Del416125काठमाडौं- एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकका आदिवासी थारु समुदायको पहिचान र अधिकारका लागि आफ्नो पार्टीले सशक्त भूमिका निर्वाह गर्ने बताएका छन्। विघटित थारु महिला सभा काठमाडौँद्वारा राजधानीमा आयोजित ‘जितिया पर्व–२०७०’ को उद्घाटन गर्दै उनले भने, ‘देशको कूल जनसङ्ख्याको ठूलो हिस्सा ओगट्ने थारु समुदायलाई आफ्नो पार्टीले आगामी संविधान सभा निर्वाचनमा सबैभन्दा धेरै प्रतिनिधित्व गराइनेछ।’
अध्यक्ष दाहालले थारु समुदायले नेपालको कला, संस्कृति, पहिचान झल्काई राष्ट्रिय एकता कायम गर्न अग्रणी भूमिका खेलेको चर्चा गर्दै थारु समुदायको पहिचान तथा अधिकारका लागि राज्य र राजनीतिक पार्टीले विशेष ध्यान दिनुपर्नेमा जोड दिए।

कार्यक्रममा थारु कल्याणकारिणी सभाकी कार्यबाहक उपाध्यक्ष फुलमती चौधरीले थारु समुदायले राष्ट्रको पहिचानको साथै मुलुकका जुनसुकै परिवर्तनकामी आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको भए पनि उचित सम्मान र प्रतिनिधित्व हुन नसकेको बताए।

तराई आदिवासी कला संस्कृति प्रतिष्ठानका अध्यक्ष परशुनारायण चौधरी, लेखिका शान्ति चौधरी, थारु महिला सभा काठमाडौँका अध्यक्ष रेणु चौधरी, चारु कल्याणकारिणी सभा उत्यकाका उपाध्यक्ष उषा चौधरी, नायिका मौसमी मल्ललगायतले थारु कला संस्कृतिबारे जानकारी गराएका थिए। यस्तै, एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघका बलराम तिमल्सिना, गणेश भण्डारीलगायतले थारु समुदायको संस्कृतिक योगदानबारे चर्चा गरेका थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *