नेपाल यु-१९ विश्वकपमा, रचना चौधरीले लिएकी थिइन् महत्त्वपूर्ण विकेट
नेपाल पहिलो पटक आईसीसी यू-१९ विश्वकपमा पुगेको छ। यूएईमा भइरहेको प्रतियोगितामा नेपालले बुधबारको निर्णायक खेलमा यूएईमाथि आवश्यक विजय हात पार्दै अर्को वर्ष मलेसियामा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट भएको हो।
अजमान स्थित द सेभेन स्टेडियमा टस जितेपछि पहिला ब्याटिङ गर्दै निर्धारित २० ओभर खेलि ९ विकेट गुमाई ८३ रन बनाएको थियो। विश्वकपमा पुग्न नेपालले यस खेल १६.२ ओभर भित्र जित्नु पर्थ्यो। नेपालले १४.४ ओभरमा लक्ष्य पूरा गर्दै खेल ८ विकेटले जितेको हो।
ओपनर सावित्री धामी ९ बलमा १ चौका प्रहार गर्दै १२ र कप्तान पुजा महतो १८ बलमा ४ चौका प्रहार गर्दै २१ रनमा आउट भइन्। साना प्रविण ४२ बलमा एक चौका प्रहार ३५ र सोनी पाख्रिन १९ बलमा १३ रन बनाइ अविजित रहिन्। सानाले विजयी चौका प्रहार गरेकी थिइन्।
कृष्मा गुरुङले सानदार बलिङ गर्दै नेपालको जितको आधार पारेकी थिइन्। उनले ४ ओभरमा १७ रनमात्र खर्चेर ४ विकेट लिइन्। रिया शर्मा र सीमा केसीले २/२ तथा रचनाकुमारी चौधरीले १ विकेट लिइन्। यूएईबाट समिरा धरनिधरकाले ४८ बलमा ३१ रन बनाइन्।
डबल राउन्ड रोविन लिगमा आयोजित प्रतियोगिताको अन्तिम यस खेल अघि यूएईले सबै ५ खेल जितेको छ भने नेपालले ५ मध्येको चार खेल जितेको थियो। यूएईसँगको यसअघिको खेलमा नेपाल पराजित भएको थियो। त्यसैले यूएईविरुद्ध भइरहेको खेलमा नेपालले जितेर मात्र पुग्ने थिएन। नेपालले २०२७ मा बंगलादेशसँग मिलेर २०२७ को आईसीसी यू-१९ विश्वकप आयोजना गर्दैछ ।
बधाई छ ।