्का अट्वारी पर्वमा यति महत्वका साथ मनाउदै आएता पनि आज सम्म थारु समुदायको कुनै पनि पर्वमा राज्ले ध्यान दिएकोछैन । राज्यकै कारणले गर्दा आज थारु समुदायको पर्वहरु लोप हुने अवस्थामा रहेको छ । अरु समुदायको पर्वमा विदा दिने राज्यवाट नै क्यालेन्डरमा पर्वको तिथि मिति तोकिदिने तर थारु समुदायको पर्वमा भने राज्ले अपमान गरिरहेको छ । यहि कारणल आज थारु समुदायले अट्वारी पर्व कुन दिन मनाउने भन्ने अलमलमा परिरहेका छन । एउटै पर्व २-३ चोटी हुने गरेको छ । यस विषयमा राज्यले नै ध्यान दिने पर्ने हो । थारु समुदायको पर्व कुन कत्ति दिन मनाउछन र कुन कुन पर्व कति महत्व छन भन्ने विषयमा थारु बुद्धिजीविहरुसंग परामर्श, छलफल, गोष्ठी, अन्तरक्रिया गर्नुपर्ने जरुरी रहेको छ । अहिल ताकि आगामी दिनमा थारु समुदायले आफ्नो पर्व एकै दिनमा सवैले रमाइलो र स्वतन्त्र तरिकाले मनाउनको लागि राज्यले पहलकदमी गर्नुपर्छ ।

संसदमा पनि कुरा उठाउनपर्छ
अहिले संविधान बनाउनको लागि संविधान सभामा विभिन्न पार्टिबाट ४२ जना थारु सभासदहरु प्रतिनीतित्व गरेकाछन् । संविधान सभाको प्रतिनीधित्को लागि इतिहासमा सवैभन्दा धेरै प्रतिनीधित्व भनेको  यहि वर्ष अर्था संविधान सभामा हो । यदि यो अवस्थामा पनि थारु सभासदहरुले थारु समुदायको साँस्कृति, सामाजिक, राजनीतिक तथा आर्थिक मुद्दालाई संसदमा उठाउन सकेनन भने कहिले पनि थारुहरुको अधिकार स्थापित हुदैन अर्थात थारु समुदायको अधिकारलाई स्थापित गर्न अझै सयौं वर्ष लाग्नेछ त्यसैले अहिले नै सवै सभासदहरु सचेत हुन जरुरी छ । थारुहरुको अधिकरको लागि कुनै पनि हालतमा पछाडी नहटेर सवै थारु सभासदहरु एकिकृत भइ अगाडी आउनुपर्छ अर्थात थारुहरुको अधिकारको लागि साझा मुद्दा बनाएर संसदमा आवाज उठाउनुपर्छ  । अहिले पहिचान सहितको संघियाताको कुरा उठिरहेकोछ । तर हाम्रो पहिचानलाई जोगाउको लागि पहिले  थारु समुदायले सांस्कृतिक मुद्दालाई विशेष  मुद्दा बनाए उठाउन जरुरी छ । अहिले पहिचानको मुद्दालाई बलियो बनाउनको लागि सांस्कृतिक मुद्दासंग जोडिएकोले यो कुरा सोच्न जरुरी रहेको देखिन्छ । त्यसैले आउदै गरेको थारु समुदायको पर्वहरुलाई ध्यानमा दिएर कुन पर्व महत्व त्यस विषयमा छलफल गरि संसदमा आवाज उठाउन सकियो भने सहज तरिकाले थारु समुदायको पर्वमा सार्वजनिक विदा हुने छ र पहिचान सहितको संयिघतालाई स्थापति गर्नलाई पनि ठुलो मद्दत पुग्ने छ । त्यसैले थारु सभासद हरुले जोडतोडले पनि यी कुराहरु संसदमा उठाउन जरुरी देखिन्छ ।

निष्कर्ष
नेपाल भनेको विभिन्न जातजातिहरुले भरिएको देश छ । नेपालको छुट्टै आफ्नो पहिचान छ । त्यसैले नेपालका विभिन्न जातिहरुको आ आफ्नै किसिमका चाडपर्वहरुछन् । भाषा, सस्कृति, रितिरिवाछन्  । आफ्नै किसिमले  बडो उमंगका साथ चाडपर्वहरु मनाइरहेकाछन्, । नेपालमा जति चाडपर्व, सस्कृतिछन् ति सवै नेपालकै हो, राज्यकै गहना हो । त्यसैले राज्यले पनि यी सवै सस्कृति, परम्परालाई सहज तरिकाले स्विकार गरि नेपाली जनतालाई स्वतन्त्र तरिकाले मनाउको लागि सहज बातावरण मनाउनुपर्दछ । उनिहरु पनि यहि देशका नागरिक हुन । त्यसैले पनि अरु नागरिक जस्तै थारु समुदालाई पनि नेपाली नागरिक सरहको अधिकार दिनुपर्दछ । उनिहरुको इतिहासंग जोडिएका दर्जनौ चाडपर्वहरु रहेकोले यी चाडपर्वहरुमा राज्यले सार्वजनिक विदा दिएर उनिहरुलाई आफ्नो सस्कृति, पर्वहरु स्वतन्त्रतरिकाले मनाउकोलागि पहल गर्नुपर्दछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *