उपनिर्वाचनका लागि यी हुन् रेशम-रन्जिताको पार्टीबाट उठ्ने १७ जना उम्मेदवार
नागरिक उन्मुक्ति पार्टीले स्थानीय तह उपनिर्वाचनका लागि १७ जना उम्मेदवार टुंगो लगाएको छ। मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षसहित रिक्त १७ पदका लागि उम्मेदवार टुंगो लगाएको हो।
बाँकी नाम प्रक्रियामा रहेको सांसदसमेत रहेका नेता गंगा डंगौरा थारुले बताए। नागरिक उन्मुक्ति पार्टीले ८ जना भने थारु उम्मेदवार उठाउने भएको छ। थारु बाहूल्य रहेको रिक्त पदमा थारुलाई प्राथमिकता दिइएको थारुले बताए।
उनका अनुसार बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्षमा रेखा जेठारा, कैलाली जिसस प्रमुखमा रुक्मती थारु, कञ्चनपुरको भिमदत्त नगरपालिका-६ को वडाध्यक्षमा हरिश चौधरी, कपिलवस्तुको शुद्धोधन गाउँपालिकाको सूर्यकुमार चौधरी थारु, बर्दिया ठाकुरबाबा नगरपालिका-४ को वडाध्यक्षमा प्रितीलाल थारु, गोरखा नगरपालिका-५ को वडँध्यक्षमा सुकमाया नेपाली, नुवाकोट ककनी गाउँपालिका-२ को वडाध्यक्षमा अमृत तामाङ, सप्तरीको डाक्नेश्वरी नगरपालिका-४ को वडाध्यक्षमा शिवकुमार राम, १ को वडाध्यक्षमा चन्द्रकिशोर चौधरी, रौतहट इशनाथ नगरपालिका- ७ को वडाध्यक्षमा टेक साहित, राजपुर नगरपालिका-६ को वडाध्यक्षमा नरुद्धिन खान, गढीमाई नगरपालिका ८ को वडाध्यक्षमा टेक सुनौला, मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा बुद्धिचन विश्वास, सुनसरी गढी गाउँपालिका ६ को वडाध्यक्षमा ललिता चौधरी, ताप्लेजुङ सिरीजंग गाउँपालिका ३ को प्रेम मादेन, उदयपुरको त्रियुगा नगरपालिका १२ को वडाध्यक्षमा सिताराम चौधरी र बेलका नगरपालिका ८ को वडाध्यक्षमा भुपेन्द्र राईलाई उम्मेदवार बनाएको हो।
Facebook Comment